
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २३ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ ? पार्टीगत संरचना कस्ता हुनेछन् ? नेता कार्यकर्ता कुन रुपमा प्रस्तुत हुनेछन् ? सरकारसँग सहमति भएकाबाहेक नलेखिएका सहमति के–के छन् भन्ने चासो र उत्सुकता आमरुपमा बढेको छ । तीन बुँदे सहमतिमा नपरेका–नलेखिएका तर सरकार र नेकपाबीच भद्र सम्झौताबारे वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले केही स्पष्ट पारेका छन् । प्रतिबन्धपछि लागेका कतिपय जघन्य किसिमका मुद्दा फिर्ता र खारेजीबारे सरकारसँग अर्को समझदारी आवश्यक भएको उनले बताए । राजनीतिक एजेन्डालाई जनतामा लैजान सबै किसिमका विचार–सिद्धान्त…
झापा, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने–नदिने भन्नेबारे छलफल गरिरहेको छ । सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताको रुपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ । ‘आइतबारदेखि सदन चल्दैछ । नेकपा औपचारिकरुपमा विभाजन भएको छैन । सभामुखले दलको नेताको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्डलाई गर्न खोजे त्यसको प्रतिकार गरिनेछ,’ ओली समूहका एक सांसदले भने । उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिइ कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएमा र…
काठमाडौँ, २३ फागुन । चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै विवाद निरुपण गर्न प्रक्रिया अघि बढाउने बताएको हो । ‘सम्भवतः आइतबार बस्ने आयोगको बैठकबाटै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम प्रक्रियामा लैजानेछु,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने । नेकपाको आधिकारिकताको विवाद टुंग्याउन आलटाल गरिरहेको स्थितिमा प्रचण्ड र नेपाल पषले शुक्रबार दोस्रोपटक आधिकारिकता दाबी गरेको थियो । यसअघि आयोगमा गरिएको आधिकारिकताको दाबीलाई…
ताप्लेजुङ, २३ फागुन । ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–२ स्थित सानिमा हाइड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बरबहादुर कामी रहेका छन् । शनिबार दिउसो ३ बजे काम गरिएको अबस्थामा माथीबाट ढुंगा र माटो खसी किचेर उनिहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बिर्तामोड, २३ फागुन । झापाको बिर्तामोडमा ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित गत वर्षबाट शुरु भएको व्याडमिटन प्रतियोगिता यस वर्ष पनि फागुन २३ गते (आज) देखि २५ गतेसम्म सञ्चालन हुने बिर्तामोडमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ । प्रतियोगिता लायन्स क्लव अफ अनारमनीको आयोजनामा हुन लागेको हो । प्रतियोगितामा खुल्ला तर्फ ३२ र भेट्रान तर्फ २३ टिम सहभागी रहने छन् भने प्रतियोगितामा खुल्ला तर्फका प्रथमले ट्रफी र प्रमाणपत्र सहित नगद २५ हजार, दितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान…
बुुधबारे, २२ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा हालै निर्वाचित हुनुुभएका प्रकाश शिवाकोटीलाई बुधबारे जेसीजले सम्मान गरेको छ । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा बुद्धशान्ति वडानम्बर ३ का वडाध्यक्ष कमल उप्रेतीको प्रमुख आतिथ्यमा बुुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । शिवाकोटी बुधबारे जेसीजको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । यता, शिवाकोटीले बुधबारे जेसीजको भवन निर्माणका लागि २ लाख ५१ हजार रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ । बुधबारे जेसीजका पूर्व अध्यक्षहरुसँग शनिबार बुधबारे जेसीज वर्ष २०२१ का पदाधिकारीहरुले भवन निर्माणका विषयमा योजना तय गर्न गरिएको संयुक्त छलफलमा शिवाकोटीले सो घोषणा गर्नुभएको हो ।
सन्तोष न्यौपानेझापा, २२ फागुन । इलामको सूर्योदय नगरपालिका, वडा नं १४ को बर्दुस्थिति सरकारी विद्यालय बुद्ध माविमा शुक्रबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । सुर्योदय नगरपालिकाको अलि विकट मानिने सो क्षेत्रमा रहेको होराइजन बर्दु भ्याली टी इण्डष्ट्रिजको आयोजना र विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविरबाट झण्डै दुई सय विद्यार्थी र डेढ सयजति अभिभावक लाभान्वित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तामाङको अध्यक्षतामा आयोजित संंक्षिप्त समारोहका बीच सूर्योदय नगरपालिका वडा नं १४ का वडाध्यक्ष नरबहादुर सुवेदीले शिविरको उद्घाटन गरेका थिए । कक्षा ५ सम्म अंग्रेजी माध्यम र कक्षा ६ देखि १०…
बिर्तामोड, २२ फागुन । कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तरगत दोस्रो चरणमा झापाका ५८ हजार ५१३ जना ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ । जिल्लाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्लाका १५ वटा स्थानीय तहमा दुई चरणमा खोप दिन लागिएको हो । फागुन २३ गतेदेखि २७ गतेसम्म पहिलो चरणमा माइपूर्वका आठ स्थानीय तह भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, कचनकवल, हल्दिबारी, बाह्रदशी र बुद्धशान्तिका ३४ हजार ४५६ जनालाई खोप दिइने प्रमुख पौडेलले बताउनुभयो । त्यस्तै, चैत १ देखि ५ गतेसम्म दोस्रो चरणमा माइपश्चिमका सात स्थानीय तह कनकाई,…
काठमाडौं, २१ फागुन । घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले घरजग्गाको कारोबार गर्न आधिकारिक संस्था बनाउन विभिन्न अवधारणामाथि अध्ययन शुरू गरिरहेको छ । घरजग्गाको कारोबार गर्न एउटा मान्यता प्राप्त र विश्वसनीय संस्था विकास गर्न सरकारले यस्तो गृहकार्य अघि बढाएको दाबी गरेको छ । आगामी २ महीनासम्ममा प्रतिवेदन तयार पार्ने गरी मन्त्रालयले विभिन्न अवधारणामा गृहकार्य गरिरहेको छ । सरकारले आफ्नै कम्पनी बनाउने, निजी–सरकारी साझेदारी (पीपीपी) अवधारणामा काम गर्ने अथवा कुनै मार्गदर्शन बनाएर निजीक्षेत्रलाई नै कारोबार गर्न दिने भन्ने तीनओटा अवधारणामा छलफल भएको र यसको मोडालिटी स्पष्ट…
झापा, २१ फागुन । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रतिव्यक्ति आय ११ सय ५९ डलर थियो । राष्ट्रिय लेखा तथ्यांकका आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । आधार वर्ष सन् २०००(१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्ष २०१०÷११ अनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको हो । एक दशक अर्थात् १० वर्षमा नेपालको अर्थतन्त्रमा १४।७ प्रतिशतको वृद्धि देखिएको थियो । विगत…