
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ फागुन । झापा कनकाई नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । आज दिउसो साढे ३ बजे को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र१–०१–००१ च०१६७ नम्बरको कार र प्र१–०१–०१३प१७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान –१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ–१ का ३० बर्षीय दिलिप राना मगर गम्भिर घाईते भई बीएण्डसी अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको छ । कारमा सवार दिलिप राना मगरको श्रीमती ३० बर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० बर्षीय…
तित्रागोठालो आएर भेडाको खोरको दैलो उर्घादियो । रातभरि खोरमा थुनिएका, कुँजिएका, चेप्टिएका, कोचिएर अँटाएका भेडाहरु बाहिर निस्किएर आँङ ताने, दिसा पिसाब गरे, मसिना पाठा बुलुर्क उर्फिए, उपध्रे खालकाले यसो उपाध्रो पनि देखाए, सिङवाला ठुला थुम्बाहरुले जिस्किँदै जुधेर सिङको चिलाइ मारे । कुनैले लडिबडी खेलेर आँङका उपिँया झारे । एकछिन पछि भेडाहरुले गोठालोको मुखतिर हेदैर् खानेकुराको आशा गरे । त्यसबेला सम्ममा अकोर् गोठालोले नुन भुस ठिक पारिसकेको थियो । ल्याएर ठाउँ ठाउँमा थुपार्दियो । भेडाहरुले पार्टी नेताहरुले आफ्ना कार्यकर्ता र रंगमेल भएका मान्छेलाई निःशुल्क भोजनका निम्ति बुक गरेको होटलमा एकैचोटि धेरै जना झुम्मिएर खाए झैँ नुन भुस खाए । नुन खाएपछि कुखुरो मात्रै लत्रिने होइन रहेछ भेडाहरु पनि…
बिर्तामोड, १९ फागुन । प्रेस संगठन नेपाल झापाले फागुन २४ गते बिर्तामोडमा जिल्लास्तरीय भेला गर्ने भएको छ । बिर्तामोडमा आज सम्पन्न विस्तारित बैठकले जिल्ला कमिटीलाई पूर्णता दिँदै भेला सम्पन्न गर्ने निर्णय गरेको हो ।
झापा, १९ फागुन । झापा भद्रपुर नगरपालिका–६ का २६ बर्षीय बिशाल मण्डललाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो पौने ३ बजे भद्रपुर–५ स्थित बसपार्कमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर १७ ग्राम, डिजिटल तराजु थान १, भिभो कम्पनीको मोबायल फोन थान २ र WB74A Q3864 नम्बरको स्कुटर सहित मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड, १९ फागुन । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मंगलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खत्रीलाई ३ ग्राम र तामाङलाई १ ग्राम ब्राउनसुगरसहित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।
झापा, १९ फागुन । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत जेठ २० गतेबाट आयोगले अध्ययन थालेको थियो । आयोगका अध्यक्ष तथा विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईका अनुसार मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमित छ । सुनसरीमा सबैभन्दा बढी छ भने काठमाडौँ, भक्तपुर र ललितपुरमा पनि सरकारी सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा परेको छ । आयोगले सरकारलाई ३३ वटा बेग्लाबेग्लै प्रतिवेदन बुझाएको छ । विगतमा कर्मचारी अवकाश हुँदा वा कार्यालयबाट सरुवा हुँदा गर्नुपर्ने कागजात र अभिलेखको बरबुझारथ गर्ने…
ताप्लेजुङ, १९ फागुन । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन्। ५५ परिवार विस्थापित भएका छन्। भौतिक क्षति यकिन भइसकेको छैन। बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए। ताप्लेजुङमा यही वर्ष आगलागीका तीन ठूला घटना भएका छन्। माघ २० गते सिरिजंघा–१ सिनाममा पाँच घर जले। पुस दोस्रो साता पाथीभरा मन्दिर क्षेत्रमा लागेको आगो महिना दिनपछि मात्रै नियन्त्रणमा आएको थियो। जसमा १ सय ५० हेक्टर वन नष्ट भएको थियो। मन्दिरसमेत जोखिममा पारेको थियो। फुङलिङ बजारको पुरानो बैंक लाइनमा वैशाख १९ गते राति १२ घर जले। २८ परिवार विस्थापित भए। त्यहाँका विस्थापित…
झापा, १९ फागुन । संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन्। दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल वा संसद्मा ल्याउने, ओलीलाई हटाएर ओली समूहबाटै प्रधानमन्त्री बनाउने, कांग्रेसको नेतृत्वमा सरकार बनाउने रणनीति बनाएको छ। दाहाल–नेपाल समूहले यस्तो रणनीति बनाएपछि ओली समूहले पनि काउन्टर रणनीति अघि सारेको छ। ओली समूहको रणनीतिमा दाहाल–नेपाल समूहलाई कमजोर बनाई संसद्मा वा संसदीय दलमा विश्वासको मत लिने, ह्विप उल्लंघन गरे पार्टी सदस्यबाटै हटाउने र त्यसपछि बन्ने सरकारलाई बहुमत पुग्न नदिने र अन्तिममा संसद् विघटन…
काठमाडौँ, १९ फागुन । स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा संलग्नले नपाएको अवस्थामा तत्कालीन स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको सचिवालय सदस्यहरुलाई जोखिममा काम गरेसरह सबै दिनको भत्ता उपलब्ध गराइएको हो । मन्त्रालय, यूएन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट तलब बुझ्ने गरी सचिवालयमा रहेका कर्मचारीलाई समेत कोरोना अवधिमा जोखिम मोलेर काम गरेको भन्दै भत्ता दिइएको छ । मन्त्रालयले गत चैत ११ देखि कात्तिकसम्म २३० लिनको जोखिम भत्ता वितरण गरेको थियो । यसमा चैतदेखि असारसम्म १ सय १० दिनको पहिलो चरण, साउनदेखि असोजसम्म ९० दिनको र कात्तिकको ३० दिनको भत्ता वितरण…
काठमाडौँ, १९ फागुन । मलेसियामा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षामा आवद्ध गराइने भएको छ । नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्थाबीच नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम प्रवद्र्धनका लागि सहमति भएको हो । नेपाली राजदूतावास क्वालालम्पुरको सकृयतामा समझदारीपत्रमा हस्ताक्षर भएको हो । विभिन्न चरणको छलफल पश्चात तयार भएको अन्तिम मस्यौदालाई माग २६ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । मन्त्रिपरिषदले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई अख्तियारी प्रदान गरेको थियो । गत फागुन ४ मा बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ र फागुन १४ मा एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत डा। मोहम्मद अज्मान…