
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पार्थ मण्डलभद्रपुर, १ असोज । न्यूनतम ज्यालालाई लिएर झापाका चिया मजदुर संगठन र नेपाल चिया उत्पादक संघबीच लामो समयदेखि जारी विवाद टुङ्गिएको छ। झापा उद्योग संघ, भद्रपुरको कार्यालयमा बुधवार बसेको नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठनबीच ज्यालाको विषयमा चार बुँदे सहमति भएको हो । सरकारले तोकेको श्रम ऐन, २०७४ अनुसार दैनिक न्यूनतम ज्याला ३८५ रुपैयाँ तोकिएको छ। सोही ऐनबमोजिम चिया बगानका मजदुरले आधारभूत पारिश्रमिक २३१ र दैनिक महँगी भत्ता १५४ गरी दैनिक ३८५ रुपैयाँ पाइरहेका थिए। दुवै पक्षबीच भएको सहमतिमा न्यूनतम ज्यालामा ३० रुपैयाँ वृद्धि गरिएको छ। अब मजदुरले पाउने दैनिक ज्याला ४१५ रुपैयाँ चालु आर्थिक वर्षको साउनदेखि…
झापा, १ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह आमाको बा को श्राद्ध भने यस वर्ष मलमासका कारण कार्तिक १ गते परेको छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंवगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिन्छ…
बिराटनगर, १ असोज । सुनसरी र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो घर नजिकै जमेको पानीमा साथीहरुसँगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका–८ की १० वर्षीया नन्दनी ऋषिदेव पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखि तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का ५५ वर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ । बुधबार साँझ पौने ७ बजेको समयमा घरबाट बिरेन्द्रबजार तर्फ जाँदै गर्दा बीच बाटोमा…
झिलझिले, १ असोज । समुदायमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको झापाको शिवगञ्ज बजारमा ‘सेनिटाइज’ गरिएको छ । होम आईसोलेसनमा रहेका संक्रमितको घर सेनिटाइज गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको घर र उनिहरुका छिमेकीको घर पनि सेनिटाइज गरिएको हो । वडा नम्बर ६ का ४ घरका ११ जना कोरोना संक्रमण भएपछि भदौ १७ गते देखि वडाले बजार क्षेत्र सिल गरेको थियो । बुधबार संक्रमितको कन्ट्याक ट्रेसिङमा रहेकाको रिपोर्ट नेगेटिभ आएपछि भने शिवगञ्ज बजारको जनजीवन सामान्य बनेको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएको खवर शिवगञ्ज बजारमा एकै छिनमा सनसनी भएको थियो । स्थानीयले भने, ‘हिपहिप हुर्रे, कोरोना रिपोर्ट नेगेटिभ…
विराटनगर, १ असोज । विराटनगर–८ मधुमाराका लोकेन्द्रबहादुर बस्नेत दुईवटा डिलक्स बस किनेर कुदाएको दुई वर्ष भयो। १० वर्ष कतार बसेर कमाएको सम्पत्तिमा बैंकबाट ३० लाख ऋण लिएर लगानी गरेका थिए। किस्ता तिर्न र खान पुगिरहेकै बेला कोरोना महामारीले बस नकुदेको ६ महिना भयो। यो अवधिमा न उनले ६ जना स्टाफ पाल्न सकेका छन् न त बैंकको किस्ता र गाडी मर्मत गर्न नै । लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय सुनेर बसको अवस्था हेर्न पुगेका बस्नेतलाई अझै ऋण थपिने निश्चित भएको छ। ‘बसमा खिया परेको छ। टायर मकाएका छन्। ब्याट्री डाउन भएर गाडी स्टार्ट नै हुँदैन’, उनी भन्छन्,…
