झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ कात्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू अगामी रणनीति तय गर्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । शीर्ष नेताहरू आपसमा संवाद गर्न छोडेर आआफ्नो रणनीति बनाउन लागेपछि कार्यकर्ता तहमा आक्रोश र निराशा सिर्जना भएको छ । ‘अहिले एकले अर्को पक्षको आगामी कदम के हुने भन्ने कुरा चासोका साथ हेरिरहेका छन्,’ स्रोतले भन्यो, ‘एउटा पक्षले कुनै कदम चालेमा अर्को पक्षले पनि सोहीअनुसार अगाडि बढ्ने…

Read More

झापा, १८ कात्तिक । बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो । धान रोपाइँ गर्ने समयमा मल आयातको ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात अलपत्र पारेपछि देशभर रासायनिक मलको चरम अभाव भएको थियो । मुख्य धानबाली लगाउने बेलामै देशभर मलको चरम अभाव भएपछि कृषि तथा पशुपन्छी विकासमन्त्रीले घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत बंगलादेशसँग पैँचोमा मल माग्न अनुरोध गरेका थिए । कृषिमन्त्री भुसालको…

Read More

झापा, १८ कात्तिक । संक्रमित जनताको निःशुल्क उपचारका चौतर्फी ढोका बन्द गरेको सरकारले कोभिड बिमालाई पनि अलपत्र छाडिदिएको छ । सरकारको अनुमतिमा धमाधम बिमा गरेका कम्पनीले भुक्तानी ठप्प पारेका छन् । बिमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा गरेका छन् । तर, अहिलेसम्म जम्मा एक हजार चार सय ४१ जनाको मात्र दाबी भुक्तानी भएको छ । १७ लाख ७० हजार जनताको बिमा गर्दा कम्पनीहरूले एक अर्ब एक करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । कुल बिमितमध्ये शून्य दशमलव ७५ प्रतिशत अर्थात् कुल १३ हजार तीन सय ५३ संक्रमित भएको भन्दै दाबी परेको थियो ।…

Read More

बिर्तामोड, १७ कात्तिक । झापाका सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुप्रति अभिभावकीय एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कुरालाई प्राथमिकता दिन थालेका छन् । जन्मदेखि मृत्यु पर्यन्त सहकारीको साथ पाउने भएपछि सहकारी संस्थाको सदस्य बन्न पनि मानिसहरुमा आकर्षण बढ्ने गरेको छ । यसै शिलशिलामा झापाको उत्कृष्ट १० को सूचिभित्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले चालू कात्तिक महिनामा दशैं अघि र पछि हालसम्म तीन लाख २६ हजार ८३१ रुपैयाँ सामाजिक सुरक्षा खर्च प्रदान गरेको छ । कात्तिक १७ गते सोमबारमात्र बिर्तामोड सेवा केन्द्रका सदस्यहरुलाई ७५ हजार रुपैयाँभन्दा बढी रकम प्रदान गरेको बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश अधिकारीले बताएका छन् । संस्थाका…

Read More

बिर्तामोड, १७ कात्तिक । प्रदेश १ मा आज ४४९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४१५, मेची अस्पतालबाट २, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एशियाटिक आईसोलेसनबाट १–१, इटहरी आईसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५४७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार २७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९९ महिला र १६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६२ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Read More

झापा, १७ कात्तिक । झापामा आज ६१ ज्ना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बिर्तामोडमा १४, दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमलगाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, भद्रपुर र गौरीगञ्ज, बा¥हदशी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यता, झापासहित प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९२, मोरंगमा ८०, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी…

Read More

सुनसरी,  १७ कात्तिक । पर्यटकीय नगरी धरान पछिल्लो समय साहसिक खेल हुन थालेका छन् । धरानका केही व्यवसायीहरुले २०६७ सालमा प्याराग्लाइडिङ र जलयात्रा (र्याफ्टिङ) शुरु गरे पछि अन्य साहसिक खेल पनि शुरु हुन थालेका छन् । पाराग्लाडिङ पछि पछिल्लो समय धरान–४ स्थित भेडेटारमा जिपलाईन खेल शुरु भएको छ । गत फागुन १७ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको जिपलाइन खेल सात महिनापछि आजबाट शुरु भएको छ । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालन गरेको खेल लकडाउन भए पछि बन्द भएको थियो । भेडेटारमा २ वर्ष अध्ययन गरेर करिब ३ करोड लगानीमा जिपलाइन शुरुआत गरेको सञ्चालक मध्येका एक विवस…

Read More

पाँचथर, १७ कात्तिक । नेपाल पत्रकार महासंघ पाँचथरको भवन निर्माण भएको छ । १ करोड २९ लाख अठासी हजार रुपैयाँ लगानीमा भवन निर्माण सम्पन्न भएको हो । गत ०७६ जेठबाट गोदार निर्माण सेवा प्रालिले भवन निर्माण थालेको थियो । गत ०७७ वैशाखमा नै काम सक्नुपर्ने भए पनि लकडाउनको कारण कामदार नआएपछि ६ महिनाको म्याद थपगरी काम सकिएको महासंघले जनाएको छ । भवन निर्माण पश्चात पत्रकारहरुलाई काम गर्न तथा छलफल, अन्तक्रिया,पत्रकार सम्मेलन जस्ता कार्यक्रम गर्न सहज हुने महासंघका पाँचथर अध्यक्ष लवदेव ढुंगानाले बताउनुभयो । उहाँका अनुसार महासंघको भवन निर्माणका लागि प्रदेश १ सरकारले ७३ लाख ३८ हजार रुपैया, नयाँ शहर आयोजनाले…

Read More

झापा, १७ कात्तिक । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताए । सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो । मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव…

Read More

झापा, १७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या सिर्जना भएको हो । प्रचण्ड निकट स्रोतले भने प्रधानमन्त्री पद नमागिएको तर प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णयविपरीत कार्य गर्न थालेकाले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको दाबी गरेको छ । पछिल्लो भेटमा कार्यकारी अध्यक्ष प्रचण्ड आफैंले प्रधानमन्त्री ओलीसँग अब सँगै जान सक्ने अवस्था नरहेको बताएका थिए भने जवाफमा…

Read More