झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ४ असोज । कृषि मन्त्री घनश्याम भुषाल झापा आउनु हुने भएको छ । झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री भुषाल झापा आउन लाग्नु भएको नेकपा जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो । मन्त्री भुषालले भोलि ५ गते सोमबार जिल्ला सहकारी संघ झापा र प्रदेश नं. १ को कृषि मन्त्रालयको आयोजनामा हुने धानको समर्थन मूल्य कायम गर्ने र अन्य कृषि सम्बन्धी विषयमा छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ । ‘६ गते (मंगलबार) इलाममा चिया तथा कफी विकास बोर्डले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ’, उपप्रमुख आचार्यले भन्नुभयो, ‘चिया र कफीको लोगो सार्वजनिक…

Read More

अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको टुक्रा ८१ हजार अमेरिकी डलर ९९५ लाख रुपैयाँ०मा बिक्री भएको छ ।लिंकनको रगतमा लतपतिएको एक टेलिग्राम पत्रसँगै रहेको उनको कपालको टुक्राको झुप्पो झण्डै ९५ लाख रुपैयाँमा लिलामी भएको हो । सन् १८६५ मा हत्या गरिएका लिंकनको शवको पोष्टमार्टका क्रममा काटेर निकालिएको उक्त कपालको झण्डै २ इन्च लामा टुक्राहरुको सानो मुठासँगै उनको हत्याका विषयमै लेखिएको टेलिग्राम पत्रको बोस्टोनमा हालै लिलामी गरिएको थियो िलिंकनको कपाल कसले किन्यो भन्ने चाहिँ खुलाइएको छैन । लिंकनको पोष्टमार्टमपछि उनको टाउकोबाट निकालिएका कपाल लिंकन पत्नी म्यारी टोड लिंकनका भतिजा डाक्टर लिम्यान बीचर टोडलाई दिइएको थियो । आफूलाई दिइएको लिंकनको कपाललाई…

Read More

काठमाडौँ, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बसिरहेको बेला दोलखा घर भएकी बालिका खड्का कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ परेकी छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी खड्का पक्राउ परेको प्रहरीले जनाएको छ । केही दिनअघि प्रमाण पु‍र्याउन नसकेको भनी खड्काले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता समेत लिएकी छिन् । लामो समयदेखि राईले आफूमाथि दुर्व्यहार गरेको अरोप लगाउँदै आएकी थिइन् । बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।…

Read More

काठमाडौं, ४ असोज। कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन मृत्यु भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै हालसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताए । स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्…

Read More

बिर्तामोड, ४ असोज । झापाको गौरदह–९ बैगुनधुरा स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह–३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरुमाथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, ४ असोज । सरकारले संविधान दिवसको अवसरमा झापाका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ । सामाजिक सेवामा योगदान गरेको भन्दै सरकारले गिरीलाई उक्त सम्मान प्रदान गरेको हो । गिरीसहित ११ जनालाई सरकारले समाजसेवा रत्न पदक प्रदान गर्ने निर्णय गरेको छ । बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक गिरी झापाको सामाजिक अभियानमा निरन्तर क्रियाशील छन् ।

Read More

चितवन, ४ असोज । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हुँदै बगेको नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताए ।

Read More

झापा, ४ असोज । स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी उपाय भएको बताएका छन् । कोरोनाबाट उत्पन्न समस्या समाधान गर्न अबको परिस्थिति सामना गर्न नागरिक आफैँ सचेत बन्न जनप्रतिनिधिले आग्रह गरेका छन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले कोरोना भाइरसबाट सिर्जित समस्या समाधान सरकार र जनप्रतिनिधिले मात्र गरेर नहुने भन्दै यसमा नागरिक आफैँ सचेत बन्नुपर्ने सुुझाव दिए । अब आर्थिक पक्ष चलायमान बनाउन नसके कोरोनाले भन्दा पनि भोकमरीको समस्या उत्पन्न हुनसक्नेप्रति उनीहरूले चिन्ता व्यक्त गरे । प्रमुख व्यञ्जुका अनुसार हरेक नागरिकले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम…

Read More

राजविराज, ४ असोज । किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई धम्क्याउन थालेका छन्। ‘दुःखी, गरिब, कमजोरको आफ्नो भन्ने कोही हुँदा रहेनछन्’, उनले भनिन्, ‘आँट, भरोसा र आस दिनेभन्दा धम्क्याउने बढी भयो।’ मृतककी बहिनी सविताले दिदी बितेपछि निदाउन नसकेको सुनाइन्। ‘धम्क्याउनेहरूले अनेक कुरा सुनाउँछन्। कोहीले भन्छन्, अब तिमीहरूलाई जातबाट अलग गरिदिने रे। कोहीले सुनाउँछन्, मुद्दा दर्ता भए पनि साक्षी कोही पनि बस्दैनन्।’ सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवीकी १७ वर्षीया छोरी संगीता हालै सामूहिक बलात्कारको सिकार भएकी थिइन्। तर,…

Read More

काठमाडौं, ४ असोज । निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैनिक तीन घण्टा पनि पढाउँदैनन्। तर, मासिक शुल्क पूरै असुलिरहेका छन्। केहीले त शुल्क तिर्न नमान्ने अभिभावकलाई बच्चा अन्यत्रै लैजान चेतावनी दिएका छन्। कक्षा १२ सम्मको शिक्षाको दायित्व बोकेको स्थानीय सरकार भने अभिभावकका समस्यामा बेखबर छन्। यही बहाना बनाएर शिक्षा मन्त्रालय यो मामिलाबाट पन्छिने गरेको छ। कतैबाट पनि गुनासो सुनुवाइ नभएपछि बालुवाटारस्थित एक विद्यालयका अभिभावकले राष्ट्रपतिलाई गुहारेका छन्। उनीहरूले सुरुमा मन्त्रालय, काठमाडौं महानगरपालिका, अभिभावक महासंघ, प्रहरीलगायत सात निकायमा उजुरी दिएका थिए। स्कुलले कुन कक्षाका विद्यार्थीसँग कति शुल्क लिइएको भन्ने विवरण खुलाउनुपर्ने माग अभिभावकले गरेका छन्।…

Read More