भैरहवा, १ असोज । भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि भारतबाट प्याजका गाडी नआएको बताए। उनका अनुसार यस नाकाबाट दैनिक १२–१५ वटा प्याजका गाडी भित्रिने गरेका थिए। भारतबाट प्याज आयात रोकिएपछि करिब दुई हप्ताअघि ३५ रुपैयाँ प्रतिकिलो रहेको प्याज व्यापारीले बुधबार बिहानसम्म प्रतिकिलो १ सय २० रुपैयाँसम्म पु¥याए। यो मूल्य अझै बढ्ने सम्भावना छ। भारतले निर्यातमा रोक लगाएसँगै व्यापारीले २४ घण्टाभित्र प्याजको मूल्य दुई गुणले बढाएका हुन्। कृत्रिम अभाव गराएर व्यापारीले प्याजमा…
काठमाडौँ, १ असोज । सरकारले अन्ततः आरटी पिसिआर रिपोर्ट दिँदा भाइरल लोडको समेत जानकारी दिने भएको छ। हालसम्म यो विधिअन्तर्गत परीक्षण गरेपछि पोजेटिभ वा नेगेटिभ भनेर नतिजा दिइन्थ्यो, संक्रमितमा भाइरसको मात्रा कति छ भन्ने तथ्य रिपोर्टमा उल्लेख गरिदैन्थ्यो। प्राविधिक रुपमा भाइरल लोडलाई साइकल थ्रेसहोल्ड (सिटी) ‘भ्यालु’ को रुपमा मापन गरिन्छ। ‘अबदेखि आइटी पिसिआर परीक्षण नतिजा दिँदा सिटी भ्यालुसमेत उल्लेख गरेर दिन प्रयोगशालालाई सूचना गरेका छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबारको नियमित पत्रकार सम्मेलनमा भने। विज्ञका अनुसार कोरोना पोजेटिभमा भाइरल लोड बढी अथवा कम रहेको सूचना विभिन्न हिसाबले उपयोगी मानिन्छ। यो ‘भ्यालु’ ले संक्रमितमा भाइरसको उपस्थितिको मात्रा…
झापा, १ असोज । आजदेखि सरकारले ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन खुल्ने भएका छन् । मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन् । सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ । गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने…
बिर्तामोड, ३१ भदौ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले हरेक क्षेत्रमा देखिएको ढिलासुस्ती र अनियमिततामाथि ‘ह्याम्बर’ हान्नुपर्ने बताउनुभएको छ । झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा एकका लागि एक अभियान अन्तरगत स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) उद्घाटन कार्यक्रममा आज मन्त्री कार्कीले हरेक क्षेत्रमा देखिएको ढिलासुस्तीमाथि कानून समाएर ‘ह्याम्बर’ हान्नुपर्ने बताउनुभयो । “कोरोनाको महामारीका बेला जनताले अत्यावश्यक औषधि सेवन गर्न पाएका छैनन्, सप्लायर्ससँग कुरा गर्दा लकडाउनको बहाना बनाउँछन्”, उहाँले भन्नुभयो, “यस्तो विकृतिमाथि कानून समाएर ह्याम्बर हान्नुपर्छ, कारबाही गर्नुपर्छ ।” झापामा आफूले अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको उहाँले स्मरण गर्नुभयो । खेतीको मुख्य सिजनमा…
भद्रपुर, ३१ भदौ । मानव अधिकारका लागि एकल महिला झापाको संरक्षणमा रहेका दुई बालिकालाई अभिभावकत्वका लागि एसओएस बालग्राम इटहरीको जिम्मा लगाइएको छ । ६४ दिनयता अभिभावकविहिन भएका ती बालिकालाई संरक्षण गरिरहेको एकल महिलाले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको रोहवरमा बाल ग्रामका प्रमुख डिसी चौधरीलाई जिम्मा लगाइएको हो । आफन्तबाट यौन हिंसामा परेका बालिकाका अन्य आफन्त नभएपछि एकल महिलाको छहारीमा असार ३१ गतेयता संरक्षण गरेर राखिएको थियो । कञ्चना सिटौलाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।