झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २९ भदौ । ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो । नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती ९लोडसेडिङ० अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनेरेटरमा अभ्यस्त नेपालीलाई सितिमिति उक्त कुरा साँचो नै लागेन । कतिसम्म भने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि लोडसेडिङ मुलुकको नियति नै भएको विश्वास गर्थे । तर उज्यालो नेपाल…

Read More

झापा, २९ भदौ । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस २०७७ आज भर्चुअलरुपमा मनाइँदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा दिवस मनाउन थालिएको हो । उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेको छ तर टिकाउदर बढाउने चुनौती कायमै छ । राष्ट्रिय बालअधिकार परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति…

Read More

बिर्तामोड, २९ भदौ । झापा कमल गाउँपालिकामा मादक पदार्थ सेवन गरेर एक कुपुत्रले आफ्नै आमाको हत्या गरेका छन् । कमल–७ ठुलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया मिरा ऋषिदेवलाई धारिलो हतियार बञ्चरो र ढुङ्गाले टाउको र खुट्टामा प्रहार गरी हत्या गरेका हुन् । मिराको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनाबारे स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको, बन्चरो प्रहार गर्ने दिनेश ऋषिदेवलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी इप्रका दमकमा राखिएको छ ।

Read More

बिर्तामोड, २८ भदौ । झापाको कनकाई नगरपालिकास्थित कोटीहोमा रहेको समपर्ण राष्ट्रिय भवनमा स्थापना गरिएको कोरोना भाइरसको संक्रमण परीक्षण प्रयोगशाला (पीसीआर ल्याव) मंगलबार उद्घाटन हुने भएको छ । शनिबार कनकाई नगरपालिकामा बसेको पीसीआर ल्याव संचालन सहयोग एवं व्यवस्थापन समितिको बैठकबाट जनस्तरबाट स्थापना गरिएको ल्याबको मंगलबार उद्घाटन गरिने निर्णय भएको हो । त्यैगरी पीसीआर संचालनको लागि छुट्टै कार्यविधी पनि पारित भएको छ । कार्यविधीले समुदाय र सरकार दुवै पक्षलाई जिम्मेवार बनाएर संचालन कार्यमा लाग्न मार्गनिर्देश गरेको पीसीआर ल्याव संचालन समितिका अध्यक्ष एवं नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

Read More

बिर्तामोड, २८ भदौ । झापामा आज एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापा शिवसताक्षी–५ का २३ वर्षीय महिलामा कोरोना देखिएको हो । उनी स्थानीयबासी हुन् ।

Read More

भद्रपुर, २८ भदौ । कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष ०७७–०७८ मा खर्च गरिने बजेट आइतबार सार्वजनिक गरेको छ । केन्द्रले आफ्रनै सभाहलमा सरोकारवाला निकायहरुको संक्षिप्त उपस्थितिमा ९ करोड ६९ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको हो । कोभिड १९ को स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नील कमल सिंहले १ नं प्रदेश सरकारबाट प्राप्त ५ करोड २३ लाख ५१ हजार, केन्द्रीय सरकारमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, ब्लक विकास कार्यक्रमका लागि विनियोजन गरिएको २ करोड ८५ लाख ९८ हजार र सशर्त…

Read More

अर्जुनधारा, २८ भदौ । झापाको अर्जुनधारामा नदीजन्य सामग्रीलाई व्यवस्थित गर्दै ठेक्का लगाउने प्रकृयामा जानुपर्ने सुझाव सर्वदलीय छलफलमा आएको छ । नगरपालिकाको सभा कक्षमा नगर क्षेत्रका राजनीतिक दल, प्रशासन र नगरपालिकाका प्रमुख बीच भएको सर्वदलीय बैठकमा विगतका कमि–कमजोरीलाई सच्याउँदै आयश्रोतको मुख्य बाटो नदीजन्य सामग्रीको ठेक्का लगाउनुपर्नेमा जोड दिइयो । छलफलमा नीजि जग्गाधनीलाई पनि सम्बोधन हुनुपर्ने कुरा उठेको थियो । छलफलमा नेकपाका नगर अध्यक्ष प्रेमसागर सापकोटाले ठेक्का लगाउन प्रहरी प्रशासनको सक्रिय सहयोगको आवश्यकता रहेको औंल्याउँदै उनले भने, ‘आज नेकपाको पालो छ, भोलि कांग्रेसको हुनसक्छ त्यो बेला पनि खोला सामग्री ठेक्कामा यस्तै बेतिथि देखाउन मिलदैन ।’ नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेलले खोला…

Read More

भद्रपुर, २८ भदौ । सशस्त्र प्रहरी बल हेडक्वाटर २ नं गणका गणपति रमेशकुमार पाण्डेले सीमा सुरक्षा तथा चोरी तस्करी रोक्ने प्रतिबद्धता जनाएका छन् । सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले आफ्नो कार्यालय परिसरमा झापाली सञ्चारकर्मीसित अन्र्तक्रिया गर्दै आफ्नो कार्यकालभरी विभागले दिएको जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । नेपाल भारत सीमा क्षेत्र अन्र्तगत झापामा १४३ किलो मिटर सीमा सुरक्षाको जिम्मेवारी बहन गरिरहेको सशस्त्र प्रहरी बल हेटक्वाटर २ नम्वर गण मातहतमा बिओपी (सीमा सुरक्षा पोस्ट) ९ वटा रहेकोमा यस वर्ष ८ वटा थप हुने जानकारी दिँदै उपरीक्षक पाण्डेले सीमा क्षेत्रमा हुने अपराध रोक्न बल मुख्य जिम्मेवार भएर लागिरहेको जानकारी दिए ।

Read More

काठमाडौं, २८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पिसीआर परीक्षण शुल्क रु दुई हजार तोेकेको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पिसीआर परीक्षणको अधिकतम शुल्क रु दुई हजार तोकिएको जानकारी दिए । सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला सबैले घटेको शुल्कमा पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पिसीआर परीक्षणको शुल्क पुनरावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटेको बताए । बजारमा रिएजेन्ट र पिसीआरका अन्य सामानको मूल्य घटेको आधारमा परीक्षण शुल्क पनि घटाइएको उहाँले जानकारी दिए । यसअघि मन्त्रालयले पिसीआर परीक्षणका लागि रु चार हजार…

Read More

झापा, २८ भदौ । पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । आजको तथ्यांकअनुसार संक्रमितमध्ये आधा बढी उपत्यकामा मै पुष्टि भएको हो । पछिल्लो दिनमा उपत्यकामा संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । यसैगरी आज देशभर सक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् । पीसीआर ९ हजार १८५ जनाको भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १७३ जना निको भएका छन् भने निको हुनेको…

Read More