
झापा, ५ असोज । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १३२० रुपैयाँमा कारोबार भएको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


