झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दमक, १३ भदौ । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वान अन्तरगत लायन्स क्लव अफ दमक झापा गठन भएर चार्टर भएको छ । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ ए वानका गर्भनर रेवतबहादुर कार्कीले दमकमा एक कार्यक्रमबीच क्लव चार्टर भएको घोषणा गरेकाछन् । क्लवमा लायन्सका पुराना तथा नयाँ सदस्यहरु गरेर २७ जना रहेकाछन् । अध्यक्षमा अशोक चौधरी, प्रथम उपाध्यक्षमा राम थपलिया, सचिवमा विष्णुप्रसाद पोखरेल रहेकाछन् । यसैगरी द्वितिय उपाध्यक्ष लोकश सापकोटा र तृतिय उपाध्यक्षमा सन्तोष महासेठछन् । कोशाध्यक्षमा सन्दिप साहेवाला, जोइन्ट कोशाध्यक्षमा मुकेश गुप्ता, सह सचिवमा नरेश बन्जरा, पिआरओमा विणा शाह चार्टर भएकाछन् । क्लवको सदस्यहरुमा डिल्लिाराम ओली, विष्णु शाह, डेविट…

Read More

सन्तोष शर्माभनिन्छ– मानिस भगवानको एउटा सुन्दर रचना हो । प्रकृतिको अनुपम उपहार हो । स्र्वश्रेष्ठ प्राणी हो । के त्यो भगवानको एउटा सुन्दर रचना साँच्चै सुन्दर छ ? यो एउटा गहन प्रश्न हो । किनकि, वर्तमानले त्यसको सटिक उत्तर दिन सक्ने अवस्था छैन । यदि सुन्दर रचना हो भने किन समाज विकृत छ । किन मुलुक विकृत छ ? किन विश्व विकृत छ ? सुन्दर रचना हो भने यी सबै कुरा सुन्दर हुन्थे होला । अर्थात, समाज, देश र विश्व विकृतिमुक्त एवम् सद्भावपूर्ण–प्रेममय । तर, वर्तमानमा मानिसलाई मात्र बाद गर्ने हो भने सबै सुन्दर छ । पहाड सुन्दर छ, नदीनाला,…

Read More

झापा, १२ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८३ जनामा कोरोना संक्रमण भएको छ । ७७९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र १ हजार १०३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १२०, मोरङमा ७५, झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा ४–४, संखुवासभामा २, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । सुनसरीको इटहरीमा ९३, धरानमा १९, बराहक्षेत्रमा ३, रामधुनीमा २, दुहवी, बर्जु र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ३८, बेलबारीमा १८, केराबारी र सुन्दरहरैचामा…

Read More

झापा, १२ भदौ । झापा कमल गाउँपालिका–४ चुलाचुलिमोड स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–६ का ५० वर्षीय हेमसागर थापा रहेका छन् । हिजो दिउँसो साढे १ बजे पश्चिम जाँदै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा थापाको मृत्यु भएको हो । बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका–७ का ४२ वर्षीय सम्पतलाल धिमाल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।

Read More

भोजपुर, १२ भदौ । भोजपुर षडानन्द नगरपालिका–९ तालखर्कका ४० वर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्महत्या गरेका छन् । आज बिहानको राति साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाएपछि स्थानियबासी गई हेर्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनलाई खोजतालस गर्दा झुन्डिएको अबस्थामा फेला परे पश्चात…

Read More

बैतडी, १२ भदौ । भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर भाट घाइते भएका थिए । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो । उनको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका एक छोरा र श्रीमती छन् ।

Read More

झापा, १२ भदौ । विगत २४ घण्टामा देशभर थप दुई हजार ६५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये पीसीआर परीक्षणबाट सात लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा थप दुई हजार ३३७ जना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा निको हुनेको सङ्ख्या सात लाख आठ हजार २३० पुगेको छ । यस्तै निको हुने दर ९३ दशमलव ६ रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार थप २५ जना सङ्क्रमितको मृत्यु…

Read More

वि.सं.२०७८ साल भदौ १२ गते । शनिबार । ईश्वी सन् २०२१ अगष्ट २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–षष्ठी, बेलुकी ०८ बजेर १७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– भरुणी, रातको ०४ बजेर ०५ मिनेट उप्रान्त कृतिका । योग– वृद्धि, बिहान ०७ बजेर ५० मिनेट उप्रान्त ध्रुव । करण– गर, बेलुकी ०७ बजेर २५ मिनेट उप्रान्त वणिज, बेलुकी ०८ बजेर १७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरू समयमा सम्पन्न नहुँदा…

Read More

झापा, १२ भदौ । एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको दाबी स्रोतको छ । हालसम्म मन्त्रीका रूपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा। खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु अग्रपंक्तिमा छन् । यीमध्ये एक जनालाई उपसभामुखको जिम्मेवारी दिइने भएको छ । तर, उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगो लागेको छैन । नयाँ दलको प्रमाणपत्र लिएपछि…

Read More

झापा, १२ भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका हुन् । पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट शक्तिकी प्रतीक देवी र दुर्गाको पूजाअर्चना गर्दै निधिले आफ्नो चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । निधिले आगामी १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनेसँगै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको दूरीसमेत पातलिएको छ । निधिले देउवालाई यसअघि आफूलाई १४औं महाधिवेशनमा सभापतिमा सघाउने सर्तमै सघाएको बताउँदै आइरहेका छन् । निधिले सम्पर्क कार्यालय उद्घाटन गर्दै गर्दा केही…

Read More