झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

रश्मि देसाई बलिउडकी त्यस्ती सेलिब्रेटीमध्ये एक हुन्, जसको फोटोसुट सधैँ चर्चाको विषय बन्ने गरेको छ । धेरैजसो आफ्नो बोल्ड फोटोसुटबाट फ्यान रिझाउँदै आएकी उनले अहिले पानीमा भिजेर फोटो सुट गरेकी छन् । जसमा उनले आफ्नो बोल्ड लुक्स प्रस्तुत गरेकी छन् । तस्बिरमा उनी कलो करलको ड्रेसमा देखिएकी छन् । सामान्य मेकअप र चेरी लिपस्टिकका साथ उनले आफ्नो लुक्स कम्प्लीट गरेकी छन् । फ्यानले उनको तस्बिर निकै रुचाएका छन् ।कामको कुरो गर्ने हो भने रश्मिले अभिनयको सुरुवात २००२ मा ‘असमिया’ फिल्मबाट गरेकी थिइन् । त्यसपछि हिन्दी फिल्म अभिनय गरेकी उनको पहिचान भने भोजपुरी फिल्मबाट भएको हो । रश्मिले सिरियल ‘उतरन’बाट टिभी…

Read More

झापा, १ भदौ । चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो । अदालतले यसअघि पनि प्लाष्टिकको झोला प्रयोगबारे आदेश गरेको थियो । तर, न्यायाधीश सुवेदीले पातलो प्लाष्टिकका झोला हटाउने कार्ययोजनाको प्रगति विवरण दुई–दुई महिनामा बुझाउन सरकारका नाममा बाध्यकारी आदेश गरेका छन् । वातावरण कानुन समाजको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ सहितले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सुवेदीले १० दिनभित्र कार्ययोजना तयार गर्न सरकारलाई आदेश गरेका छन् । अदालतको आदेशमा भनिएको छ– ‘विपक्षी मध्येका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवले संयोजन गरी…

Read More

झापा, १ भदौ । लोकल रक्सी ब्राण्डिङ गर्न बनाइएको कार्यदलले प्रतिवेदन बुझाएको छ । हिजो प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईलाई कार्यदलले प्रतिवेदन बुझाएको हो । सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि ब्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता अध्ययन कार्यदल गठन गरेको थियो। सोही कार्यदलले तयार गरेको प्रतिवेदन मन्त्री राईलाई हस्तान्तरण गरेको हो । मन्त्री राईले ब्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताउनु भयो । उहाँले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना भएको बताउनुभयो । उहाँले प्रदेश १ मा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने…

Read More

भद्रपुर, ३२ साउन । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गर्नुपर्ने माग राख्दै झापाका किसानहरुको हस्ताक्षर संकलन गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । अखिल नेपाल किसान महासंघ झापाले १५ वटै स्थानीय तहका किसानको हस्ताक्षर संकलन गरी आज प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना मार्फत प्रधानमन्त्री देउवालाई बुझाएका हुन् । अभियान अन्तरगत यहाँका १ लाख ३ हजार ७ सय १३ जना किसानको हस्ताक्षर संकलन गरिएको महासंघका झापा अध्यक्ष गोपालप्रसाद चुडालले बताए । महासंघका केन्द्रीय उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले आफ्नो मागलाई सरकारले बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

Read More

झापा, ३२ साउन । झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आज बसेको बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल, सटर, गाडी खुल्ला गर्ने निर्णय गरेको छ । तर, अधिक भीड हुने अत्यावश्यक खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने भनिएको छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार डीसीएमसीको बैठकले लकडाउन खुकुलो बनाए तापनि सर्वसाधारण तथा व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेको छ । मास्क नलगाउने र बेलुका ६ बजेपछि पसल खोल्नेलाई कडा जरिवाना गर्ने प्रशासनले जनाएको छ ।…

Read More

झापा, ३२ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा झापामा सबैभन्दा धेरै २११ ज्नामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ । झापाको बिर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७–२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४–२४, कनकाईमा…

Read More

झापा, ३२ साउन । उदयपुरको त्रियुगा नगरपालिका–१ राजदेवी सामूदायिक बनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ घर भएका २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदा छन् । त्रियुगा नगरपलिका–६ घर भएकी कृशला चौधरीको साउन १३ मा बेपत्ता भएकी थिइन् । साउन १९ मा शव फेला परेपछि घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको थियो । साउन २० मा मृतकका बुवा प्रेम कुमार चौधरीले शवको सनाखत गरेसँगै प्रहरीले १ सय जना शंकास्पदहरुसँग सोधपुछ गरेको थियो । उचितलाल…

Read More

बिर्तामोड, ३२ साउन । चालू आर्थिक वर्षको पहिलो एक महिनामा यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको उपचार सुविधा, राहत तथा ऋण मिनाहा वापत चार लाख २९ हजार ३१६ रुपैयाँ खर्च गरेको छ । झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले नियमित बचतकर्ता शेयर सदस्यको स्वास्थ्य उपचारमा राहत सुविधा प्रदान गर्दै आएको छ । यस्तै शेयर सदस्यको मृत्युमा राहत प्रदान गर्ने तथा ऋणि सदस्यको मृत्यु भएमा बाँकी ऋण मिनाहा गर्ने संस्थाको नीति रहेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेत बताउँछन् । सोही नीतिअनुसार पाडाजुँगी सेवा केन्द्रका सदस्य इखमाया खबासको असार २९ गते निधन भएकाले उनको नाममा बक्यौता रहेको…

Read More

झापा, ३२ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालका विभिन्न जिल्लामा छरिएर बसेका बङ्गाली समुदायको हक अधिकार सुनिश्चितताका लागि छुट्टै नेपाल बङ्गाली आयोग गठनका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल राष्ट्रिय बङ्गाली समाजका राष्ट्रिय अध्यक्ष पार्थो सरकार, राष्ट्रिय उपाध्यक्ष विप्लव घोषसहित पदाधिकारीसँग गरेको भेटघाट पश्चात् मुख्यमन्त्री राईले नेपाल बङ्गाली आयोग गठनका लागि आवश्यक पहल गरिने आश्वासन दिएका हुन । नेपालको संविधानमै बङ्गाली समुदायको कुरा उल्लेख गर्नुपथ्यो, त्यो मैले महसुस गरेको बताउँदै मुख्यमन्त्री राईले भने, ‘विभिन्न जातजाति, समुदायहरूलाई उत्थान तथा विकास गर्न निम्ति, राष्ट्रिय विकासको मूल प्रभावमा समाहित गर्ने निम्ति…

Read More

बिर्तामोड, ३२ साउन । झापाको बाह्रदशी गाउँपालिकामा आइतबार राति कारले स्कुटीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएका छन् । बाह्रदर्शी–७ स्थित सिमलचोकको भित्री सडकमा राति करिब १०ः३० बजे दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र–१–०१–०१२ प १९४२ नं. को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–००१ च ७२७७ नं. कारले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब निरीक्षक राकेश थापाले जानकारी दिनुभयो । कारको ठक्करबाट स्कुटीको पछाडि सवार धनुषा गणेशमान चारनाथ–६ घर भई हाल कनकाई–८ मा डेरा गरी बस्दै आएकी ३२ वर्षीया सरस्वती मगरको मृत्यु भएको छ । टाउकोमा गम्भीर चोट लागेकी उनलाई…

Read More