
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ मंसिर । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढंगले कर्जा उपलब्ध गराउन कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायलाई निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकमा आवश्यक रकमको व्यवस्था गर्नेछ । सरकारले राष्ट्र बैंकबाट सञ्चालन हुने गरी राष्ट्र बैंकको बैंकिङ कार्यालयमा ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ । जसमा नेपाल सरकारले उपलब्ध…
झापा, ५ मंसिर । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ । विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । बोर्डले गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने तर स्थगित भएको परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । अभिमुखीकरण जारीबोर्डले झन्डै ५० जिल्लाका परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र परीक्षा…
काठमाडौं, ५ मंसिर । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके पदत्याग गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको पदमाथि पहिलोपटक प्रश्न उठाएका हुन् । प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा प्रचण्डको अभियोगपत्रको जवाफ दिन १० दिनको समय माग गर्दै अभियोग लगाउनेले अभियोगको पुष्टि गर्न नसके त्यसको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताए । प्रधानमन्त्री वा…
झापा, ५ मंसिर । देशभरबाट छ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असोजदेखि मङ्सिर ४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि त्यो सङ्ख्याका बेरोजगार युवाले आवेदन दिएका हुन् । यसमा आउँदो १५ गतेसम्म अझै बढी बेरोजगारको सङ्ख्या थपिने छ । श्रम मन्त्रालयले उक्त कार्यक्रममार्फत चालू आर्थिक वर्ष २०७७÷७८ मा दुई लाख विपन्न बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य लिएको छ तर रोजगारीका लागि आवेदन दिने बेरोजगारको सङ्ख्या भने अत्यधिक छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी तथा देशभित्रै पनि हजारौँको सङ्ख्यामा नेपाली श्रमिकले रोजगारी गुमाएका…
झापा, ५ मंसिर । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस…
बिर्तामोड, ४ मंसिर । झापामा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–९ का ७० वर्षीय पुरुष र झापा गाउँपालिका–७ का ७२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकका पुरुषको दमक कोभिड अस्पतालमा र झापा गापाका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । यो सँगै झापामा कोरोनाले मृत्यु हुनेको संख्या ९० पुगेको छ । त्यसैगरी झापामा आज ७५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका १३ स्थानीय तहका ३५ महिला र ४० पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३१६८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०९५ रहेको…
झापा, ४ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५४०, मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जा डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७८७ पुगेको छ । प्रदेश १ मा २१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६८, कानेपोखरीमा ४,…
झापा, ४ मंसिर । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैगरी तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैबीच बिहीबार चादीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सिरहा, ४ मंसिर । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो । हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा, ४ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सूर्योपासनाको पर्व छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन् । छठका अवसरमा आज शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले मानव अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना गरेर मनाइने छठको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व भएको उल्लेख गरेका छन् । मन्त्री भट्टराईले शुभकामना सन्देशमा भनेका छन्ः “छठ पर्व एउटा समुदाय, एउटा भूगोलविशेषमा मात्र सीमित छैन, विगतमा मुख्य रुपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकालगायत मुलुकका अन्य भूभागमा पनि धुमधामसँग मनाउन थालिएको कारण हाम्रो मौलिक संस्कृतिको आयतन फराकिलो बनेको छ । जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको हाम्रो…