झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ भदौ । कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो । कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको छैन । तथापि कोभिड लागेर ज्वरो, रुघाखोकी आएको खण्डमा सिटामोलको प्रयोगलाई चिकित्सा क्षेत्रले पनि प्रभावकारी उपायका रूपमा लिँदै आएको छ । यतिबेला बजारमा सिटामोल सहज रूपमा नपाइँदा सर्वसाधारण समस्यामा परेका छन् । गुर्जुधाराकी सविना श्रेष्ठले भने, “पाँचवटा पसल चहारेपछि बल्ल बल्ल छैटौँ पसलमा सिटामोल एकपत्ता पाइयो ।” उहाँलेजस्तै सरोज उपकारेटीले पनि भाइलाई ज्वरो आएपछि बजारमा सिटामोल खोज्दा नपाएर वीर अस्पताल नै…

Read More

मोरङ, ५ भदौ । मोरङको विराटनगरमा विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुख हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह रहेका छन् । उनिहरुले विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी ूयहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैनू भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागी प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुख हैरानी…

Read More

झापा, ४ भदौ । झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत भएका हुन् । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुयाएवापत उहाँहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो । अवार्ड पाउने छ अङ्ग्रेजी साहित्यकार नेपालीहरूमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले हुन् । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल…

Read More

द्रोण अधिकारीभद्रपुर, ४ भदौ । एक दशक यता निर्माण थालनी भएर आधा काममा अलपत्र परेको बाह्रदशी ६ स्थित हाम्रो बाह्रदशी अपाङ्गता अभियानको सामुदायिक भवन आर्थिक श्रोत अभावले निर्माण रोकिएको अवस्थामा छ । बाह्रदशी गाउँपालिका क्षेत्रका पाँच सय अपाङ्गता भएका नागरिकहरूको चौतर्फी विकासका लागि कार्यक्रम सञ्चालन गर्न देउसी भैलो खेलेर रकम जुटाउँदै २०६८ सालबाट निर्माण थालिएको सो भवन आवश्यक रकम जुटाउन नसकेपछि आधा काममा अलपत्र परेको हो । हाम्रो बाह्रदशी अपाङ्गता अभियानका अध्यक्ष सन्तोष सुवेदीका अनुसार संस्थाका सदस्यहरूको पहलमा करिव ८ लाख खर्चेर जग उठाउन र चारैतिर पर्खाल लगाउन सकिएको भए पनि छत ढलान गरी प्रयोजनमा ल्याउन सक्ने वातावरण निर्माण हुन…

Read More

झापा, ४ भदौ । सर‌कार‌ र‌ सम्बद्घ निकायको‌ उदासिनताका कार‌ण झापा सदर‌मुकाम चन्द्रगढीमा निर्माणाधीन गिर‌ीजाप्रसाद को‌इर‌ाला सभागृहको‌ भवन निर्माण कार्य पूर‌ा नहुँदै‌ जीर्ण बने‌को‌ छ । दुई वर्षमा निर्माण कार्य सक्ने‌गर‌ी २०७२ असार‌ १० गते‌दे‌खि निर्माण सुरु भएको‌ सभागृहका लागि सर‌कार‌ले‌ बजे‌ट विनियो‌जन नगर्दा निर्माणाधीन भवन जीर्ण बन्दै‌ गएको‌ हो‌ । सभागृह निर्माण कार्य २०७४ असार‌ २८ मा सम्पन्न गरि‌सक्नुपनेर्‌ ठे‌क्का सम्झौ‌तामा उल्ले‌ख छ । तर‌, समयावधि सकिएको‌ ४ वर्ष बित्दा समे‌त भवन निर्माणले‌ पूर्णता पाउन सके‌को‌ छै‌न । तत्कालीन जिल्ला विकास समितिको‌ कार्यालय मार्फत निर्माण सुरु गरि‌एको‌ सभागृह भवन निर्माणका लागि १२ करोड ७२ लाख ६९ हजार रुपैयाँमा ठे‌क्का सम्झौ‌ता भएको‌ थियो‌ । भवन…

Read More

झापा, ४ भदौ । कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्। सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ। जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन्। सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ। उनले ७७ हजार ४३७ जनाले भेरोसेल खोप लगाएको जानकारी दिए। त्यसमध्ये दुई मात्रा ९पूर्ण खोप० लगाउने १३ हजार २१६ र एक मात्रा मात्र लगाउने ६४ हजार २२१ छन्। जिल्लामा ६२ हजार ११९ ले भारतबाट प्राप्त…

Read More

मेचीनगर, ४ भदौ । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको छ । बिहिबार करिब ४ लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधी बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Read More

बलिउड अभिनेत्री काजल अग्रवाल सामाजिक सञ्जालमा ‘स्वीमिङ पुल’ का तस्बिरहरु सेयर गरिरहन्छिन् । उनले हालै पुलमा रमाइलो गरिरहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनको पछिल्लो तस्बिर पनि सदाझैँ सामाजिक सञ्जालमा चर्चित बनेको छ । तस्बिरमा काजलले बुट्टा भएको कालो रङको बिकिनी लगाएकी छन् । उनी तस्बिरमा पुलमा मस्ती गरिरहेको देखिन्छिन् । उनले तस्बिरको क्याम्पसन ‘खुशीको मतलब आफ्नै वहाब बनाउनु हो ।’ उनको बिकिनी ‘Ookioh’ नामको ब्राण्डको हो । यसको मूल्य भारतीय ७ हजार रुपियाँ रहेको छ ।

Read More

शम्भू दंगालकाठमाडौं, ४ भदौ । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको विवादास्पद निर्णय यतिबेला चर्चामा छ । सो निर्णय कार्यान्वयन नगर्न र नगराउनका लागि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मंगलबार निर्देशनसमेत दिएको छ । त्यो विवादास्पद विषय हो– झापाको विर्तामोडमा रहेको गिरीबन्धु टि–इस्टेटको जग्गा सट्टापट्टा । तत्कालीन ओली सरकारले २०७८ वैशाख १३ गते गिरीबन्धु टि–इस्टेटको जग्गा सट्टा पट्टा गर्न स्वीकृति दिएको थियो । यो चिया कम्पनीको नाममा ३४३ बिगाहा जमिन छ । भूमाफियाको खेलमा जग्गा सट्टापट्टाको नाममा बेचबिखन गर्न खोजेको आरोप लागेको हो । पूर्ववर्ती सरकारले सट्टापट्टाका लागि अनुमति दिए पनि कुन जग्गासँग सट्टापट्टा गर्ने तय नै…

Read More

झापा, ४ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जनाएका छन् । उनका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुललाई सार्वजनिक मेडिकल कलेजको रुपमा तोकी चिकित्सा शिक्षा ऐन–२०७५ को प्रावधान अनुसार छात्रवृत्ति कायम गर्ने प्रक्रियासमेत सुरु भइसकेको छ । मन्त्रालयले यस अगाडि विभिन्न मितिमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको लागि गरेका सम्झौता…

Read More