झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ५ कात्तिक । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) गौरादह नगर समितिले सम्झौता अनुसार विद्यालय सञ्चालकहरूले तलव दिन आनकान गरेपछि अनिश्चितकालीन विद्यालय बन्द गरेको छ । इस्टु जिल्ला कार्य समितिसित प्याब्सन झापाले गरेको सम्झौता कार्यान्वयन गर्न विद्यालय सञ्चालकहरूले अटेर गरेपछि गौरादह नगारपालिका क्षेत्रका संस्थागत विद्यालय अनिश्चितकालीन बन्द गरिएको हो । संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूका माग बिरूद्ध रहेका विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव दिन आनकान गरिरहेका छन् । कोभिड १९ को बाहना बनाएर नाफाखोरी प्रवृत्ति प्रस्तुत गरिरहेका विद्यालय सञ्चालकहरूले नजिकै आउँदै गरेको चार्डवार्डलाई समेत खल्लो बनाउन भूमिका खेलेको प्रति इस्टु गौरादहले खेद प्रकट गरेको छ । नगर समिति अध्यक्ष सञ्जीव…

Read More

बिर्तामोड, ४ कात्तिक । नेपाल विद्यार्थी संघ राहात वितरण कार्य समिति बिर्तामोडको सहयोगमा तारा नमस्ते बाल गृहका लागि खाद्यान्न सामाग्री बितरण गरिएको छ । मङगलबार बिर्तामोड ४ स्थित बाल गृहको प्रागनमा औपचारिक कार्यक्रमको आयोजना गर्दै विद्यार्थी संघले खाद्यान्न सामाग्री वितरण गरेको हो। स्वतन्त्र विद्यार्थी संगठन ९स्बीयु ० कनकाई कलेज बिर्तामोडका सभापति सन्जय राईको संयोजनमा खाधानय सामाग्री बाल गृहका संचालक यशोदा चापागाईंलाई हस्तान्तरण गरिएको थियो। २०६९ सालमा स्थापना भएको बाल गृहमा हाल ४ बर्ष देखि १७ बर्षका बालबालिका राखिएको छ िनजिकिदै गरेको चाडपर्वलाई लक्षित गदै विद्यार्थी संगठनले बाल गृहका भाईबहिनीहरूलाई सहयोग पुरयाउने उदेश्यले खाधयन सामाग्री वितरण गरेको ९स्बीयु ० कनकाई कलेज…

Read More

झापा, ४ कात्तिक । प्रदेश १ का तीन जिल्ला झापा, मोरङ र सुनसरीबाट प्रहरीले १२ लाख ६० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । अवैध रुपमा भन्सार छली गरी लुकाइछिपाई ल्याएको करिब ११ लाख मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको हो । हिजो विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले ११ लाख मुल्य बराबरको पटका, खाद्यान्न तथा लत्ताकपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो । भारतीय सीमा एरियाहरुमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी–४ लोहन्द्रा घाटमा खटिएको प्रहरी टोलीले १ लाख ८० हजार बराबरको पटका, ७…

Read More

बिर्तामोड, ४ कात्तिक । झापाको गौरीगञ्ज गाउँपालिकाबाट ५५ हजार रुपैयाँ बराबरको पटका बरामद गरिएको छ । गौरीगञ्ज–२ विरपुरस्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाँदा भारतबाट नेपालतर्फ मोटरसाइकलमा पटका ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेर पटका छाडी सोही मोटरसाइकलमा भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले २८ बण्डल पटाका करिब ५५ हजार बराबरको पटका नियन्त्रणमा लिई प्रहरी चौकी कोरोबारीमा राखेर नष्ट गरेको छ ।

Read More

शिवगञ्ज, ४ कात्तिक । झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा बन्ने झोलुङ्गे पुलको झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा २ का सदस्य हिरा थापा र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले संयुक्त रुपमा सोमबार शिलान्यास गरेका हुन् । पुल शिलान्यास गर्नेक्रममा प्रदेश सांसद हिरा थापाले जनताका अन्य समस्याहरुलाई पनि मध्यनजर गर्दै बिकासका कामहरु धमाधम अघि बढाउने बताए । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले निर्वाचन ताका जनता संग गरेका प्रतिवद्धताहरु क्रमश पुरा हुदै गएको बताएका छन् । उनले सबै बिकास निर्माणका काम नगरबासीको साथ र सहयोगमा सम्भव भएको…

Read More

बिर्तामोड, ४ कात्तिक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले २ जना ७५ बर्ष नाघेका जेष्ठ सदस्यलाई परिवार राहत वितरण गरेको छ । सेवा केन्द्रले मंगलवार कार्यालयमा संस्थाका सदस्य लेखनाथ दाहाल र मेघराज चौहानलाई जनही एकलाख रुपैयाँसहित सम्मान गरेको हो । सेवाकेन्द्र सहयोग समिति संयोजक केदारशम्शेर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका मेयर राजेन्द्रकमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पोखरेलले उनीहरुलाई चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा मेयर पोखरेलले सहारा नेपालको सामाजिक कार्यले समाज रुपान्तरणमा सहयोग मिल्ने बताए । उनले सहाराले स्थानीय सरकारको समन्वयमा गरेको सामाजिक कार्यमा जनप्रतिनिधिहरुको साथ र सहयोग सधैं मिल्ने…

Read More

झापा, ४ कात्तिक । प्रदेश १ मा आज ८७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ४४९, मोरंगमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र ते¥हथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४–४, दमक र हल्दीबारीमा ३–३, कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २–२, बा¥हदशी र गौरादहमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३६५ जनामा संक्रमण देखिएको संक्रमण पुष्टि…

Read More

झापा, ४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ भने संस्थागत आइसोलेसमा रहेका व्यक्तिहरुको संख्या १३ हजार ५ सय ५९ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ जना रहेका छन् । नेपालमा आज १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ…

Read More

झापा, ४ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान) लगायतले असहमित जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले सोमबार मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो । मन्त्रालयका उपसचिव विदुरराज गिरीले आज विज्ञप्ति जारी गरी ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाएका हुन् । उक्त नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा…

Read More

मोरङ, ४ कात्तिक । बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार राति ९ः३० बजे इटहरी सुनसरीका ५६ वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन् । गत कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल भर्ना भएका उक्त संक्रमित दीर्घ रोगी थिए ।

Read More