झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २७ भदौ । औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए । महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो । कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा फाइजर खोप आइपुग्ने सरकारले जनाएको छ । हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् । आजको अन्नपूर्ण…

Read More

बिर्तामोड, २६ भदौ । साहित्य चौतारी बिर्तामोड झापाले साङ्गितिक क्षेत्रका आधुनिक गीतका वरिष्ठ गायक फत्तेमान राजभण्डारीको आठौं स्मृति दिवस मनाएको छ । साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देबिभक्त श्रेष्ठले वरिष्ठ गायक फत्तेमान राजभण्डारीले २०६२ साल असार ३१ गते भएको साहित्य चौतारी विर्तामोड झापाको सातौँ वार्षिक उत्सब तथा १९१औं भानु जयन्ती कार्यक्रममा प्रमुख अतिथि भएर मित्र मेलवा गुरुकुल सङ्गीत विद्यालयको उद्घाटन गरेको चर्चा गरे । उनले साहित्य चौतारी बिर्तामोड झापाको उन्नयनमा वरिष्ठ गायक फत्तेमान राजभण्डारीले ठूलो योगदान दिएको बताउँदै उनको निधनले अपुरणीय क्षती पुर्याएको जनाए । साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार अनिरुद्र ओलीको प्रमुख…

Read More

झापा, २६ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण देखिएको छ । ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६, धनकुटामा २, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३७, सुन्दरहरैचा र लेटाङमा ४–४, उर्लाबारीमा ३, केराबारीमा २, सुनबर्षी र ग्रामथानमा १–१, झापाको दमकमा ११, भद्रपुरमा ९,विर्तामोडमा ६, कचनकवलमा २, हल्दिबारी, शिवसताक्षी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा…

Read More

झापा, २६ भदौ । यति ब्रुलरीको उत्कृष्ट उत्पादन वाइबी डार्क बियर झापामा लन्ज गरिएको छ । झापाको अर्जुनधारा–५, लक्ष्मीपुरमा मुख्य पसल रहेको मामा भान्जा टे«ड एण्ड सप्लायर्स मुख्य डिलर रहेको यस क्षेत्रबाट यस बियरको अर्जुनधारा, बिर्तामोड, कनकाई नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र हल्दिबारी गाउँपालिका क्षेत्रको उक्त मामा भान्जा टे«डले मुख्य डिलरसिप गर्ने मामा भान्जा ट्रेड एण्ड सप्लायर्सकी प्रोपाइटरद्वय मन्दिरा गौतम र केशव गौतमले बताउनुभयो । यसका सञ्चालकमा यस क्षेत्रकै कुशल बैकर्सद्वय डिल्लीराम अधिकारी र विनोद गौतम रहनुभएको छ । यति ब्रुलरीका तर्फबाट एरिया मेनेजरमा सुमन सुवेदी, एरिया इञ्चार्जमा दिपक थापा, सेल्स मेनेजरमा दिपक क्षेत्री, सेल्स अफिसरमा लोकेन्द्र न्यौपाने र…

Read More

झिलझिले, २६ भदौ । धरमपुर दुर्घटनाका घाइतेलाई पीडक पक्षले उपचार नगर्ने भन्दै धम्काएपछि झापाको बिएण्डसी अस्पतालमा उपचार गराइरहेका एकजना पीडित थप मानसिक पीडामा परेका छन् । शिवसताक्षी नगरपालिका वडा नं १ का भिमदत्त भट्टराई आर्थिक र मानसिक पीडामा परेको उनका आफन्तहरुले बताएका छन् । गएको भदौ १० गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा नेपाल विद्युत प्राधिकरण धुलाबारी शाखाको बोलेरो जिपले भट्टराईलाई ठक्कर दिएको थियो । भट्टराई झिलझिले बजारमा सौदा गरेर घर फर्कने क्रममा थिएँ । त्यहीक्रममा पश्चिमबाट पूर्व गइरहेको नेपाल विद्युत प्राधिकरणको प्रदेश ३ —०१ ००१ ञ २५४१ नम्बरको बोलेरो गाडीले में ७ प ८०९३ नम्बरको स्कुटीमा सवार भट्टराईलाई ठक्कर…

