झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, २८ भदौ । इलामको माई नगरपालिका–२ सेलीडाँडा बस्ने बिनोद राईको १३ महिनाकी छोरी सबनम राईको पोखरीमा डुबेर मृत्यु भएको छ । आज मध्यान्ह १२ बजेको समयमा घर छेउमै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक चिलिएर पोखरीमा डुब्दा घाइते भएकी सबनमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

उदयपुर, २८ भदौ । उदयपुरको कटारी नगरपालिका–११ लखनथुम्का बस्ने ५० वर्षीय डोरकुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ । उनको हत्याका आरोपित स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बिहान साँढे ८ बजेको समयमा घरमा नै बसीरहेकी राउतलाई निजकै घरमा आई मगरले एक्कासी लछार पछार गर्नुका साथै खुकुरीले शरिरका बिभिन्न ठाँऊमा अन्धाधुन्द प्रहार गर्दा राउतको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकरी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका मगरलाई कटारी नगरपालिका–११ हात्तीसुँडेस्थित जङ्गलबाट बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा अन्य थप…

Read More

बिर्तामोड, २८ भदौ । झापाको दमकबाट चार केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलामको माङ्सेबुङ गाउँपालिका–६ घर भई झापा दमक–१ स्थित मामा चोकस्थित सुन्दर लावतीको घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । राईले लुकाई छिपाई गाँजा बेचबिखन गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको कोठामा रहेको काठको पलङमा झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध गाँजा ४ केजी २५ ग्राम बरामद गरेको छ ।

Read More

बिर्तामोड, २८ भदौ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले निर्माणाधीन बहुजातीय संग्रहालय सहितको झापा नाटक घरका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । सहकारी संस्थाको आठौं वार्षिक उत्सवका अवसरमा नाटक घरका लागि शनिबार उक्त रकम सहयोग गरिएको हो । क्षितिज नाट्य समूहको अग्रसरतामा झापाको बिर्तामोड(१ देवीपञ्चकन्या उत्तरमा झापा नाटक घर निर्माण भइरहेको छ । स्थानीय मनोज निरौलाले निःशुल्क दिएको साढे तीन कठ्ठा जग्गामा नाटकघर निर्माण भइरहेको हो । नाटकघर परिसरमा आयोजित कार्यक्रमका बीच सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले नाटकघर निर्माण संयोजन समितिका अध्यक्ष ज्ञानुराम प्रसाई र नाट्य समूहका अध्यक्ष माधव कल्पितलाई रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।…

Read More

बिर्तामोड, २८ भदौ । झापाको बिर्तामोड र मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित पाँच जना पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका–१ स्थित अदुवा पुल छेउमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सुराकीको आधारमा उक्त स्थानमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ । उक्त स्थानमा शंकित अवस्थामा रहेका संदिप धिमाल, आकाश राई र आशिष राई समेतलाई फेला पारी उनीहरुलाई चेकजाँच गर्दा संदिप धिमालको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने मिसाइलो पदार्थ प्लाष्टिक सहित १४ (चौध) ग्राम ८१० मिलिग्राम वा प्लाष्टिक बाहेक १४ (चौध ग्राम) बरामद गरी निजहरु तिनै जनालाई तत्कालै…

Read More

झापा, २८ भदौ । आफ्नो जातीय पहिचान, धर्म–संस्कृति, परम्पराको संरक्षण गर्न झापा कचनकवल गाउँपालिका गनगाई (गणेश) समुदाय अघि बढ्दै गएका छन् । प्रविधि युगमा आफ्नो समुदायलाई विश्वमा चिनाउने र संरक्षण गर्ने उद्देश्यले विज्ञान प्रविधिलाई नै आत्मसात गर्दै उनीहरु अघि बढ्दै गएका हुन् । सोही उद्देश्यलाई पूरा गर्न अनलाइन अन्तरक्रियात्मक कार्यक्रम ‘भ्वाइस अफ गनगाई कम्युनिष्टी’ कचनकवल समेत गठन गरिएको छ । विभिन्न सामाजिक गतिविधि, क्षमता विकासका लागि विभिन्न कार्यक्रम, रक्तदान लगायतका कार्य गर्ने उद्देश्यले कम्युनिष्टी गठन भएको संस्थाका कोषाध्यक्ष एवम् कचनकवल गाउँपालिकाका आइटी अफिसर दिपेन्द्रकुमार गणेशले जानकारी दिनुभयो । यसैबीच, कचनकवल–६ स्थित बनियानीमा शनिबार ‘भ्वाइस अफ गनगाई कम्युनिष्टी’को चौथो भेला सम्पन्न…

Read More

काठमाडौँ, २८ भदौ । कक्षा-१२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफूू अध्ययन गरेको सहर बजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुगेकोले घर पायकको विकल्प पनि सोच्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको जानकारी दिए ।…

Read More

काठमाडौंँ, २८ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन् । विवादका कारण पार्टी गुटमा विभाजन भएको थियो । पार्टी विभाजनको अवस्थामा समेत पुगिसकेको भन्दै चिन्तासमेत जनाइएको थियो तर पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को १५ बुँदे प्रस्तावले पार्टीभित्र देखिएका सम्पूर्ण समस्या समाधान भएको छ । बुुद्धिजीवीहरूको भनाइमा अब पार्टी र सरकारमा नयाँ ऊर्जा प्राप्त हुने र सरकार तथा पार्टी सहज ढंगले अगाडि बढ्नेछ । “यी कुरामा स्पष्ट…

Read More

काठमाडौँ, २८ भदौ । कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो । वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ गते सुत्केरी भएपछि २५ गते उनी डिस्चार्ज भएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोक जानुभएकोमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएकोमा उनको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा कोरोना…

Read More

काठमाडौं, २८ भदौ । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी गरेको छ । बोलपत्रको मागअनुसार आवेदन नपरेपछि विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) छपाइको टेन्डर दोस्रो पटक रद्द गर्न लागेको हो । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको पासपोर्ट छपाइ टेन्डरमा चार कम्पनीको आवेदन परे पनि मागअनुसार निवेदन नपरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । गत आइतबार पासपोर्ट छपाइका लागि कुन कम्पनीलाई दिने भन्ने विषयमा मूल्यांकन समितिको बैठक बसेको थियो । तर, टेन्डर हाल्ने कम्पनीले मापदण्ड पूरा गरेर मागअनुसार आवेदन हालेको नपाइएपछि बोलपत्र रद्द गर्न लागिएको हो । ‘कुनै पनि कम्पनीले राहदानी विभागले बोलपत्र आह्वान…

Read More