झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ असोज । प्रदेश २ को त्रिवर्षीय तथ्यांकले प्रत्येक वर्ष आत्महत्याका घटना बढ्दै गएको देखाउँछ । आर्थिक वर्ष ०७५–७६ मा ७ सय १७, आर्थिक वर्ष ०७६–७७ मा ८ सय १३ र चालु आर्थिक वर्ष ०७७–७८ को साउन र भदौ महिनामा १ सय ५१ वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईंले बताए। जसमध्ये आत्महत्या गर्न दुरुत्साहन गरेको घटना आर्थिक वर्ष ०७५र७६ मा ४, आर्थिक वर्ष ०७६÷७७ मा १३ र चालु आर्थिक वर्षको दुई महिनामा ४ वटा दर्ता भएको उनले जानकारी दिए। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रसाईंका अनुसार पछिल्लो समय मधेसी समाजमा आत्महत्या…

Read More

काठमाडौं, १५ असोज । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो। यो ६.१७ प्रतिशत हो। त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। त्यो १३.४० प्रतिशत हो । केही यताको सरदर परिणाम दुवै देशको यस्तै छ। बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गरिएकामा १ हजार ५ सय ५९ जनामा पोजिटिभ पाइयो। यो १२।७७ प्रतिशत हो। त्यसअघि मंगलबार १४.०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो। स्वास्थ्य…

Read More

झापा, १५ असोज । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो । नयाँ दल दर्ताका लागि अब आयोगमा निवेदन दिँदा स्थानीय तह, जिल्ला, प्रदेश तह र केन्द्रीय तहमा पार्टीको संरचनासहित कार्यसमिति अनिवार्य भएको हुनुपर्नेछ । यसरी संरचनागत विवरण बुझाउँदा पूरा कार्यसमिति समेत स्पष्ट खुलाएर बुझाउनुपर्नेछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार नै आयोगले र दलले गर्नुपर्ने कानुनी व्यवस्थाबारे स्पष्ट परिएको बताए । ‘संविधान र कानुनमा यो व्यवस्था छ, यसरी गर्नुपर्छ भनेर आयोगले…

Read More

काठमाडौं, १५ असोज । कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । केही प्रयोगशालासँग बुझ्दा सरकारले तोकेको शुल्कभन्दा दोब्बर रुपैयाँसम्म शुल्क लिएको देखिएको छ । काठमाडौंस्थित ह्याम्स अस्पतालले तीन हजार नौ सय, ललितपुरस्थित बी एन्ड बी अस्पतालले तीन हजार आठ सय ९९ रुपैयाँ शुल्क असुल्दै आएको छ । यस्तै, कोरोना परीक्षणको नाममा नेपाल मेडिसिटी अस्पतालले तीन हजार नौ सय, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरले तीन हजार नौ…

Read More

काठमाडौं, १५ असोज । कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने सम्झौता भएको हो । नेपालमा ल्याइने भनिएको ‘स्पुतनिक–५’ भ्याक्सिन ‘ह्युमन एडेनो भाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ । हाल रुसलगायत देशमा ४० हजार नागरिकमा भ्याक्सिनको तेस्रो चरण अर्थात् थर्ड ट्रायल भइरहेको छ । सो सफल भए आगामी माघसम्म नेपालमा भ्याक्सिन ल्याइने ट्रिनिटी फर्मास्युटिकल्सका प्रमुख कार्यकारी अधिकृत किशोर अधिकारीले बताए । उनले भने, ‘४० हजार नागरिकमा खोप परीक्षण सफल भए औषधि व्यवस्था विभागमा लाइसेन्सका लागि निवेदन दर्ता गर्छौं । यदि सबै…

Read More

अर्जुनधारा, १४ असोज । अर्जुनधारा नगरपालिका वडा नं ९ का स्थानीयमा मंगलबार कोरोना संक्रमण भएपछि झापाको अर्जुनधारा नगरपालिकाका थप तीन वटा वडा अनिश्चितकालका लागि बन्द गरिएको छ । समुदायमा संक्रमण फैलन सक्ने त्रासका कारण नगरपालिकाका वडा नं ८, ९ र १० वडा कार्यालय समेत बन्द गरिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित व्यक्ति बन्द गर्ने निर्णय गरिएका वडा कार्यालयसहित अन्त्रय गएको पाइएपछि कार्यालय बन्द गर्नु परेको वडा नं १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनले जाजानकारी दिनुभयो । यस्तै, शनिश्चरे बजारमा रहेको ८ नम्बर वडा कार्यालयमा पनि संक्रमित व्यक्ति आएको पाएइपछि वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा आइतबारसम्मका लागि बन्द गरिएको जनाइएको…

Read More

बिर्तामोड, १४ असोज । झापामा आज १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरमा महिला–पुरुष एक–एक जना, मेचीनगरमा दुई जना पुरुष, बिर्तामोडमा दुई महिला एक पुरुष, झापा गाउँपालिका, कचनकवल र गौरादहमा एक–एक पुरुषमा कोरोना पुष्टि भएको स्वाथ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ८७० पुगेको छ भने ७८५ जना उपचारपछि डिस्चार्ज र ७ जनाको मृत्यु भएको छ । यस्तो स्वास्थ्य कार्यालयको आजको रिपोर्ट–

Read More

झापा, १४ असोज । मेची प्रादेशिक अस्पताल भद्रपुरले सर्वसाधारणको सशुल्क पिसिआर परीक्षण सेवा शुरु गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार कोभिड–१९ को स्वेच्छिक पिसिआर परीक्षण गरेवापत नेपाल सरकारले तोकेबमोजिम दुई हजार शुल्क लाग्नेछ । अस्पताल मातहत हाल भद्रपुर र कनकाईमा गरी दुई वटा पिसिआर मेसिन सञ्चालनमा छन् । केही दिनमै अर्को एउटा मेसिन समेत थपिने उहाँले बताउनुभयो । सरकारले लक्षण नभएकाहरुको पिसिआर परीक्षण नगराउने नीति लिएपछि सर्वसाधारणले शुल्क तिरेर भए पनि स्वेच्छिक परीक्षण गराउन थालेका छन् । तर कोभिड अस्पतालमा भर्ना भएका बिरामीका लागि भने पिसिआर परीक्षण निःशुल्क गरिने अस्पतालका अध्यक्ष पोर्तेलले जानकारी दिनुभयो । झापामा…

Read More

विराटनगर, १४ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नजिक पुगेको छ । बुधबार थप ७ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ । प्रदेश १ मा बुधबार एकैदिन चार संक्रमितको मृत्यु भएपछि प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ । बुधबार विराटनगरमा तीन जना र धरानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हो । सप्तरीको राजविराज–४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान ३ः१० बजेतिर…

Read More

झापा, १४ असोज । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले घेराबेरा गरेर झट्का मेसिन प्रयोग गरेको हो । भारतको गुजरातबाट खरिद गरेर ल्याइएको झट्का मेसिनले मुख्य प्रसारण लाइनबाट प्राप्त हुने विद्युत्को ‘एसी’ प्रवाहलाई ‘डिसी’मा परिवर्तन गरिदिन्छ । त्यही ‘डिसी’ विद्युत् तारको घेराबेरामार्फत प्रवाह गरी हात्तीलाई गाउँतिर पस्न रोक्ने गरिएको छ । सामुदायिक वनका अध्यक्ष हिरा पोखरेलका अनुसार हात्ती रोक्न यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र र लहानमा…

Read More