
बैतडी, १९ साउन । बैतडीको पुर्चौडी नगरपालिका–९ मल्लादेहीकी २९ वर्षीया जयन्ती धामी आफ्ना दुई छोरी र एक छोरासहित बेपत्ता भएकी छन्।
उनका श्रीमान् हिरा धामीका अनुसार जयन्ती साउन ३ गतेदेखि घरबाट सम्पर्कविहीन भएकी हुन्। बेपत्ता भएको करिब एक सातापछि उनी माइत डिलाशैनी गाउँपालिका–७ धामीगाउँमा बसेको जानकारी पाए पनि त्यसपछि त्यहाँबाट पनि सम्पर्कविहीन भएको उनले बताए।
घटनाबारे सोमबार मात्रै हिरा धामीले धारी प्रहरी चौकीमा हुलियासहितको निवेदन दिएका छन्। प्रहरीले जयन्ती धामी र उनका तीन सन्तानको खोजी कार्य सुरु गरेको जनाएको छ।
Facebook Comments Box


