
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २ भदौ । नेपाल पत्रकार महासंघ झापा शाखाको ई–बुलेटिन सार्वजनिक गरिएको छ । महासंघको कार्यालय परिसरमा एक कार्यक्रमका बीच मंगलबार प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. १ कमिटीका कोषाध्यक्ष बिमल लामिछानेले ई–बुलेटिन सार्वजनिक गर्नुभएको हो । महासंघले सञ्चालन गरेका गतिविधि समेटेर चौमासिक रुपमा नियमित प्रकाशन गर्नेगरी ई–बुलेटिन प्रकाशन थालिएको महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले बताउनुभयो । “महासंघको हरेक गतिविध र कामकारबाहीलाई पारदर्शी रुपमा राख्नका लागि बुलेटिन प्रकाशन शुरु गरिएको हो”, अध्यक्ष गिरीले भन्नुभयो, “यसलाई महासंघको वेभसाइटमा राखिने छ ।” कार्यक्रममा प्रमुख अतिथि लामिछानेले नयाँ सोचका साथ बुलेटिन आएको बताउँदै यसले महासंघको हरेक गतिविधि दस्तावेजीकरण हुने र महासंघलाई…
बिर्तामोड, १ भदौ । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा खुला गरेपछि मंगलवार बिर्तामोडमा अनुगमन गरिएको छ । स्वास्थ्यका मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने व्यवसायीले माग गरेपछि यातायात तथा व्यवसायले स्वास्थ्यको मापदण्ड पूरा गरे नगरेको सम्बन्धित निकायले मंगलवार बिर्तामोडमा अनुगमन गरेको हो । सोमवार वसेको डिसीसीएमसी झापाको वैठकले स्वास्थ्यको मापदण्ड पूरा गरेर यातायात र पसल मंगलवारदेखि खुला गर्न अनुमति दिएको थियो । जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र बिर्तामोड उद्योग बाणिज्य संघले संयुक्तरुपमा बिर्तामोडमा सचेतना तथा अनुगमन कार्यक्रम गरेको छन् । अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि, इप्रका विर्तामोडका…
झापा, १ भदौ । झापाको गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा रोक्न सरकारलाई निर्देशन दिएको छ । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबार बसेको बैठकले गिरिबन्धु टी स्टेटको २८० विघाको बयान सट्टापट्टा गर्न स्वीकृत दिने सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी ऐन नै संशाधन गरेर गिरिबन्धु टी स्टेटलाई सट्टापट्टाको अधिकार दिएको छ । गिरिबन्धु टी स्टेटको बिर्तामोडको जग्गा विघाकै करिब २० करोड पर्छ, तर कम मूल्य पर्ने झापाकै पृथ्वीनगरमा रहेको जग्गासँग सट्टापट्टा गर्न खोजिएको छ । बैठकले हदबन्दीभन्दा बढी जग्गा कहाँ कति छ भन्ने विवरण ३१ भदौभित्र पेश गर्न पनि…
इलाम, १ भदौ । नगदेबाली अलैँची रोग लागेर मासिँदै गएकाले यहाँका किसान चिन्तित भएका छन् । छिर्के, फुर्के र जुरजुरे रोगका कारण यो ‘खोल्सीको कालो सुन’ मासिन थालेकाले उनीहरू चिन्तित भएका हुन् । मकै बारी नै मासेर अलैँची लगाइएकामा विभिन्न रोग लागेर मासिँदै गएको र बचेको अलैँची पुनः रोप्दा पनि रोग बल्झिएकाले उत्पादन नै नहुने अवस्थामा पुगेको किसानको गुनासो छ । डढुवा रोग लागेर हरियो बगान सुक्न थालेको इलाम, देउमाई नगरपालिकाका घनश्याम खतिवडा बताउँछन् । ‘‘बारी नै मासेर अलैँची लगाइएको थियो फेरि मर्न थाल्यो’’, उनी भन्छन् । उक्त बाली मासिँदै गएकाले यहाँका किसानले वैकल्पिक बाली लगाउन थालेका छन् । दुई…
झापा, १ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, ते¥हथुम र उदयपुरमा ४–४, पाँचथर, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ । झापाको शिवसताक्षी र विर्तामोडमा ३०–३०, भद्रपुरमा २८, दमकमा २४, मेतीनगरमा १९, कनकाईमा १८, अर्जुनधारामा ९, कमल गाउँपालिकामा ८, हल्दिबारीमा ६, बुद्धशान्तिमा ४, बा¥हदशीमा ३, गौरादहमा २,…
झापा, १ भदौ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए । निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । सीसीएमसीले निर्णय गरेमा ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताए । ‘निषेधाज्ञापछि सीसीएमसीले विस्तारै आवश्यक क्षेत्र खुलाउँदै गएको छ,’ उनले भने, ‘विभागले ट्रायल खुलाउने तयारी गरेकोमा हाम्रो सिफारिशपछि सीसीएमसीले…
झापा, १ भदौ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो पक्षले हालको राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल फुटाउन नसक्ने भएकाले उनीहरूलाई सहज हुने ढंगले अध्यादेश ल्याउन लागिएको हो । एमालेको माधव पक्ष र जसपाको ठाकुर महतो पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । अहिले एमाले र जसपा दुवै पार्टीमा अहिले किचलो छ । एमालेबाट नेपाल पक्ष र जसपाबाट ठाकुर–महतो पक्षले छुट्टै राजनीतिक दल गठन गर्ने आन्तरिक…
झापा, १ भदौ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका लागि सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा प्राधिकरणको निर्देशक पदमा हालै मात्र नियुक्त गरिएका कुलमान घिसिङलाई काम गर्न नदिन माग पनि गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शाक्यलाई २०७७ साल माघ २९ गते नियुक्ति गर्दा ४ वर्षको कार्यकालका लागि भनी उल्लेख गरिएको थियो । दायर भएको रिट निवेदनमा कार्यकारी निर्देशकको…
झापा, १ भदौ । झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए । झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए । आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५…
प्राचीन कालदेखि नै धातुहरु तथा रसायनहरुको मिश्रणबाट सुन बनाउने धेरै प्रयासहरु भएका छन् । विभिन्न अन्य धातुबाट सुन बनाउने यस्तो विधिलाई अल्केमी अर्थात् रस विधा भनिन्छ । वैज्ञानिकहरुले अन्ततः यो विधामा पहिलो सफलता प्राप्त गरेका छन् । वैज्ञानिकहरुले पानीबाटै पहिलोपटक सुन बनाउन सफल भएका छन् । चेक गणतन्त्रको राजधानी प्रागस्थित चेक एकेडेमी अफ साइन्सेसका भौतिक रसायनविद्हरुले क्षारीय धातुको सहयोगमा यसरी पानीलाई सुनौलो चम्किलो धातुमा बदलेका हुन् । क्षारीय धातु भनेको सोडियम पोटासियम जस्ता प्रतिक्रियाशील तत्वहरुको समूह हो । पानीको सम्पर्कमा आउँदा यस्ता क्षारीय धातु विस्फोटक बन्दछन् । त्यसैले यस्तो प्रयोग तयार गरियो जसबाट यस्ता क्षारीय धातु र पानीबीचको प्रतिक्रिया सुस्त…