
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ कात्तिक । नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ?’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तरवार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नै अलि अगाडि पत्रकार सम्मेल नै गरेर जुनसुकै परिस्थितिका लागि जान तयार होऔँ भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔँ भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ? बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नै गरौँ,…
झापा, २३ कात्तिक । आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ । स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई बुझाइसकेको छ । समितिको सदस्यमा डा. रमेश खरेल र मन्त्रालयकै अर्का कर्मचारी पानबहादुर क्षेत्री थिए । स्वास्थ्य मन्त्रालयले रेमडेसिभिर दुरुपयोग भएको गुनासो आएपछि छानबिन समिति बनाएको थियो ।
झापा, २३ कात्तिक । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ । सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आइतबार बस्न लागेको छ । काठमाडौँ उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गोरखापत्रसँग कुरा गर्दै भने, “उपप्रधानमन्त्री संयोजक रहेको सीसीएमसीको बैठक आइतबार बस्दैछ, त्यसमा कोरोना सङ्कट व्यवस्थापनका विषयमा विस्तृत…
काठमाडौंँ, २३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काल्पनिक र गलत कुरा गरेर पार्टीलाई भ्रममा पार्ने प्रयास गर्न नहुने बताएका छन् । पार्टी बैठक बोलाउन आग्रहसहित अध्यक्ष ओलीलाई भेट्न शनिबार बालुवाटार पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका केही सदस्य नेतासँग उनले यस्तो बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालेजानकारी दिए । त्यस अवसरमा अध्यक्ष प्रचण्ड सहितका नेताहरूले बैठक बोलाउन दुई पृष्ठको लिखित आग्रह पत्र प्रधानमन्त्रीलाई बुझाएका थिए । अध्यक्ष ओलीले सल्लाह गरेर बैठक बोलाउने बताउनुभएको सल्लाहकार थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले बैठक चाहियो भने काल्पनिक, झुठा कुरा बोल्न, लेख्न छाड्नुस्, पार्टी विभाजन गर्ने…
झापा, २३ कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सरकार र पार्टीमा आ–आफ्नो पहुँच विस्तार तथा प्रभुत्व कायम गर्न खोज्दा आन्तरिक विवाद चर्किएको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारमा आवश्यक मन्त्रीलगायत नियुक्ति आफैंले गर्न पाउनुपर्ने तथा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीले मन्त्री बनाउँदा वा सरकारी नियुक्ति गर्दा पार्टीको सल्लाहमा गर्नुुपर्ने विषयलाई आ–आफ्नो प्रतिष्ठासँग जोडेका छन्। यही प्रतिष्ठाको विषयले ओली र दाहालबीच टकराव बढेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, सरकार र पार्टी सञ्चालन, सरकारले गर्ने राजनीतिक नियुक्तिलगायत विषयमा भनाभन भयो। ओलीसँग छलफल गर्न दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल,…
बिर्तामोड, २२ कात्तिक । प्रदेश १ मा आज ५२७ जना डिस्चार्ज भएका भएका छन् । होमआईसोलेसनबाट ५२४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ५६७ पुगेको छ । प्रदेश १ मा आज २ हजार ६७५ जनाको पीसीआर परीषण गरिएको छ । परीक्षण गरिएका मध्ये १९८ महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६९ हजार ९९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
झापा, २२ कात्तिक । झापामा आज ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दमकमा २८, विर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा ८–८, कनकाईमा ७, मेचीनगरमा ४, गौरादहमा ३, शिवसताक्षी र बुद्धशान्तिमा २–२, अर्जुनधारा र बा¥हदशीमा १–१ र स्थानीय तह नखुलेका ८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेश १ मा आज ४९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।…
झापा, २२ कात्तिक । बितको २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ । यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ रहेको छ भने पछिल्लो २४ घघण्टामा १७ जनाले ज्यान…
झापा, २० कात्तिक । बितेको २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
झापा, २० कात्तिक । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल संखुवासभामा ४, विराट मेडिकल कलेज, बैजनाथपुर आईसोलेसन, वि.जेनरल अस्पताल हरिनगर र धाईजन आईसोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६९५ पुगेको छ । प्रदेश १ मा आज ४०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३४, झापामा ११८, सुनसरीमा १०२, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास…