झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ भदौ । सरकारले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यस्तै बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए । मन्त्रिपरिषद् बैठकले काठमाडौं– तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरूको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि…

Read More

झापा, ४ भदौ । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी सकारात्मक देखिएको हो । सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भीडभाड हुने भएकाले कडा स्वास्थ्य मापदण्डसहितको योजना मागेको थियो । विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश गर्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए…

Read More

झापा, ४ भदौ । माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो। तर, नेपालसहित उनी पक्षधर सांसदहरूले एमालेबाट अलग हुँदै बुधबार नयाँ पार्टी गठनको निवेदन निर्वाचन आयोगमा दिए। अब आयोगले पहिले निर्णय गर्छ कि, सभामुख सापकोटाले कारबाही प्रक्रिया अघि बढाउँछन् भन्ने चासोको विषय छ। सभामुख सापकोटाले एमालेको पत्रअनुसार कारबाही प्रक्रिया अघि बढाए ती १४ जनाको सांसद पद जान्छ। तर, सभामुखले आलटाल गरिरहेर त्यसअघि नै आयोगले नेपाल पक्षको दललाई मान्यता दिए सबैको पद सुरक्षित हुनेछ। १४ जना सांसदको कारबाही प्रक्रियाले राष्ट्रिय राजनीति र संसदीय अंक गणितमा भिन्न अवस्था ल्याउने निश्चित छ। विपक्षी एमाले छिटो…

Read More

झापा, ४ भदौ । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा प्रस्तावित दुवै दलको नाम भने अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले प्रस्ताव गरिएकै नाम दर्ता गर्न अनिच्छा देखाएको छ । सो अध्यादेश बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सो निवेदनउपर अध्ययन सकेर १० दिनभित्रमा नै दर्ताको काम टुंग्याइने जनाएको हो । नेता नेपाल अध्यक्ष तथा झलनाथ खनाल वरिष्ठ नेतासहित ९५…

Read More

झापा, ४ भदौ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो । करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका छन् । त्रिविका योजना निर्देशनालय प्रमुख निर्देशक डा। ऋदिश पोखरेलले लामो समयको प्रयासपछि २५ सामुदायिक क्याम्पसहरु दुई विश्वविद्यालयमा गाभिएको बताए । उनले अन्य विश्वविद्यालयमा गाभिएका यी २५ वटा…

Read More

झापा, ३ भदौ । औषधि उद्योगका क्षेत्रमा ५० वर्षीय शैलेश वैद्य उदीयमान व्यवसायी हुन् । उनको कर्मप्रति वरिष्ठ औषधि व्यवसायी नतमस्तक देखिन्छन् । उनलाई प्रेरणाका पात्रका रुपमा लिन्छन् । वैद्य काठमाडौंको जमलस्थित कमलाक्षीमा जन्मे । उनको युवावस्था निकै संघर्षशील रह्यो । उनले युवा उमेरमा अनेक सास्ती भोगे । जति दुःख भोगे पनि उनले सपना देख्न भने छोडेनन् । उनको एउटा सपना छ । त्यो हो, ‘क्यान्सरविरुद्ध स्वदेशमै औषधि उत्पादन ।’ जुन सपनाले अब मूर्त रुप लिने भएको छ । टिजिङ फर्मा प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक वैद्य २ महिनाभित्र स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन गर्ने तयारीमा छन् । ‘कम्तीमा चारवटा क्यान्सरविरुद्ध औषधिको…

Read More

भद्रपुर, २ भदौ । इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरूलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बिर्तामोडका व्यवसायी तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका मेमबरसीप चेयर जगत् शर्मा भुसालको जन्मदिनको अवसर पारेर उक्त सामाग्री वितरण गरिएको हो ।इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष जमुना शर्मा भुसालको अध्यक्षता तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अपाङ्गता समावेशी, विकास समितिका अध्यक्ष रामराज गणेशले स्वागत गरेका थिए । कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट दिनेशकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राख्दै शर्माले…

Read More

झापा, २ भदौ । काठमाडौँ स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ । विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले एस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो । कार्यालय प्रमुख बद्रीबहादुर खड्काले यही भदौ १ गतेदेखि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई खोप लगाउन थालिएको जानकारी दिए । जापान र भूटानबाट आएको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएको बचेपछि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई पहिलो मात्रा खोप दिन थालिएको हो । भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा एस्ट्राजेनिका खोप प्राप्त भएको थियो । पैँसट्ठी वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा…

Read More

झापा, २ भदौ । नेकपा एमालेबाट विभाजित भएर नेकपा एमाले समाजवादी पार्टी गठन गरेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति ९५ सदस्यीय रहने भएको छ । सो पार्टीको अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । निर्वाचन आयोग परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमालेका ५८ केन्द्रीय सदस्य नयाँ पार्टीमा लागेको र राष्ट्रिय सभा तथा प्रतिनिधिसभामा ३१ सांसद पनि सँगै रहेको बताए ।

Read More

झापा, २ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५–१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र ते¥हथुममा २–२, ताप्लेजुङ र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । झापाको दमकमा ५९, विर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७–७, कमल गाउँपालिकामा ४, गौरादह र बुद्धशान्तिमा…

Read More