
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १९ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडको आगामी चारवर्षे कार्यकालका लागि आज सोमबार मनोनयन पत्र दर्ता गर्ने कार्य सम्पन्न भएको छ । संस्थामा चार पदाधिकारी तथा पाँच सञ्चालक सदस्य एवम् तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन समितिका संयोजक डिल्ली दाहालका अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिवका लागि एक–एकजनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा तीनजनाले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी, पाँच जना सञ्चालक सदस्यका लागि पाँच वटामात्र मनोनयन परेको छ भने लेखा सुपरीवेक्षण समितिमा पनि तीन जनाको मात्र मनोनयन दर्ता भएको दाहालले बताए । निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि…
बितामोड, १९ असोज । झापाको बिर्तामोडमा कोरोना संक्रमित बिरामीका लागि प्लाज्मा बैंक सञ्चालनमा ल्याइएको छ । एकका लागि एक अभियानको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी झापाले बिर्तामोडस्थित रक्त सञ्चार सेवा कार्यालय भवनमा प्लाज्मा बैंक स्थापना गरेको हो । रक्त सञ्चार केन्द्रमा प्लाज्मा थेरापीका लागि दुई वटा कम्पोनेन्ट मेसिन छन् । त्यसमध्ये एउटालाई कोरोना संक्रमित बिरामीका लागि आवश्यक प्लाज्मा संकलनमा प्रयोग गरिने बताइएको छ । प्लाज्मा बैंकका लागि प्लाज्मा सेपरेटर, माइनस ४० डिग्री सेल्सियसको फ्रिज, २ वटा बेडलगायतका उपकरण जडान गरेको रेडक्रस बिर्तामोडले जनाएको छ । प्लाज्मा बैंक स्थापना गर्न एकका लागि एक अभियानले नगद ११ लाख रुपैयाँ सहयोग गरेको छ ।…
बिर्तामोड, १९ असोज । झापाको दमक नगरपालिकाबाट आज लागुऔषध ब्राउनसुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–९ की ३० वर्षीया रुपा चौधरी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । भण्डारीले ब्राउनसुगर किनबेच गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनको कोठा चेकजाँच गर्दा पलङमुनी लुकाएर राखिएको अवस्थामा ३५ ग्राम ब्राउन सुगर फेला परेको हो । भण्डारीले पलङमुनी छुट्टाछुट्टै पाँच वटा प्लाष्टिकको पोका बनाएर ब्राउनसुगर लुकाएर राखेको अवस्थामा फेला परेको थियो । बरामद ब्राउन सुगर प्लाष्टिकबाहेक ३५ ग्राम (प्लाष्टिक सहित ५०.८३ ग्राम) रहेको प्रनाउ थापाले बताउनुभयो । भण्डारीको साथबाट रू ७४ हजार…
विराटनगर, १९ असोज । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गर्न तीन तहका सरकारबीच समझदारी भएको छ । संघीय सरकार अन्तर्गतको नागरिक उड्डयन प्राधिकरण, १ नं. प्रदेश सरकार र विराटनगर महानगरपालिकाबीच विमानस्थल स्तरोन्नतीसम्बन्धि त्रिपक्षीय लागतसाझेदारी सम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा विराटनगरमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । १५०० मिटर लम्बाईको विमानस्थलको धावनमार्ग विस्तार गरी ३००० मिटरको बनाउने समझदारीपत्रमा उल्लेख छ । त्यसको लागि संघीय सरकारले खासगरी जग्गाको मुआब्जाको लागि ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत बेहोर्ने…
झापा, १९ असोज । झापामा दुई जनासहित आज प्रदेश १ मा १६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ पुरुष छन् । सुनसरीकै धरानमा २६ महिला र १५ पुरुष, कोशी गाउँपालिकामा १ महिला र १ पुरुष, दुहवी र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २२ महिला र १५ पुरुष, मिक्लाजुङमा २ महिला र…
झापा, १९ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ ।
बिर्तामोड, १९ असोज । कोरोना भाइरस (कोभिड–१९) को कारण विगतमा झै यस वर्ष भद्रपुर–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ । मन्दिर सञ्चालक समितिले कोभिड–१९ को महामारीका कारण सरकारले धार्मिक स्थलहरु मन्दिर सञ्चालन र भेला हुन समेत बन्देज गरेको कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिका सचिव यसोदा कोइरालाले जानकारी दिनुभयो । काली मन्दिरमा वर्षौं अघिदेखि हिन्दु धार्मिक विधि अनुसार वडादशैंको घटस्थापनामा जमरा राखी नवरात्रिभरि पूजाआजा गरिँदै आएको थियो । समतिका अध्यक्ष भीम पौडेलले भन्नुभयो, “कोरोनाले मुलुक आक्रान्त भएका बेला जमरा राख्ने कार्य स्थगित गरेका छाँै ।” रहेक वर्ष झापाका दर्जनौं मठमन्दिरमा सर्वजनिक प्रयोजनका लागि जमरा…
मोरङ, १९ असोज । मोरङ सुनवर्सी–२ का २० वर्षीय सुनिल खत्वेको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । हिजो साझँ ६ बजे सुनवर्सी अमरदह बजारस्थित भित्री सडकखण्डमा विपरीत दिशाबाट आएको को १३ प १७८५ नम्बरको मोटरसाइकल र वानटेष्ट टेम्पो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा मोटरसाइकल चालक खत्वे गम्भीर घाइते भएका थिए । घाइते खत्बेको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टेम्पो र टेम्पो चालक सुनवर्सी–९ डायनियाका ३८ वर्षीय मोहमद महफिललाइ नियन्त्रणमा लिइएको उक्त कार्यालयले जनाएको छ ।
झापा, १९ साउन । झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताए । दमका रोगी उनलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । उनका अनुसार अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो । उपचाररत वृद्धको शनिबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो । आइतबार बिहान ९ बजे उनको रिर्पोट पोजिटभ आएको र बेलुका ५ बजे मृत्यु भएको संयोजक खड्काले जानकारी दिए…
विराटनगर, १९ असोज । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ का ५५ वर्षीय पुरुषको सोमबार बिहान ६ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिनुभयो । उपचारका लागि बीपीमै भर्ना गरिएका पुरुषमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा गत शुक्रबार कोरोनो संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई बीपीकै आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । मृतकमा मृगौला र उच्च रक्ताचाप सम्बन्धी पुरोनै समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।