झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २० कात्तिक । पछिल्लो २४ घण्टामा झापामा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको दमकमा ४८, बिर्तामोडमा २९, कमल गाउँपालिकामा ९, गौरादहमा ७, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा ५–५, शिवसताक्षी र भद्रपुरमा ३–३, कनकाई र मेचीनगरमा २–२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं, २० कात्तिक । नेपाल पत्रकार महासंघले तीन ठूला सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना दिने भएको छ । यही कात्तिक २६ गते कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारहरुको स–सम्मान पुनर्वहालीको माग गर्दै आन्दोलन गर्न लागिएको पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए । कोरोनाकालको तलब–भत्ता उपलब्ध गराउन, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन पाँच दिने अल्टिमेटम दिँदै महासंघले ती सञ्चारगृहमा बिहीबार पत्र पठाएको उनले बताए । अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार…

Read More

काठमाडौं, २० कात्तिक । सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन हुन नसक्दा नेकपा नेता वामदेव गौतमको राष्ट्रिय सभा मनोनयनविरुद्धको रिट सुनुवाइ अनिश्चित बनेको छ । अदालतमा नियमित सुनुवाइ प्रक्रिया नहुँदा गौतमविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रोकिएको छ । गौतमको मुद्दा तत्काल किनारा नलाग्दा संवैधानिक नियुक्ति रोकिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति ‘होल्ड’ मा परेको हो । सर्वोच्चको प्रारम्भिक सुनुवाइले गौतमलाई राष्ट्रिय सभामा मनोनयनको विषयमा संवैधानिक प्रश्न उठाएपछि संवैधानिक नियुक्ति ‘होल्ड’ भएको हो । १६ असोजदेखि संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको सो मुद्दा एक महिनादेखि स्थगन भएको छ । सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना भाइरस संक्रमणको कारण नियमित प्रक्रियाका मुद्दा प्रभावित हुँदै आएको…

Read More

बिर्तामोड, १९ कात्तिक । झापाको भद्रपुर–०५ स्थितबाट प्रहरीले पटका बरामद गरेको छ । भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका पटकाजन्य बस्तुहरु बरामद गरेको हो । उक्त पटकाको मूल्य तीन लाख रुपैयाँ रहेको छ । बरामद पटका आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भदरपुरमा राखिएको छ ।

Read More

विराटनगर, १९ कात्तिक । प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन् । मोरंगको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७–७, उर्लाबारी र ग्रामथानमा ३–३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु,…

Read More

झापा, १९ कात्तिक । बितेको २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको बताए । हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित भने ३६ हजार ९११ जना रहेका छन् ।

Read More

बिर्तामोड, १९ कात्तिक । झापाको दमकबाट प्रहरीले काठ बरामद गरेको छ । आज बिहान दमक–१ बरगाछी चौकमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेको हो । अबैध रुपमा राखेको सखुवा जातको तयारी काठ (ढोकाको थान ७ र झ्यालको थान २) बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

Read More

बिर्तामोड, १९ कात्तिक । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले जिल्लामै पहिलो पटक सदस्यहरुको कोरोना बिमा गरेको छ । संस्थाले बढ्दो कोरोना भाइरसको महामारीको खतराबाट संस्थाका कर्मचारी, समिति–उपसमिति तथा सदस्यहरुलाई राहत दिन कोरोना बिमा गरेको हो । संस्थाले २ हजार ५८७ जना सदस्यको कोरोना बिमा गरेको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार युनाइटेड इन्स्योरेन्स कम्पनीमा संस्थाले ८ लाख ६१ हजार ६२० रुपैयाँ प्रिमियम बुझाएको छ । त्यस्तै, संस्थाले बन्दाबन्दी (लकडाउन)को अवधिमा सदस्यलाई हर्जना र ब्याज समेत मिनहा गरेको छ । संस्थाले लकडाउनको अवधिमा १२ लाख १४ हजार हर्जना र १७ लाख २७ हजार ब्याज…

Read More

संसारमा हजारौँ टापुहरु रहेका छन् । कैयन् टापुहरु आफ्ना खास खास विशेषताका कारण चर्चित पनि छन् । यस्तै चर्चित टापुमध्येको एउटा टापु फ्रान्स र स्पेनको बीचमा रहेको छ । यो टापु सायद दुनियाको एकमात्र यस्तो टापु हो जसको राष्ट्रियता वर्षमा दुईपटक बदलिन्छ । हो, यो टापु दुईदेशको संयुक्त कब्जामा छ । फ्रान्स र स्पेनले यो टापुमा ६–६ महिना पालैपालो शासन गर्दछन् । त्यसैले यो टापुले एक वर्षमा दुईपटक आफ्नो देश बदल्छ । यो टापुको नाम फिजेन्ट आइल्याण्ड हो । यसलाई फ्रेन्च तथा स्पेनिस भाषामा फेसेन्स टापु भनिन्छ । दुई देशको संयुक्त स्वामित्वमा रहेको यो टापुलाई बाँडीचुँडी पालैपालो शासन गर्ने फ्रान्स…

Read More

काठमाडौं, १९ कात्तिक । कोरोना बीमाको दावी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीहरुलाई दावी परेको सात दिन भित्रै भुक्तानी दिन निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले अर्थमन्त्रालयसँगको छलफलपछि सबै प्रक्रिया सातदिन भित्र पुरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताए । यसअघि बिमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नभएको र दोहोरो बीमा भएको पाइएकाले त्यसको प्रमाणिकरण गर्न समय लाग्दा दावी भुक्तानीमा ढिलाई भएको पनि अध्यक्ष चापागाईंले बताए । तर अबदेखि प्रमाणिकरणका…

Read More