झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ कात्तिक । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । ६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिकाको आजै बिहान ३ः२५ बजे मृत्यु…

Read More

दमक, १९ कात्तिक । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक–५ की एक युवती आफैं सुत्ने कोठामा मृत भेटिएकी छिन । दमक–५ की २२ वर्षिया दीक्षा लिम्बु मृत फेला परेकी हुन् । उनले गएराति झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकी ति युवती घरको कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले बताए । नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले पनि ति युवतीमा कोरोना देखिएको पुष्टि गरे । प्रहरीले उनको शव अहिले घेरा हालेर राखेको छ । नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने…

Read More

बिर्तामोड, १९ कात्तिक । झापाको मेचीनगर नगरपालिका–१० शान्ति समाज टोलबाट पटकासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–५ का २९ वर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ वर्षीय विश्वनाथ प्रधान रहेका छन् । भारतबाट नेपालतर्फ लुकाई छिपाई मे १ ह ५५२७ नम्बरको टेम्पोमा पटका ल्याउँदै गरेको भन्ने विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ पौने ७ बजे अटोलाई नियन्त्रणमा लिएको थियो । अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र १३ बोरा विभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटका, अटो र मानिस सहितलाई इलाका प्रहरी…

Read More

बिर्तामोड, १९ कात्तिक । झापाको मेचीनगर नगरपालिका–७ बाट ठुलो परिणाममा अबैध समान बरामद भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलि गरी ल्याउँदै गरेको कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस गरी करिब सात लाख २१ हजार सात सय मूल्य बराबरको सामान बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।

Read More

झापा, १९ कात्तिक । पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ । चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चौक र बजारमा भक्काको व्यापार फस्टाएको हो । विशेषगरी पूर्वका आदिवासीको मौलिक परिकार रूपमा परिचित ‘भक्का’ को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । विशेषगरी झापाको दमकदेखि जिल्लाको दक्षिणी क्षेत्रका गौरादह, ग्वालडुब्बा, गौरीगंज, दामुनाकालगायत ‘भक्का’ को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको हो । राजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको पिठोबाट बनाउने भक्का पछिल्लो समय तराईका जिल्ला हुँदै इलाम, पाँचथरलगायतका पहाडी जिल्लामा समेत बनाइने गरिन्छराजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको…

Read More

सुनसरी, १९ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ । सुनसरीको साविक नरसिंह गाउँ बिकास समिति–४ का ५१ वर्षीय बुनिया भनिने करिम मियाँले २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेका थिए । माईतीघरमा नै बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी ससुराल गएका करिमले बाटोमा फर्कने क्रममा श्रीमतीसंग बादबिबाद भएसंगै आमा–छोरीलाई नै कुटपिट गर्नुका साथै घाँटी थिचेर बेहोस अवस्थामा केरावारीमा फालिदिएका थिए । केही समय पश्चाच श्रीमती अजिरन खातुन होशमा आएको तथा नावालक छोरीको मृत्यु भएको भनी निजले नै मंसिर २३ गते जिल्ला…

Read More

झापा, १९ कात्तिक । सत्तारुढ दल नेकपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा विवाद बढेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमका बारेमा पनि चर्चा हुन थालेको छ । उनले चाल्न सक्ने सम्भावित संवैधानिक कदममा मध्यावधि निर्वाचन, संकटकाल घोषणा, पार्टी विभाजन गर्ने अध्यादेश र अन्ततः गठबन्धनको सरकार गठन हुने आँकलन गरिएको छ । पार्टीभित्र अर्को पक्षले बहुमतको बलमा हस्तक्षेप गरे ओलीले मुलुकलाई संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा होम्ने चर्चा पनि छ । तर, संविधानले भने विगतमा जस्तै प्रधानमन्त्रीले संसद् विघटन गर्ने र मध्यावधि घोषणा गर्ने बाटो लगभग बन्द गरिदिएको छ । बहुमतप्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री पदमा बहाल छन् । यस्तो…

Read More

खोटाङ, १९ कात्तिक । खोटाङको खोटेहाङ गाउँपालिका–६ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरुलाई आतंकित बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० वर्षीय भुपाल मोक्तानलाई एक थान भरुवा बन्दुकसहित घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका मोक्तानको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कोटाङले जनाएको छ ।

Read More

काठमाडौं, १९ कात्तिक । नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताएका छन् । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफैँ नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिएका छन् । कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, “यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ ।” दुई साता घरमै एकान्तबास बसेर सङ्क्रमणमुक्त भएपछि उहाँले सबैलाई सचेत भएर बस्न आग्रह गरेका छन् । आचार्यले भने, “कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन्, यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ । सचेत रहेर आफ्नो दैनिकी…

Read More

काठमाडौं, १९ कात्तिक । भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको भ्रमणले सहज स्थिति सिर्जना हुन सक्ने संकेत देखिएको छ । यसअघि परम्परागत रूपमा भारतीय सेना नेपाली सेनाको निमन्त्रणामा आउने गरेको भए पनि यस पटकको भ्रमणलाई विशेष रूपमा लिइएको छ । सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनेछिन् । यसअघि भारतका सेना प्रमुखलाई पनि मानार्थ रथीको दर्जा ग्रहण गराउँदै आइएको भए पनि यसपटकको…

Read More