झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २७ साउन । झापाली फुटबलका हस्ती तिलकबहादुर गुरुङको निधन भएको छ । बिर्तामोड नगरपालिका ३ निवासी ६६ वर्षीय गुरुङको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी क्यान्सर रोगले पीडित थिए । पूर्व राष्ट्रिय रेफ्री रहेका गुरुङ झापा जिल्ला फुटबल सङ्घका संस्थापक सदस्य तथा पूर्व महासचिव हुन् । उनी बिर्तामोड फ्रेन्डस क्लबका संस्थापक पनि हुन् । बिर्तामोडमा फुटबल खेलको विकास गराउन उनको ठुलो योगदान रहेको छ ।

Read More

झापा, २७ साउन । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बुधबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको…

Read More

ओखलढुंगा, २७ साउन । ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, २७ साउन । नेपाली काँग्रेसमा अन्य राजनीतिक दलबाट प्रवेश गरेका नेता कार्यकर्ताको समायोजनमा देखिएको अन्योल अब हट्ने भएको छ । समायोजनका विषयमा देखिएको विवाद समाधान गर्न मंगलबार बसेको कार्यदलको बैठकले यसलाई नीतिगत रुपमा टुंगो लगाउने निर्णय भएको छ । पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समस्या समाधान गर्न गठित कार्यदलमा यस विषयमा सैद्धान्तिक सहमति भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । अब यो सहमतिलाई बुधबारसम्म अभिलेखिकरण गरिने छ । समायोजन भएको सहमतिलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिन पौडेलले बताए ।

Read More

झापा, २७ साउन । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् (युएई) ले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए। युएई सरकारले जहाजको बोर्डिड पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र आफ्नो मुलुकमा आउन दिने नियम लागु गरेको छ। नेपालमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणको सुविधा नभएकाले दुबई जान लागेका डेढ सय यात्रु रोकिएका हुन्। यी यात्रुमध्ये ९० प्रतिशतभन्दा धेरै रोजगारीका लागि दुबई जाने युवा थिए। नेपाल वायुसेवा निगमको आरए २२९ र हिमालय एयरलाइन्सको एचएन…

Read More

वि.सं.२०७८ साल साउन २७ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– तृतीया, बेलुकी ०५ बजेर ०८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– पूर्वाफाल्गुनी, बिहान १० बजेर ४५ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग– शिव, बेलुकी ०८ बजेर ३६ मिनेट उप्रान्त सिद्ध । करण– तैतिल, बिहान ०५ बजेर ४२ मिनेट उप्रान्त गर, बेलुकी ०५ बजेर ०८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको…

Read More

झापा, २७ साउन । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो । सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएपछि कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको छ । छानबिन समितिले अनुसन्धानको प्रतिवेदन तयार गरेर प्रहरी महानिरीक्षकलाई बुधबार बिहान बुझाउँदै छ…

Read More

झापा, २७ साउन । सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार्वजनिक गरेका छन् । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा मंगलवार उनले उक्त दस्तावेज प्रस्तुत गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा बनेको केपी शर्मा ओलीको सरकारले मुलुकको आर्थिक अवस्थालाई सही गतिमा अघि नबढाएको दाबी गरे । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने समेत जानकारी दिए । ‘अध्यादेशलाई सत्ता सहयात्री दलहरूबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सृजित चुनौतीसमेतको सम्बोधन हुने…

Read More

झापा, २७ साउन । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरी होटेल सञ्चालन गर्ने बिर्तामोडका एक होटेल सञ्चालकलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ । सोमबार राती साढे १० बजे बिर्तामोड नगरपालिका(५ स्थित फुट स्टेप नामको होटेल निषेधाज्ञा उल्लङ्घन गरी सञ्चालन गर्ने बिर्तामोड–५ का ३२ वर्षीय तिलहाङ लिम्बुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक कारबाहीको लागि मङ्गलवार जिल्ला प्रशासन कार्यालय पठाइ बीस हजार रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, २७ साउन । सशस्त्र प्रहरीले झापाको गौरीगञ्जबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका ८ जुरोपानि निवासी १८ वर्षीय उदय कार्की, सोही ठाउँ बस्ने २२ वर्षीय दीपक चौधरी र १८ वर्षीय देवराज माझी रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए । गौरीगञ्ज गाउँपालिका ६ खजुरगाछि फत्तेपुर भित्री सडक खण्डमा विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गौरीगञ्जबाट खटिएका मोबाइल गस्ती टोलिले फत्तेपुरबाट गौरीगञ्जतर्फ दुई वटा साइकलमा आउँदै गरेको उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा लागु औषध फेला परेको थियो । सशस्त्र प्रहरीले उनीहरूको साथबाट नाईट्रोजापम…

Read More