
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष शर्माबिर्तामोड, ५ असोज । नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (टे«डमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयास’ लोगो अंकित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभयो । “कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन् ।” उहाँले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताउनुभयो । स्वास्थ्य, वातावरणीय, पर्यावरणीय लगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने बताउनुभयो । हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो…
बिर्तामोड, ५ असोज । असोज दोस्रो सातादेखि ‘रागिनी आइडल सिजन–३’ हुने भएको छ । यसअघि भएका दुई वटा सिजनको भव्य सफलतापछि रागिनी संगीतालय भद्रपुरको अयोजनामा तेस्रो संकरणको ‘रागिनी आइडल सिजन–३’ हुन लागेको हो । जज भरत मैनालीका अनुसार प्रतियोगिताका लागि प्रतियोगी छनोट गर्न फारम वितरण भइरहेको छ । यसअघिका संस्करणहरु स्टेज मार्पmत् भए पनि यस पटक कोरोना भाइरस कोभिड–१९ का कारण अनलाइन मार्फत् अडिसन हुने मैनालीले बताउनुभयो । अनलाइनमार्फत् नै विजेता छनोट गरिने छ । असोज १४ गतेसम्म विभिन्न शाखा एवम् सम्पर्क मार्फत् फारम वितरण भइरहेको छ । “अडिसनमा आफ्नो च्वाइस अनुसार कुनै पनि नेपाली गीत गाउन सक्नेछन्”, मैनालीले भन्नुभयो,…
झापा, ५ असोज । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १३२० रुपैयाँमा कारोबार भएको हो ।
बिर्तामोड, ५ असोज । झापा क्षेत्र नं. १ अन्तरगत मेचीनगर–१४ र भद्रपुर–९ जोड्ने फुलबासा खोलामा पुल शिलान्यास भएको छ । आज एक विशेष कार्यक्रमका बीच झापा क्षेत्र नं. १ का सांसद् राम कार्की (पार्थ), क्षेत्र नंं. १ (ख) प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकी र क्षेत्र नं. १ (क) प्रदेश सांसद् श्रीप्रसाद मैनाली लगायतले पुलको शिलान्यास गर्नुभएको हो । फुलबासा खोलामा पुल निर्माण भएपछि दुवै नगरबासी लाभान्वित हुने भएका छन् । प्रदेश नं. १ सरकारको लगानीमा बन्न लागेको यो पुल निर्माणमा संघीय सांसद् कार्की, प्रदेश सांसदद्वय बुडाथोकी र मैनालीको विशेष पहल गर्नुभएको छ । शिलान्यास कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, भद्रपुर…
जनकपुरधाम, ५ असोज । नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको सीमा नाका सिल गरिएका कारण तत्काल रेल चलाउन नसकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनले रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बरबुझारथ प्रक्रिया हुन कम्तीमा अरु एक महिना लाग्ने छ । उनले रेल सञ्चालनको सुरुमा प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । रेल सञ्चालन गर्नुअघि भारतीय पक्षले तयार पारेको रेलको…
झापा, ५ असोज । सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् । यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् । श्रवैकल्पिक सिकाइलाई समेत शैषिक सत्रसँग जोडिने कानुनी आधार पाएपछि असोज महिनाको अन्त ९दशैँअघि० सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन् । यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरुसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जोड्न थालेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, ५ असोज । दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल थपेर एकीकृत सहुलियत मूल्य पसल सञ्चालनको तयारी थालेको छ । यस वर्ष कोभिड–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले गत वर्षभन्दा केही पसल थपेर सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी…
विराटनगर, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी लिएको हो । अध्यक्ष थापाका अनुसार विराटनगर ५ मा ३५ घर संक्रमित परिवार र वडा नम्बर १७ का ३२ संक्रमित परिवारसँग भेटघाट गरेको हो । भेटका क्रममा केन्द्रीय सदस्यसमेत रहनु भएका मण्डल र अध्यक्ष थापाले आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार, जडिबुटी समिश्रित अमृत चिया, च्यावनप्रास, गेडागुडी हस्तान्तरण गर्नुभएको थियो । नेकपा विराटनगर कमिटीले यसबीचमा…
झापा, ५ असोज । सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने ठोस योजना स्वास्थ्य मन्त्रालयसँग छैन । गरिबी निवारण नीति २०७६ अनुसार देशभर १८।७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । यो कुल जनसंख्याको ४९ लाख १ हजार ४ सय ८३ हो । अधिकांशले गरिबी परिचयपत्र अहिलेसम्म पनि पाउन सकेका छैनन् । जनस्वास्थ्य विज्ञ डा। शरद वस्तीले…
काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको म्याद सुरु नहुँदै प्रभावित भएपछि वरिष्ठ नेता पौडेलले तोकिएकै मितिमा महाधिवेशन गर्न यस्तो प्रस्ताव अघि सारेका हुन् । पौडेलले सो प्रस्ताव केन्द्रीय समिति बैठकमा समेत लैजाने तयारी गरेका छन् । ‘महाधिवेशन नहुने अवस्था सिर्जना हुँदै छ, म्याद सकिएपछि पार्टीमा को सभापति ? कसलाई मान्ने ? त्यो अवस्था आउन दिनुहुन्न । बरु १३औं महाधिवेशनकै प्रतिनिधि कायम गरेर भए पनि महाधिवेशन समयमा नै गरौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले आइतबार एक भर्चुअल कार्यक्रममा भने…