
गौरीगञ्ज, २० साउन । झापाको गौरीगञ्ज गाउँपालिका–३ बुधबारे हटियाबाट प्रहरीले भन्सार छलि ल्याइएको २० किलो मुङ्ग्री माछा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी नायब निरीक्षक मेखबहादुर बस्नेतको नेतृत्वमा खटिएको गस्ती टोलीले मंगलबार अपराह्न करिब ४ बजे प्लास्टिकमा लुकाइछिपाइ राखिएको करिब ६ हजार रुपैयाँ बराबरको माछा फेला पारी बरामद गरेको हो ।
बरामद गरिएको माछा इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, पशु क्वारेन्टाइन तथा बजार व्यवस्थापन समितिका प्रतिनिधिको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


