झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बुधबारे, २२ भदौ । आज कुशे औँशी, बुवाको मुख हेर्ने दिन । यस अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस दिन बुवा नहुनेहरुले बुवाको स्मृतिमा केहि पुन्यको काम गर्दछन् । पितृ सम्मान दिवस अर्थात् जन्मदिने बुवाप्रतिको सम्मान व्यक्त हुने आजको दिन झापा बुद्धशान्ति १ का हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ६ बस्ने इन्द्रप्रसाद चापागाईं र उहाँकी धर्मपत्नि जमुनादेवी चापागाई र उनका कान्छा भाईबुहारी बीरेन्द्र तथा तुलसा चापागाईले आप्mना…

Read More

लामखुट्टेबारे जानकारी दिनुपर्दा धेरै शब्द प्रयोग गर्न सकिएला तर यसको वर्णन गर्दा कसैले पनि ‘सुन्दर’ शब्द प्रयोग गर्लान् जस्तो लाग्दैन । यद्यपि, त्यस्ता केही अपवाद पनि हुन्छन् जहाँ लामखुट्टेलाई सुन्दर भन्न सकिन्छ । साबेथेस क्यानियस लामखुट्टेको यस्तो प्रजाति हो जसलाई ‘आई क्याचिङ’ भन्न मिल्छ । मध्य र दक्षिण अमेरिकाको ट्रपिकल फरेस्टमा पाइने साबेथेस लामखुट्टेको एउटा यस्तो प्रजाति हो जुन निलो रङ र प्वाङजस्तो पेडलका लागि परिचित छ । यो लामखुट्टेको प्रजाति असाध्यै चञ्चल हुने र यसको फोटो खिच्न पनि असाध्यै गाह्रो हुने बताइन्छ । ‘यो लामखुट्टेले सानोभन्दा सानो आवाज र प्रकाशमा पनि प्रतिक्रिया दिन्छ,’ वाइल्डलाइफ फोटोग्राफर गिल वाइजेनले बीबीसीलाई भने…

Read More

झापा, २२ भदौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धनमा नै दुई धार देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस एमसीसीका विषयमा सकारात्मक छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित जसपाले अझै पनि सकारात्मक हुने संकेत देखाएका छैनन् । ती दल एमसीसीमा केही संशोधन हुनुपर्ने पक्षमा छन् । यस्तै, सत्तारूढ घटकमध्येकै एक दल राष्ट्रिय जनमोर्चासमेत एमसीसीको पक्षमा छैन । उसले एमसीसीको विरोधमा देशव्यापी विरोध कार्यक्रम नै तय गरिसकेको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी संसद्बाट पारित हुन नसक्ने बताए । ‘हाम्रो पार्टीको एमसीसीका विषयमा पहिले जे नीति थियो अहिले…

Read More

झापा, २२ भदौ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ । प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको दुःखद र दुर्दशाको स्थितिका रूपमा चित्रण गर्छन् । निजामती सेवा दिवस हरेक वर्ष २२ भदौमा मनाउँदै आइएको छ । सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, सो प्रावधानअनुसार सरकारले एक…

Read More

बनियानी, २२ भदौ । झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी७४डी २४४१ नंको खाली मिनीट्रक डिजेल हालेर पुनः भारत जान लागेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले दिउँसो मेची पुल नजिकैबाट उक्त ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । उनका अनुसार नेपाल प्रवेश गरेको भारतीय ट्रक सामान नै लोड नगरी ट्रकमा जडान गरिएको अतिरिक्त पेट्रोलियम पदार्थको ट्याङ्कीमा मेचीनगर–६ स्थित पूर्वाञ्चल पेट्रोलपम्पबाट ५५० लिटर डिजेल हालेर फर्किएको थियो ।…

Read More

झापा, २२ भदौ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै…

Read More

झापा, २२ भदौ । सोमबार झापामा १३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने प्रदेश १ मा ४३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमणका कारण प्रदेश १ मा ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुटामा ७, इलाममा ५, ताप्लेजुङ, भोजपुर, उदयपुर र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको हो । झापाको विर्तामोडमा २४, मेचीनगर र कनकाईमा २०–२०, अर्जुनधारा र…

Read More

झापा, २२ भदौ । नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सहइन्चार्ज र संयोजकहरु जिम्मेवारी दिने निर्णय गरेको हो । माओवादी केन्द्रले झलकसिं दर्लामीलाई झापा जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ भने झापा संयोजकको जिम्मेवारी मणिकुमार राईले पाएका छन् । बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइन्चार्ज र होमबहादुर जबेगुलाई संयोजकको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रले ताप्लेजुङ्गको संयोजकको जिम्मेवारी बिजयप्रकाश बनेमले पाएका छन् । इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सहसंयोजक बनेका छन् भने सोममाया राई जिल्ला संयोजक भएकी छन् । मोरङमा प्रदेशसभा…

Read More

भद्रपुर, २२ भदौ । निजी विद्यालयले अनलाइन कक्षाको नाममा अभिभावकबाट चर्को शुल्क असुलेको भन्दै झापाका तीन वटा विद्यार्थी सङ्गठन आन्दोलित बनेका छन् । कोरोना भाइरस महामारीमा पनि विद्यालयले चर्को शुल्क असुल्न नछाडेको भन्दै अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घ र समाजवादी विद्यार्थी युनियन झापाले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् बिर्तामोडमा सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै तीन वटै विद्यार्थी सङ्गठनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । विद्यार्थी सङ्गठनहरूले भदौ २२ देखि २४ गते स्थानीय शिक्षा शाखाहरूमा माग पत्र पेस गर्ने, भदौ २३ गते जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला प्रशासन कार्यालय, प्याव्सन, एनप्याव्सनलाई ध्यानाकर्षण पत्र बुझाउने र…

Read More

झापा, २१ भदौ । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको परिवारका ९० वर्षीय वृद्ध मात्रै जिवित छन्। सोमबार राति परिवारका सबै सदस्यको हत्या भएपनि उनले केही थाहा नपाएको बताएका छन् । मादी नगरपालिका १ का वडाध्यक्ष खेमनाथ कटुवालले ९० वर्षीय बौद्धमान कार्कीले घटना बारे आफूलाई केही थाहा नभएको बताएका जानकारी दिए। ‘म पनि अहिले घटनास्थल आइपुगेको छु। परिवारमा उहाँ ९० वर्षीय बृद्ध मात्रै जीवित हुनुहुन्छ। तर उहाँले परिवारका सबैको हत्या हुँदा पनि केही थाहा पाउनु भएनछ’, कटुवालले भने। बौद्धमान राम्रोसँग कान सुन्दैनन् भने आँखा पनि देख्दैनन्। परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला…

Read More