झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ जेठ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ–१९ को महामारीका कारण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने जनाएका छन् । गत वर्ष सम्बन्धित विद्यालयलाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो । मन्त्री श्रेष्ठले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने बताए । मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् ९सिटिइभिटीको० सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गरेका हुन् । मन्त्री श्रेष्ठलाई मन्त्रालयका सचिवहरु रामप्रसाद…

Read More

सोलुखुम्बु, १ जेठ । सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहीबार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय PUWEILIU को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो । त्यसैगरी सगरमाथा आरोहणका लागी हिडेका स्विजरल्याण्डका नागरीक पासपोर्ट नम्बर x४०३४४४६ का ४१ बर्षीय abdulwaheed/aawaraich सोही स्थानमा हिउँमा चिप्लिएर मृत्यु भएको हो । मृतक दुवै जनाको उद्धारको लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पहल गरिरहेको छ ।

Read More

झापा, १ जेठ । बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई शुक्रबार मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य सर्तकता अपनाउन ती सामग्री प्रदान गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईको संयोजकत्वमा मास्क सेनिटाइजर प्रदान गर्ने कार्यक्रम गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताएका छन् । कार्यक्रम संयोजक भट्टराईले इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवाललाई ती सामग्री प्रदान गरेका थिए । यसैबीच, बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबार बुधबारेमा…

Read More

अनिल वाग्लेबुधबारे, १ जेठ । झापा बुद्धशान्ति–१ देउराली निवासी पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई २०५८ सालदेखि बेपत्ता भए । बेपत्ता भएको यतिका वर्ष भइसक्दा परिवारले उनी फेरि घर आउलान् भन्ने आशा मारिसकेको थियो । अझ भनौ उनी बाँचेका छन् भन्ने कुरामा पनि विश्वास थिएन सायद कसैलाई । तर सामाजिक सञ्चालको माध्यमबाट २० वर्षदेखि हराएका राजन परिवारको सम्पर्कमा मात्र आएनन् आज घर नै आइपुगेका छन् । र घर आउँदा उनको परिवारमा मात्रै होइन यतिवेला सिँगो गाउँमा नै खुसी छाएको छ । मुम्बईको एक अस्पतालमा वेवारिसे अवस्थामा रहेका राजनको बारेमा सामाजिक सञ्जालमा शेख अलि नैसेनले भिडियो अपलोड गरे…

Read More

पाँचथर, १ जेठ । पाँचथर फिदिम नगरपालिका–५ चोकमाबु सरसेउलाका ३५ वर्षीय राजु राईको भर्‍याङबाट लडि मृत्यु भएको छ । शुक्रबार राति १ बजे आफ्नै घरको भर्‍याङबाट अचानक चिप्लेर लडि घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रबार दिउँसो साढे १२ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

Read More

बुधबारे, ३० बैशाख । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–३ का युवा व्यवसायी मनेश दाहालले रु १५ हजार सहयोग गरेका छन् । दाहालले आप्mनो जन्मदिनको अवसर पारेर बुधबारे जेसीजको भवन निर्माणका लागि सो रकम सहयोग गरेका भवन निर्माण समिति संयोजक नन्दकुमार याफू राईले बताएका छन् । ५० लाख रुपैँयाको अनुमानित लागतमा निर्माण सम्पन्न हुने तीनतले भवन निर्माणका बुद्धशान्ति – १ का शिक्षासेवी ज्ञानेन्द्रप्रसाद धिमिरेको परिवारले बुद्धशान्ति– १ को नमुना चोकमा १० धुर जग्गा निशुल्क प्रदान गरेको थियो । सोहि ठाउँमा भवन बन्न लागेको हो । बुधबारे जेसीजले भवन निर्माण कार्य पूरा…

Read More

बिर्तामोड, २६ बैशाख । झापामा होम आइसोलेसनमा बसेका संक्रमितले उपचार पाउनबाट बन्चित बन्न थालेका छन् । झापा बिर्तामोड नगरपालिका –४ का कोरोना संक्रमित परिवारले छातीको एक्स–रे गर्न का लागि तीनवटा अस्पताल चाहार्नु परेको छ। ‘ होम आइसोलेसनमा बेसका आफ्ना परिवारका सदस्यलाई एक्से–रे गर्नका लागि विर्तामोड स्थित विएण्डसी अस्पतालमा बुझ्दा अस्पतालमा भर्ना भएका बाहेकको एक्सेरे गर्न नसकिने जवाफ आएको रेडियो भिजनका प्रवन्ध निर्देशक गणेश पोख्रेलले बताए । उनले भने, त्यसपछि मेची अञ्चल अस्पतालमा सम्पर्क गर्दा समान विग्रेकाले एक्सेरे गर्न नसकिने जवाफ आयो । उनले त्यसपछि विर्तामोडकै विर्तासिटी हस्पिटलमा एक्सरे सुविधा लिएको बताए। झापाको सबैभन्दा सुविधा सम्पन्न अस्पतालमा काठमाडौंबाट हेलिकप्टरमा कोरोनाका बिरामी…

Read More

झापा, २६ बैशाख । झापाका सरकारी तथा निजी अस्पतालले कोरोना सङ्क्रमितका लागि छुट्याएको बेडहरु भरिन थालेका छन् । मेची प्रादेशिक अस्पतालमा सय बेड कोरोना सङ्क्रमितको उपचारका लागि छुट्याइएकोमा २५ बेडको आइसीयु तथा एचडीयु भरिएको छ । नयाँ भवनमा सञ्चालित कोभिड अस्पतालको ७५ बेडको आइसोलेसनमध्ये ५० बेड भरिएको छ । २५ बेड मात्र खाली छन् । वीएन्डसी हस्पिटलमा २५ बेडको आइसीयू तथा भेन्टिलेटर र ७५ बेडको आइसोलेसन वार्ड कोरोना सङ्क्रमितका लागि छुट्याइएको छ । त्यहाँ पनि अधिकांश बेड भरिएका छन् । काठमाडौं र पश्चिम नेपालतिर आइसीयु सुविधा नपाएर हवाइजहाजबाट बेडसिफ्ट गरी विरामी आउने क्रम बढेपछि बीएन्डसीका बेडहरुमा चाप बढेको पाइएको छ…

Read More

बिर्तामोड, २६ बैशाख । झापामा निषेधाज्ञा थप कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा शनिबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बैठकले निर्माण सामग्री बोक्ने सवारीसाधनलाई पनि समय तोकेपछि निषेधाज्ञा थप कडा पारिएको हो । बैठकले निर्माण सामग्री बोक्ने टिपर, ट्याक्टर लगायत अन्य सवारीसाधनलाई बिहान ६ बजेदेखि बिहान १० बजेसम्म र बेलुका पनि ६ बजेदेखि राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । वैशाख १९ गते लगाइएको निषेधाज्ञामा ती सवारीसाधनलाई चौबीसै घण्टा सञ्चालनका लागि अनुमति दिइएको थियो । अब भोलि आइतबारदेखि ती सवारीसाधनमाथि पनि कडाइ गरिने प्रजिअ तिमिल्सिनाले बताए…

Read More

झापा, २६ बैशाख । कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार शनिबार अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ । यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र…

Read More