झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ कात्तिक । बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०ः१९ बजे उत्तम भनेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सो जानकारी दिएको हो । यसैगरी देवी विसर्जनको साइत बिहान १०ः११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

Read More

झापा, ८ कात्तिक । राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै मानिस मानेर जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यसलाई ‘ई–सेन्सस’ नाम दिइएको छ । यस्तो जनगणना पहिलो पटक गरिन लागेको हो । परराष्ट्र मन्त्रालयमार्फत इन्टरनेट कनेक्सन गरी विभागको वेबसाइटमा जोडेर जनगणना गरिने तयारी रहेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले जानकारी दिए । जनगणना गर्दा विभागमा रहेका कर्मचारीले ट्याब्लोइडबाट प्रश्नावली सोध्नेछन् । सफ्टवेयरमार्फत सीधै त्यो गणना…

Read More

झापा, ७ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादसैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताए। उनले कोभिड –१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताए । मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड –१९ का बारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ । अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ संक्रमित भइसकेका छन्…

Read More

काठमाडौँ, ७ कात्तिक । गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक)को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ । उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा (२२ प्रतिशत) बलात्कारको घटना छ । यसैगरी ८२५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको घटना भएको छ भने १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना सङ्कलन भएका छन् । साथै १८ वटा (१…

Read More

काठमााडौँ, ७ कात्तिक । नेपाल प्रहरीका जवान र हवल्दारहरूले बिदा नपाएकोदेखि हाकिमहरूले दुव्र्यवहार गर्नेसम्मका गुनासो गरेका छन् । प्रहरीले गरेको देशव्यापी सर्वेक्षणमा उनीहरूले मुख्यगरी आठवटा समस्या झेल्नुपरेको बताएका छन् । तल्लो तहका कर्मचारीले जागिर छाड्ने क्रम अत्यधिक बढेपछि उनीहरूको समस्या बुझ्न प्रहरीले नौ महिना लगाएर स्थलगत रूपमै अध्ययन गरेको थियो । बिहीबार महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरूको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरूसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गरेका छन् । प्रतिवेदनमा प्रहरी जवान र हवल्दारले मुख्यगरी आठवटा समस्या बताएका छन् । जसको पहिलो नम्बरमा नियमावलीमै तोकिएको बिदासमेत नपाएको उनीहरूको गुनासो छ ।…

Read More

काठमाडौँ, ७ कात्तिक । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् । ‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले भने । प्रहरीले दसैंलगायतका चाडलाई लक्षित गरी सुरक्षा योजना समेत लागु गरिसकेको छ । दसैंसहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै देशभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालनसमेत गरिएको हो । प्रहरीले सुरक्षा जोखिम मानिएका क्षेत्रमा कुकुर…

Read More

तेह्रथुम, ७ कात्तिक । तेह्रथुम आठराई–५ होडा बस्ने २६ वर्षीय राजन बराइलीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह सवाँ ५ बजे आफ्नै घर अगाडि रहेको बिजुलीको ट्रानसमिटरबाट आफुखुसी कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनि वेहोस भएका थिए । वेहोस भएका बराईलीलाई उपचारार्थ लाने क्रममा उनको बाटोमै साझँ पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतक बराईली सिराहा शेर गणमा कार्यरत नेपाली सेनाको जवान रहेको खुल्न आएको छ ।

Read More

काठमाडौँ, ७ कात्तिक । कोरोनाभाइरसको उपचारका लागि अग्रपंक्तिमा खटिएका करिब पाँच हजार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमितको उपचारमा खटिएकामध्ये एक चिकित्सकसहित तीनजना स्वास्थ्यकर्मीले संक्रमणबाट ज्यान गुमाए । कोरोना जितेका स्वास्थ्यकर्मीहरु पुनः बिरामीको सेवामा फर्किएका छन् । चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की भन्छन्, ‘सुविधाको आकर्षणले भन्दा सेवाको भावले स्वास्थ्यकर्मी खटिरहेका छन् ।’ दिनहूँ संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको संख्या ५ हजारभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार यसरी खटिँदा आफै संक्रमित भएकामध्ये करिब ७५ प्रतिशत स्वास्थ्यकर्मी निको भइसकेका छन् । सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौँ उपत्यकामा दुई महिनायता दिनहुँ…

Read More

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लङ्घन गरेका हुन् । गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका हरेक गतिविधिलाई शंकाको दृष्टिले हेर्नुपर्छ । प्रधानमन्त्री ओलीले शंका निवारणका लागि परराष्ट्र मन्त्रालयका अधिकारी र अनुसन्धान विभागका प्रमुखलाई भेटमा राख्नुपर्थ्यो । तर उनले त्यस्तो अवश्यकता ठानेनन् । परराष्ट्र मन्त्रालय र सुरक्षा निकायलाई समेत जानकारी नदिइकन रअ प्रमुखलाई प्रधानमन्त्रीसँग कसले भेट गरयो…

Read More

झापा, ७ कात्तिक । केही वर्ष पहिलेसम्म विश्वविद्यालयका अध्यापकले मात्रै धेरै जसो विद्यावारिधि (पीएचडी) गर्ने गरेको देखिन्थ्यो । केही वर्ष यता विद्यालयका प्रधानाध्यापक अर्थात् हेडसरहरूमा समेत विद्यावारिधि ‘क्रेज’ देखिन थालेको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकमा देखिन थालेको विद्यावारिधि आकर्षणले शिक्षाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्न सक्नेछ । काठमाडौँको नीर वाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा जानुका पौडेलले नेपाल संस्कृत विश्वविद्यालयबाट साढे दुई वर्ष पहिले नेपाली विषयमा विद्यावारिधि पूरा गरेकी थिइन् । चितवनको भीमोदय माध्यमिक विद्यालयका प्रअ डा। हरिप्रसाद कँडेलले पनि व्यवस्थापन विषयमा पीएचडी उपाधि हासिल गरेपछि पनि विद्यालयलाई निरन्तर नेतृत्व गरेका छन् । यति मात्र होइन पीएचडी तहको उपाधि लिन विश्वविद्यालयमा…

Read More