झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पाँचथर, ८ भदौ । पाँचथरको फिदिम नगरपालिका–८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटे स्थितमा रहेको भिरबाट अन्दाजी १०० मिटर तल झरी मृत अबस्थाममा उनकै छोराले फेला पारेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, ८ भदौ । नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासम्म पुर्याउन राहदानी सङ्ग्रहालय स्थापना गरेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार नेपालमा राहदानी प्रयोगको इतिहास अभिलेखीकरण गर्न सङ्ग्रहालयले सघाउनेछ । विभागले नेपाली नागरिकको विदेश आवागमनका लागि कानुनी राहदानी जारी गर्नुका साथै त्यस्ता कागजपत्र व्यवस्थित गर्ने काम गर्छ । राहदानीको इतिहास कायम रहोस् भन्ने मनसायका साथ राहदानी सङ्ग्रहालय खुलाइएको विभागका निर्देशक तथा प्रवक्ता राजेन्द्र पाण्डेले बताए । हालसम्म निकै पुराना दुईवटासहित ६० वटा राहदानी सङ्कलन भइसकेको छ ।…

Read More

वि.सं.२०७८ साल भदौ ०८ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– द्वितीया, बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पूर्वाभाद्रपदा, बेलुकी ०९ बजेर ०८ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–सुकर्मा, बिहान ०९ बजेर १३ मिनेट उप्रान्त धृती । करण– गर, बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त वणिज, रातको ०४ बजेर २२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काण योग । चन्द्रराशि–कुम्भ, दिउसो २ बजेर ५७ मीन । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर…

Read More

झापा, ८ भदौ । अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन् । नेपाली नागरिकको स्वदेश आगमन पश्चात अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा उनीहरूलाई सामाखुशीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्यका मापदण्डअनुसार कोभिड–१९ को…

Read More

बिर्तामोड, ८ भदौ । नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको हो । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि भएको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ३२ साउनमा प्राप्त नयाँ मूल्यअनुसार केही ढिला गरी मूल्य समायोजन गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आएर निगमको घाटा चुलिँदै गएकाले बाध्य भएर मूल्य समायोजन गरेको निगमको तर्क छ । मूल्य वृद्धिपछि पनि निगमलाई आगामी १५…

Read More

गायिका रचना रिमालको “तिजको महिना छ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गितमा शब्द डिपि खनालको रहेको छ भने संगीत नबिन कार्कीको छ गीतमा स्वर भने रचना रिमालको रहेको छ। भिडियोलाई एरेन्ज र मिक्सिंग बिसाल निरौलाले गरेका हुन् । योगेन्द्र कार्कीले निर्देशन गरेको भिडियोलाई छायांकन,सम्पदान मिराज अर्यालले गरेका छन्। यस म्युजिक भिडियोमा अभिनय अनिता बस्नेत,सबिना आचार्य, रक्षा बुढाथोकी, एलिना रानाले गरेका छन् । भिडियो सोमबार रचना रिमाल युटुब चानल मार्फत सार्वजनिक भएको हो।

Read More

झापा, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६–२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४, कमल गाउँपालिकामा २, गौरादह, बा¥हदशी, गौरीगञ्ज र हल्दिबारीमा १–१, मोरङको बेलबारीमा २५,…

Read More

बिर्तामोड, ७ भदौ । झापामा ८ महिनाकी छोरीसहित दम्पतीले आत्महत्या गरेका छन् । कन्काई नगरपालिका–१ का ४० वर्षीय रविन विश्वकर्मा, पत्नी २९ वर्षीय मुना विक र छोरी रुविनाले झुन्डिएर आत्महत्या गरेको झापाका एसपी सानुराम भट्टराईले बताए । घरभित्र चुकुल लगाएर नाइलनको डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ । रविनलाई केही दिनअघि कोरोना भाइरस संक्रमण भएको थियो । छिमेकीका अनुसार पत्नी मुनालाई पनि संक्रमण पुष्टि भएको थियो । रविनले ‘विदेश पठाउँछु’ भनेर गाउँमा धेरै जनासँग पैसा लिएको र दिनहुँ पैसा माग्ने मान्छे घरमा आउन थालेपछि पारिवारिक तनाव सिर्जना भएको…

Read More

खोटाङ, ७ भदौ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरिएको छ । दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ वर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ वर्षीय खगेन्द्र राईको घरमा लुकाई राखेको १ थान भरुवा बन्दुक बरामद भएको छ । गाँजा र बन्दुक बरामद भए सगै दुवैजना मगम र खगेन्द्रलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

Read More

इलाम, ७ भदौ । इलाम रोङ गाउँपालिका–६ सलकपुरकी ५० वर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो साढे १० बजे आफ्नै पुरानो घरमा घाँस काट्नको लागी घास काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा करेन्ट लागी घाईते भएकी तामाङको उपचारको लागी लैजान घरमा ल्याई पुर्‍याउदा दिउसो ११ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जिर्मले र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

Read More