
बिर्तामोड, १७ कात्तिक । प्रदेश १ मा आज ४४९ जना डिस्चार्ज भएका छन् ।
होमआईसोलेसनबाट ४१५, मेची अस्पतालबाट २, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एशियाटिक आईसोलेसनबाट १–१, इटहरी आईसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा आज १ हजार २७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९९ महिला र १६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६२ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