Read More

झापा, २६ भदौ । घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रुपमा पछिल्लो समय बङ्गुरपालनप्रति गाउँका किसानको आकर्षण बढ्दै गएको छ । परम्परागतरूपमा गरिने बङ्गुरपालनलाई आधुनिक र व्यावसायिक बनाउन सक्ने हो भने यसमा लागेका किसानको आर्थिकस्तर नै फेरिने सम्भावना रहेको बताइएको छ । यही सम्भावनालाई दृष्टिगत गर्दै नेपाल वेलहोप एग्रिटेक प्रालि र मेरीगोल्ड बङ्गुर फार्मले परम्परागत बङ्गुरपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन सघाउने उद्देश्यले गाउँगाउँ पुगेर विज्ञद्वारा प्रशिक्षण प्रदान दिने अभियान सञ्चालन गरेको छ । ती संस्थाले झापा, मोरङ, सुनसरी र उदयपुरमा बङ्गुरपालनको पकेट क्षेत्र मानिएका पालिकामा किसानलाई भेला गरेर व्यावसायिक बङ्गुरपालनका बारेमा वैज्ञानिक प्रशिक्षण…

Read More

झापा, २६ भदौ । निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ । आयोगका अनुसार प्रदेश १ प्रदेशसभा सदस्यहरु राजन राई, खिनु लङ्वा (लिम्बू), पदम कुमारी गुरुङ, गणेश बहादुर कामवाङ, सुनिताकुमारी चौधरी, सावित्रा कुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्र प्रसाद घिमिरे र राजेन्द्रकुमार राई अब नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा कायम रहने भएका हुन् ।

Read More

झापा, २६ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारहरूले जस्तै सामाजिक सुरक्षाका विभिन्न नाममा राज्यको ढुकुटी बाँडेर मतदाता रिझाउने कार्यक्रम ल्याएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदाता रिझाउन आफ्ना दुई कार्यकालमा सामाजिक सुरक्षा भत्तालाई दोब्बर (२ हजारबाट ४ हजार) पारेको आरोप लाग्दै आएका बेला देउवा सरकार पनि यही बाटोमा लागेको हो। देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा पेस गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकबाट विभिन्न नाममा आम सर्वसाधारण र नेताकार्यकर्तालाई रकम बाँड्ने गरी कार्यक्रम ल्याइएको छ। देशको ढुकुटीको दुरावस्थालाई बेवास्ता गरी राजनीतिक दलहरूबीच मतदाता रिझाएर निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न होडबाजी चलेको देखिएको छ। प्रतिस्थापन विधेयकमा पूर्वअर्थमन्त्री विष्णु…

Read More

झापा, २६ भदौ । सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमाभएको सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ । गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया सुरु गरेको हो । हत्यारा नजिक पुग्न प्रहरीले मानवीय तथा प्राविधिक दुवै कोणबाट अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । चार दिनअघि मादी नगरपालिका–१ उम्लिङ्गका तेजबहादुर कार्कीसहित उनकै परिवारका छ जनाको सामुहिक हत्या भएको थियो । सो हत्याको अनुसन्धानका लागि प्रदेश नम्बर १…

Read More

झापा, २६ भदौ । नेपाली काँग्रेसका युवा नेताले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । पार्टीका एक दर्जन युवा नेताले आज संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित हुन नसक्दा वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भएको उल्लेख गरे । हाल काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिकाअनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भने २० जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । ती जिल्लामा अधिवेशनको प्रक्रिया पनि प्रारम्भ भएको छैन । यसले देशभर एकैपटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको…

Read More