झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १३ असोज । सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका लागि मौजुदा कानुनमा कडाइ गर्न पनि सर्वोच्चले सरकारका निकायलाई आदेश दिएको छ। गत माघमा भएको फैसलाको सोमबार सार्वजनिक पूर्ण पाठमा यस्तो उल्लेख छ। ‘एकपटकमा पाँच लिटरसम्म रक्सी र दस लिटरसम्म जाँड वर्षमा ६ पटक पाउने भनी कानुनले गरेको व्यवस्थाअनुरूप नै सूचनादाताहरूले उत्पादन गरे÷नगरेको प्रभावकारी अनुगमन…

Read More

बिर्तामोड, १२ असोज । झापामा आज चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भद्रपुर, बिर्तामोड र झापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै पुरुष हुन् । भद्रपुरमा भेटिएका कोरोना संक्रमित मेचीनगर र खोटाङ ठेगाना भएका सुरक्षाकर्मी हुन् भने बिर्तामोड–६ र झापा–६ का स्थानीय एक÷एक पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १२ असोज । आज देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिए । यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसोलेशनमा रहेका छन् । उनका अनुसार बितेको २४ घण्टामा थप ७४२ जना निको भएका छन् यससँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८० जनाको पीसीआर भएको छ । यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।…

Read More

बिर्तामोड, १२ असोज ।  राष्ट्रिय परिचय पत्र बनाउन बिर्तामोड नगरपालिकाले नगरबासीलाई अपिल गरेको छ । सरकारी निर्णय अनुसार राष्ट्रिय परिचय पत्रका लागि बिर्तामोडमा पनि फोटो खिचाउने अभियान सुरु भएको हो । नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले आजदेखि राष्ट्रिय परिचय पत्रका लागि बिर्तामोडमा फोटो खिचाउने अभियान सुरु भएको बताए । ‘नगरका सबै वडामा फोटो खिचाउन सकिने छ’, नगर प्रमुख सिवाकोटीले भने । झापामा राष्ट्रिय परिचय पत्र वितरण सुरु भइरहँदा पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा मात्रै फोटो खिचाउन सकिने व्यवस्था थियो । त्यसलाई विस्तार गर्दै स्थानीय तहबाट वडासम्म लगिएको हो । कोरोना संक्रमणका कारण झापाका स्थानीय तहले फोटो खियाउने अभियान सुरु गर्न सकिरहेका…

Read More

सन्तोष शर्माबिर्तामोड, १२ असोज । वर्षाका कारण झापामा तरकारी खेतीमा क्षति पु¥याएको छ । व्यावसायिक एवम् घरेलु प्रयोजनका लागि कृषकले लगाएको तरकारी खेतीमा वर्षाले क्षति पु¥याएको छ । वर्षाका कारण अर्जुनधारा–११ का किसान त्रिलोचन खतिवडाले लगाएको रायो साग, भिण्डी, बन्दाकोभी नष्ट भएको छ । उहाँले भन्नुभयो, “वर्षाले केही राखेन, उम्रेको बिऊ पनि सखाप भयो ।” व्यावसायिक नभए पनि घरासयी प्रयोजनका लागि लगाइएका तरकारी पनि वर्षाका कारण हुन सकेन । “दुई÷तीन पटक बिऊ लगाएँ, उम्रिने बेलामा पानी परेर बिऊ हुर्किनै पाएन”, भद्रपुर–६ का मनोज पौडेलले भन्नुभयो, “यतिबेला साग खाने बेला भइसक्थ्यो ।” वर्षाका कारण किसानले तरकारी बाली लगाउन नपाउँदा खेतीको समयसमेत…

Read More

बिर्तामोड, १२ असोज । विवेचना दैनिकको सह–सम्पादकमा पत्रकार तीर्थ तिम्सिना नियुक्त भएका छन् । प्रकाशन समूहको बैठकले उनलाई सह–सम्पादकमा नियुक्त गरेको हो । युवा पुस्ताका मेहनती पत्रकार तिम्सिना चार वर्षदेखि विवेचनामा आवद्ध छन् । बुद्धशान्ति गाउँपालिका–३ घर भएका तिम्सिना बुद्धशान्ति मिडिया हाउस प्रालिद्वारा प्रकाशित पूर्वेली साप्ताहिकमा पनि आवद्ध छन् । सह–सम्पादकमा नियुक्त भएका तिम्सिनाले विवेचना र यसको डिजिटल संस्करणमा नयाँ ढंगले काम गर्दै प्रकाशनलाई थप उचाईमा पुर्याउन महत्वपूर्ण योगदान गर्ने बताए । विवेचनाका सम्पादक सुब्रत न्यौपानेले पत्रकार तिम्सिनाको नयाँ जिम्मेवारीले प्रकाशनको गरिमा अझै बढ्ने उल्लेख गरे ।

Read More

खोटाङ, १२ असोज । सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पिसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । विभिन्न समयमा सङ्क्रमण देखिएका सबैजना सङ्क्रमित उपचारपछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए। पछिल्लो समय विभिन्न स्थानीय तहमा पिसीआर परीक्षण जारी रहे पनि सङ्क्रमित देखा परेका छैनन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६४० जनाको पिसीआर…

Read More

काठमाडौँ, १२ असोज । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ९सिसीएमसी० का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा तत् मुलुकमा पुगेका थिए । केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३८१, मलेशियाबाट ११ हजार ६५१, कतारबाट ११ हजार १५०, कुवेतबाट…

Read More

काठमाडौंँ, १२ असोज । विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समाजमा मानसिक समस्या बढ्दै गएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । दैनिक बढ्दो गतिमा रहेको सङ्क्रमित तथा मृतकको सङ्ख्याले धेरैलाई मानसिक समस्या बढाएको विज्ञले औँल्याएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा रवि शाक्य कोरोना सङ्क्रमण तथा त्यसको मृत्यु दरका कारण मानसिक रोगी बढेको बताउँछन् । उनले कोरोना लाग्ने डरका कारण पनि कतिपय आत्महत्या सम्मका घटना भएको बताए । डा. शाक्य तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक हो, मानसिक रोगीमा झन् बढी समस्या आएको छ भने अन्य ठीक व्यक्तिमा…

Read More

काठमाडौं, १२ असोज । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ। संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन्। यसो गर्दा अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ। भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार र…

Read More