
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ भदौ । काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूलाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो। भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ४१ बटालियनको टोलीले उनीहरूलाई पानी ट्यांकी नाकाबाट पक्राउ गरेको जनाइएको छ। नेपालबाट गएका उनीहरूलाई भारतीय एसएसबीले चेकजाँच गर्दा नेपाली नागरिकताको प्रमाणपत्र र भारतीय पासपोर्ट बरामद गरेको थियो। ती महिलाहरूले नेपाली नागरिकता कुन जिल्लाबाट लिएको भन्ने कुरा एसएसबीले खुलाउन चाहेन। नेपाल र भारत दुवै देशको नागरिक भएको प्रमाणपत्र फेला परेपछि एसएसबीले आवश्यक कारबाहीका लागि उनीहरूलाई खोडीबारी थानालाई जिम्मा लगाएको छ। खोडीबारी…
झापा, ७ भदौ । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक रुपमै निर्देशन दिँदै भीडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको उनले जानकारी दिए । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताए । कोभिड–१९ को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय…
झापा, ७ भदौ । अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुग्ने नेपालीको संख्या ५०४ पुगेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी कन्सुलर सेवा विभागको वेभ पोर्टलमा साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् । मन्त्रालयले हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग उद्धारका लागि सहकार्य र समन्वय भैरहेको समेत जनाएको छ। त्यस्तै अफगानिस्तानमा रहेका नेपालीहरुको संख्या एकिन गरी उद्धार गर्न आइतबार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखहरुको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको बैठकले समेत…
वि.सं.२०७८ साल भदौ ०७ गते । सोमबार । ईश्वी सन् २०२१ अगष्ट २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– प्रतिपदा, बेलुकी ०४ बजेर ३० मिनेट उप्रान्त द्वितीया । नक्षत्र– शतभिषा, बेलुकी ०८ बजेर ३४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– अतिगण्ड, बिहान १० बजेर ३२ मिनेट उप्रान्त सुकर्मा । करण– कौलव, बेलुकी ०४ बजेर ३० मिनेट उप्रान्त तैतिल, रातको ०४ बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कुम्भ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार…
झापा, ७ भदौ । एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले असार २७ गते गरेको १० बुँदे कार्यान्वयन नगर्ने भएपछि ल्याउन नचाहेका हुन्। ‘ओलीले अक्षरस १० बुँदे कार्यान्वयन गर्ने अवस्था देखिएन, पार्टी मिलाउने कुराका ओलीनै बाधक रहे,’ मध्यमार्गी एक नेताले भने। एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले…
झापा, ७ भदौ । सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले शहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ शहर अभियान’ सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढंगले अगाडि बढाउने लक्ष्यका साथ प्राधिकरणले ‘उज्यालो शहर अभियान’लाई तीव्रता दिने भएको छ । त्यसका लागि विभिन्न नगरपालिकाकोे समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त अत्याधुनिक बत्ती ९स्मार्ट लाइट० जडान गर्ने योजना तय भएको प्राधिकरणले जनाएको छ । यस्तो योजना कार्यान्वयनमा आएपछि शहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत्…
बिर्तामोड, ७ भदौ । ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा युवा व्यवसायी श्याम प्रसाईं ९एसपी० ले छोराको जन्मदिनको उपलक्ष्यमा मन्दिरलाई घण्टी अपर्ण गरेका छन् । प्रसाईले छोरा शंकेत प्रसाईको जन्मदिनको उपलक्ष्यमा बिर्तामोड–१० स्थित इलामेली टोल शहीद गेट नजिकै रहेको रक्तकाली माता मन्दिरलाई घण्टी प्रदान गरेका हुन् । प्रसाईंले आइतबार पर्न गएको छोराको जन्मदिनमा मन्दिरलाई ९ केजी ९ सय ग्राम बराबरको घण्टी सहयोग गरेका हुन् । जन्मदिनका दिन अनावश्यक तडकभडकसहित गरिने खर्च कटौती गरी धार्मिक कार्यमा सहयोग गरेको भन्दै रक्तकाली मन्दिर समितिको सहयोगी पुनम चुंडालले प्रसाईंको प्रशंसा गरिन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागांई, हल्दिबारी गाउंपालिका वडा…
झापा, ७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको जानकारी बोर्डका अधिकारीहरूले दिएका छन् । ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा रहेको जानकारी दिए । सीसीएमसीसित अनुमति लिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाका बारेमा सूचित गरिने उनले बताए । राजधानी र सहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थीहरू परीक्षा…
झापा, ७ भदौ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए। ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’ प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।
दमक, ६ भदौ । झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति सहमति जनाएका हुन् । राप्रपा कमल गाउँपालिकाका अध्यक्ष दीपक खरेलले सबै पार्टीको परामर्शबिना समानता र सह अस्तित्वको भावनालाई कुठाराघात गरी नगरपालिकाले एकलौटी र मनोमानी ढङ्गले उपमहानगरपालिका बनाउने एकल निर्णयप्रति असहमति रहेको बताए । राप्रपाले आज जारी गरेको विज्ञप्तिमा भनेको छ, “विगतमा कमललाई दमकमा गाभेर दमक नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण गरी लैजान भन्दा पटकपटक बेवास्तासमेत गरिएको तर अहिले आएर फेरि उपमहानगरपालिका बनाउने प्रस्ताव कसरी आयो रु” यसैगरी…