
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १६ कात्तिक । हाल कारागारमा रहेका करिब ८ प्रतिशत कैदीले ‘वैकल्पिक कारागार’ का रुपमा घरमै बाँकी कैद सजाय भुक्तान गर्न पाउन सक्नेछन् । कारागार व्यवस्थापन विभागले एक महिना लगाएर तयार पारेको विवरण अनुसार वैकल्पिक कारागारमा बस्ने पाउने कैदीको संख्या १२ सय रहेको छ । ‘नेगेटिभ’ सूचीमा नपरेका र दुई तिहाइ सजाय भुक्तान गरिसकेका तर १ वर्षभन्दा बढी अवधि बाँकी रहेका कैदीले घरमा नै बस्न वा सप्ताहान्तमा एक दिन वा राति मात्रै कारागारमा बस्न पाउने व्यवस्था वैकल्पिक कारागार हो । विभागका अनुसार अदालतबाट दोषी ठहर भइ सजाय भुक्तानरत र मुद्दाको पुर्पक्षमा भएका कैदी र बन्दी थुनुवा संख्या करिब २५ हजार…
काठमाडौँ, १६ कात्तिक । राजधानीका विकुप्रसाद पुजारी फोहोर सङ्कलन गर्न दिनहुँजसो बागबजार, मैतीदेवी, डिल्लीबजार, बानेश्वर र सिनामङ्गल क्षेत्रका टोल टोल पुग्छन् । “फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेकपल्ट मन चसक्क हुन्छ तर काम हो, उठाउनै प¥यो, उठाइन्छ,” उनले भने । बन्दाबन्दीपछि उनी पीपीई, बुट र पञ्जा अनिवार्य लगाएर फोहोर उठाउँछन् । यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारी व्यापक रूपमा देशभर फैलिएको छ । उनीजस्तै झन्डै तीन हजार तीन सय सरसफाइकर्मी यसैगरी जोखिम मोलेर काठमाडौँ उपत्यकामा सङ्क्रमित र आम मानिसले उब्जाएका फोहोर बटुलिरहेका छन् । भाइरसबाट बच्न सबै निकायमा कतिपयले आलोपालो र कतिपयले घरबाटै काम गर्ने…
बनियानी, १६ कात्तिक । झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बंगालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । आलम भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाई छिपाई ब्राउनसुगर ल्याउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । रासस
बिर्तामोड, १६ कात्तिक । प्रदेश १ का ७० जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि पत्रकारहरू पनि संक्रमित हुने क्रम बढ्दै गएको हो । नेपाल पत्रकार महासंघ प्रदेश कमिटीका अध्यक्ष विक्रम लुईटेलले समुदाय तहमा कोरोना संक्रमण बढ्दै जाँदा रिपोर्टिङमा खटिने पत्रकारहरु थप जोखिममा परेको बताए । केही पत्रकारमा लक्षण सहितको सङ्क्रमण पनि देखिएको छ । सबैभन्दा धेरै पत्रकार मोरङ, सुनसरी र झापामा संक्रमित भएका छन् । सुनसरीमा २९ जना पत्रकार कोरोना संक्रमित छन् । मोरङमा २७ जनामा सङ्क्रमण देखिएको छ । झापामा छ जना पत्रकार संक्रमित भएको महासंघले जनाएको छ ।
अमित संग्रौलारातो टीका लगाएरकानमा जमरा सिउँरेरमहामारीको यो समयमायो वर्षको दसैं मनाउँदैछु । सामाजिक दूरी कायम राख्दैसतर्कता र सजगतापूर्वकहर्ष उल्लास खुसीको साथघरमै बसेर दसैं मनाउँदैछु । यसपालि कतै जानु छैनकसैलाई भेट्न जानु पनि छैनआएन भनेर गुनासो नगर्नुअर्को वर्ष म पक्कै पनि आउनेछुआशिर्वाद थाप्नेछुयसपालि यस्तै भयो । यो वर्ष घरमै बसेरघरमै रमाएरमिठो–मिठो परिकार बनाएरआफ्नै घरमै दसैं मनाउँदैछु । सुरक्षित हुनु छसतर्कता अपनाउनु छआँफु बच्नु छअरुलाई पनि बचाउनु छ । यो कोरोनाको कहरमायो विपदको समयमादेशमा सुख शान्तिसमृद्धिको कामना गर्दैसामान्य अवस्थामै रहोस्यो मानिसको जनजीवनभनेर प्राथना गर्दैयो वर्षको दसैंघरमै बसेर दसैं मनाउदै छु।बिर्तामोड, झापा
झापा, १५ कात्तिक । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने…
मोरङ, १५ कात्तिक । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु भएको हो । नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध, मोरङ सुन्दरहरैंचा नगरपालिका–१० की ६९ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । इटहरीका ४३ वर्षीय पुरुषको नोवेल शिक्षण अस्पताल अगाडि शुक्रबार एम्बुलेन्समा नै मृत्यु भएको छ । मृतक कोरोना पोजेटिभ देखिएपछि उपचारका भर्ना हुन अगाडि…
झापा, १५ कात्तिक । झापामा २९ जनासहित प्रदेश १ मा आज २२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२६, सुनसरीमा ५८, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमक र बिर्तामोडमा ६–६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २–२, हल्दीबारी र शिवसताक्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । त्यस्तै, विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरंगको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २–२, केराबारी, रंगेली…
विराटनगर, १५ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उहाँले बताउनुभयो । विराटनगरमा निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको साँझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माण भईरहेको आईसोलेसन केन्द्रको अनुगमन गर्दै मन्त्री घिमिरेले भन्नुभयो, ‘नेपालमा कोरोना संक्रमण देखापरे लगत्तै कोभिड अस्पताल निर्माण शुरु गरियो ।’ संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आईसोलेसन केन्द्रहरु थप गर्दै लगिएको मन्त्री घिमिरेले बताउनुभयो । निजी क्षेत्रसँगको साँझेदारीमा अक्सिजन सहितको १ सय वेड बाहेक प्रदेश सरकारले…
बिर्तामोड, १५ कात्तिक । झापाको मेचीनगरबाट प्रहरीले पटका बरामद गरेको छ । मेचीनगर–१५ हेल्दुबारीबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा खोर्सानी पटका, जगमग चकलेट, पापर र सुकुमेल गरी १ लाख बराबरको समान बरामद गरेको छ । बरामद सामान जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।