
बिर्तामोड, ४ असोज । सरकारले संविधान दिवसको अवसरमा झापाका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई समाजसेवा रत्न प्रदान गरेको छ । सामाजिक सेवामा योगदान गरेको भन्दै सरकारले गिरीलाई उक्त सम्मान प्रदान गरेको हो ।
गिरीसहित ११ जनालाई सरकारले समाजसेवा रत्न पदक प्रदान गर्ने निर्णय गरेको छ । बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक गिरी झापाको सामाजिक अभियानमा निरन्तर क्रियाशील छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


