
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ असोज । पछिल्लो २४ घण्टामा देशभर १५५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार ललितपुरमा ११२, भक्तपुरमा ९३ र काठमाडौंमा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । उनका अनुसार आज देशभर सक्रिय संक्रमित १० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । यसैगरी देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको…
सप्तरी, १४ असोज । सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छ । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी दिए । बालकैदेखि मधुमेहबाट पीडित उनको आठ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गौलाले काम गर्न छाडेको भन्दै घर फर्काएको थियो । गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना सङ्क्रमण नेगेटिभ आएको थियो । खर्चविहीन…
काठमाडौँ, १४ असोज । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । आजदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको एक सूचना जारी गर्दै कार्यालयले जनाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको थियो । कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार ९२७ पुरुष र १८९ महिला गरी तीन हजार ११६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । रासस
बिर्तामोड, १४ असोज । झापाको बिर्तामोडस्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोइन ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा झापा कचनकवलका २२ वर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ वर्षीय नरबहादुर राजवंशी रहेका छन् । हिजो साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ । साथै उनिहरुको साथबाट नगद ९ हजार रुपैंया समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट…
मोरङ, १४ असोज । मोरङ जहदा–५ का ५९ वर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे सोही स्थानमा रहेको नहरको पानीमा महतोको डुबेर मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा, १४ असोज । दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी प्रतिकेजी १० देखि १५ रुपैयाँमा बढी रुपैयाँ लिने गरेका छन् । एक साताअघि मात्र १५ देखि २० रुपैयाँ सस्तोमा दैनिक खाद्यवस्तु दसैंनजिक आउन थालेपछि व्यापारीले प्रतिकेजी १० रुपैयाँ २० रुपैयाँ बढी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी निकायको बजार अनुगमन सयन्त्र कमजोर हुँदा व्यापारीले त्यसको फाइदा लिएको…
झापा, १४ असोज । स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको लगानी बालुवामा पानीजस्तै भएका छन् । व्यवस्थित विकास नीतिको अभावमा पहुँच पुगेका स्थानीय तहमा योजनाको खातै खात र पहुँच नपुगेकामा योजनाको अभाव हुने गरेको पाइएको छ । स्थानीय तहले न्यूनतम पाँचदेखि १० वर्षे एकीकृत विकासको गुरुयोजना बनाई साधन र स्रोतलाई एउटै बास्केटमा हाली आवश्यकताका आधारमा विकास गर्नुपर्ने स्थानीय शासन विज्ञहरूको जोड छ । स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले अहिले तीनै तहका योजनामा मागका आधारमा नभई नेतृत्वका आधारमा बजेट निकासा…
झापा, १४ असोज । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुस र माघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिए । उनले सन् २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सात–आठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिए ।…
झापा, १३ असोज । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका छन् । यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेकाछन् । यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए । यसैबीच बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको…
राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन बिर्तामोड नगरपालिकाको सूचना !