
बिर्तामोड, ४ मंसिर । झापामा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक–९ का ७० वर्षीय पुरुष र झापा गाउँपालिका–७ का ७२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकका पुरुषको दमक कोभिड अस्पतालमा र झापा गापाका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । यो सँगै झापामा कोरोनाले मृत्यु हुनेको संख्या ९० पुगेको छ ।
त्यसैगरी झापामा आज ७५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका १३ स्थानीय तहका ३५ महिला र ४० पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३१६८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०९५ रहेको छ । हालसम्म १९८५ जना निको भएका छन् ।
यस्तो छ स्वास्थ्य कार्यालय झापाको आजको रिपोर्ट –

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



