झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३० भदौ । झापाको मेचीनगरमा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एक जना स्थानीय रहेका छन् भने चार जना भारतबाट आएका रहेका छन् । २२ वर्षदेखि ४९ वर्षसम्म उमेर समूहका उनीहरुमध्ये एक जना मेचीगनर–६ की स्थानीय महिला हुन् । चार जना भारतबाट आएका अन्य जिल्लाका रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । भारतबाट आएकाहरु संक्रमितहरुलाई मेचीनगरकै होटल क्वारेन्टाइमा राखिएको छ ।

Read More

काठमाडौं, ३० भदौ । नेपालमा कोरोना भाइरस ९कोभिड(९० बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार काठमाडौंमा ८६ वर्षीया महिला तथा ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सिराहामा ३५ वर्षीया, बारामा ५५ वर्षीया र रुपन्देहीमा ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यसैगरी सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानपुरमा ६१ वर्षीय र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु…

Read More

आदरणीय सम्पूर्ण नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरुअहिले हाम्रो जनजीवनमा कोरोना महामारीले नराम्रो असर पार्ने गरी समस्या बढिरहेको यहाँहरुलाई विदितै छ । यस विषम परिस्थितिमा पनि नगरपलिकाको जनशक्ति नगरबासीको स्वास्थ्य लगायत अन्य आवश्यकता पूरा गर्न अहोरात्र खटिइरहेको छ । कोभिड–१९ को प्रकोपको न्यूनिकरणका लागि नगरका स्वास्थ्यकर्मी दिनरात नभनी लागिरहेका छन् । जसका कारण बिर्तामोड अरु पािलकाको तुलनामा केही सुरक्षित र कम जोखिममा रहेको छ । नगरले कोरोना प्रभावितहरुका लागि क्वारेन्टाइन, आइसोलेसन र होम आइसोलेसनका प्रबन्ध गरेको छ । यतिबेला मुलुकका मुख्य सहरहरु र ग्रामीण बस्तीहरु पनि यसको प्रकोपबाट सुरक्षित छैनन् । यो प्रकोपबाट मुक्त रहन केवल सरकारी पहल र प्रयत्नबाट मात्र सम्भव…

Read More

काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । उनले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्टी मातहतका सबै कमिटीलाई अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको बताए । यही भदौ २६ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको हो । पार्टीभित्र देखिएका समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदनलाई पार्टी स्थायी कमिटी बैठकले सुझावसहित पारित गरेको आधारमा अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको हो । अन्तरपार्टी निर्देशनमा पार्टीलाई जीवन्त…

Read More

भद्रपुर, ३० भदौ । प्रहरीले झापाको भद्रपुरस्थित पृथ्वीनगरको एउटा जुवा अखडामा हिजो साँझ छापा मारेको छ । सुराकी पाएर घटनास्थल पुगेको झापा प्रहरीले जुवा खालबाट ८४ हजार नगदसहित १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय सुवास तामाङको घरबाट जुवाडेहरुलाई पक्राउ गरेको हो । झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाका अनुसार पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर–४ का माधव राजवंशी, रमेश लिम्बु, राजु लिम्बु, अनिश लिम्बु, भद्रपुर–२ का कर्ण तामाङ, अङ्गराज दंगाल, आराबहादुर तामाङ, भद्रपुर–६ का तुरुल राजवंशी छन् । प्रहरी टोलीले जुवाको खालबाट नगद ८४ हजार ५ सयसमेत बरामद…

Read More

चितवन, ३० भदौ । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन् । यो सङ्ख्या आजसम्म सङ्क्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ । सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति सङ्क्रमित भएको पाइएको उनले बताए । यसलाई हेर्दा सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यसबाहेक सङ्क्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा…

Read More

झापा, ३० भदौ । वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटकपटक नगरपालिका धाए पनि नगरपालिकाले समयमा रकम भुक्तानी नदिँदा अध्यक्ष राजवंशी नगरपालिकाको मूल गेटमै गत असोज १२ गते बेहोस भएर ढलेका थिए । रकम भुक्तानीका लागि नगरपालिका पुगेका राजवंशी नगरपालिकामा नै बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो । अध्यक्ष राजवंशीको मृत्यु भएपछि मृतकका आफन्त र वैराती बजार टहरा निर्माण समितिका पदाधिकारीले नगरपालिकाले समयमा रकम भुक्तानी नदिएका…

Read More

झापा, ३० भदौ । झापामा कम्तिमा १४ सय जना एकैसाथ राख्न सकिने गरी क्वारेन्टाइनको व्यवस्था भएको छ । यसका साथै ४१४ जनालाई राख्न सकिने गरी आईसोलेसन सेन्टर पनि निर्माण भएको छ । आईसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या १०५ रहेको छ । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा कोभिड १९ को तयारी तथा रोकथामका लागि भएको तयारीबारे सार्वजनिक गरेको विवरण अनुसार २९ वटा क्वारेन्टाईन रहेका छन् । शनिबार साँझसम्मको विवरण अनुसार ७ जनामात्र क्वारेन्टाइनमा रहेका छन् । होम क्वारेन्टाइनमा धेरै रहेका छन् । होम क्वारेन्टाइनमा रहनेको संख्या १७३ रहेको छ । चारसय जना क्षमताको होल्डिङ एरिया, आईसियु बेडसंख्या १०५ रहेको छ ।…

Read More

काठमाडौँ, ३० भदौ । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा प्रतिबन्ध लगाइएको छ । यो कदम घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको हो । हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ । वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस्तो आदेश दिएको हो । यो प्रतिबन्धको दायरामा बेंगलुरु र कृष्णापुरममा फल्ने प्याज पनि पर्दछन् । अधिसूचनामा लेखिएको छ, ‘प्याजका सबै किसिमको निर्यातमा तत्काल रोक लगाइएको छ ।’ एजेन्सी

Read More

काठमाडौँ, ३० भदौ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा १ सय ३१ संक्रमित पुगेका छन् । यस्तै, धुम्बाराही क्षेत्रमा १ सय…

Read More