
इलाम, १७ साउन l इलाम–झापा फास्ट ट्र्याकअन्तर्गत बेलासे–मूलघाट सडकखण्डमा आइतबार यात्रुबाहक बोलेरो दुर्घटनामा परेको छ।
सोयाकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ज ३७०४ नम्बरको बोलेरो सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनाका बेला गाडीमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ। प्रारम्भिक रूपमा वर्षायामका कारण सडक चिप्लो र जोखिमपूर्ण भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीले वर्षाको समयमा इलाम–झापा फास्ट ट्र्याकको बेलासे–मूलघाट सडकखण्ड विशेष जोखिमपूर्ण रहने भएकाले चालकलाई सवारी साधनको गति नियन्त्रणमा राख्न, सावधानीपूर्वक यात्रा गर्न तथा यात्रुहरूलाई समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
Facebook Comments Box


