झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १९ मंसिर । वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् । पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन् । भाषा परीक्षामा भने एक जना पास भएका छन् । भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७ जना परीक्षामा सहभागी भएका थिए । जसमा ५६ जना मात्र उत्तीर्ण भए । उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५…

Read More

अर्जुनधारा, १९ मंसिर । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्ट बिकास लिम्बुलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ । सोही नगरपालिका वडा नम्बर –१ मा स्थायी घर भएका लिम्बुलाई अर्जुनधारा नगरपालिकाले चन्द्रगढी विमानस्थलदेखि स्कर्टिङ गर्दै नगर परिक्रमा गराएको थियो । नगरपालिकाले लिम्बुलाई भोट गरेर बिजयी बनाउन आग्रह समेत गरेको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल लिम्बुले अर्जुनधाराको शनिश्चरे बजार र खुदुनावारीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमसँगै सांगितीक कार्यक्रम प्रस्तुत गरेका थिए । विकास लिम्बु जिताऔं अभियानको आयोजनामा भएको सांगितीक कार्यक्रममा लिम्बुले तीनवटा गित प्रस्तुत…

Read More

काठमाडौँ, १९ मंसिर । पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो । नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले दैनिक १ हजारको संख्यामा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुलिस रिपोर्टका लागि आवेदन दिने गरेको समेत जानकारी दिए । सो संख्या दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ । यो प्रणाली सुरु भएसँगै लाइन लगाएर पुलिस…

Read More

इलाम, १८ मंसिर । इलामको सन्दकपुर गाउँपालिका–२ गिताङ बस्ने ४७ वर्षीय वीरबहादुर राई खोलाको दहमा मृत अवस्थामा फेला परका छन् । मंगलबार बेलुका ८ बजेदेखि हाराई बेपत्ता भएका उनलाई आफन्तले खोजतलास गर्दै जाने क्रममा आज बिहान सवा ८ बजेको समयमा सोही स्थानमा रहेको गिताङ र राते खोलाको दोभानको दहमा मृत अबस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं, १८ मङ्सिर । जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा गरिएको सिप परीक्षामा सबै अनुतिर्ण भएका छन् । जापान फाउन्डेसले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा सहभागी सबै अनुतिर्ण भएका हुन् । सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागि थिए । ती मध्ये भाषा परीक्षामा मात्र एक जना उत्तीर्ण भएका छन् । नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप उत्तीर्ण हुनुपर्छ । अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्रबाट छानेर जापान फाउन्डेसनले परीक्षा लिएको थियो । कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो प्रष्ट नहुँदा परीक्षार्थी अन्योलमा परेर फेल भएको…

Read More

खोटाङ, १८ मंसिर । खोटाङको ऐसेलुखर्क गाउँपालिका(२ देउराली स्थित जंगलमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–४ काउले बस्ने ६० बर्षिय टंक बहादुर राई मृत अवस्थामा फेला परेका छन् । गत १४ गते घरबाट घरमा कोही कसैलाई जानकारी नगराई हिडेका उनलाई खोजतलाश गर्दै जाने क्रममा आफन्तले मंगलबार साझँ साढे ५ बजेको समयमा उक्त जंगलमा मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरीको टोली खटि आवश्यक कानूनी प्रकृया पुरा गर्नुका साथै थप अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, १८ मंसिर । झापाको बिर्तामोड नगरपालिका–३ बुद्दमार्ग बस्ने मिलन फुयलको ४ बर्षिय छोरा ओस्कर फुयलले बाटोमा खेल्ने क्रममा सोहि ठाउमा उम्रिएको च्याउ खाएर बिरामी परेका छन । मंगलबार दिउँसो सवा ३ बजेको समयमा च्याउ खाएर बिरामी भएपछी उनलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगीएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Read More

विराटनगर, १८ मङ्सिर । प्रदेश नं १ को सरकारले रु २०४ अर्बको लागतमा आगामी १० वर्षभित्र सात हजार २२६ किमिको प्रादेशिक सडक सञ्जाल विस्तार गर्ने गुरुयोजना सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘सडक सञ्जाल गुरुयोजना सन् २०२०–३०’ सार्वजनिक कार्यक्रममा सो जानकारी दिइएको हो । प्रदेशअन्तर्गतका १३७ स्थानीय निकायका केन्द्रसम्म सडकको पहुँज पु¥याउन आगामी १० वर्षभित्र सडक खण्डले सेवा पु¥याउने जनसंख्यालाई प्रमुख मापदण्ड बनाइ सडकको प्राथमिकिकरण गरिएको छ । विस्तार गरिने सडकमा प्रादेशिक लोकमार्गअन्तर्गत एक हजार ७१७ किमि दुई लेनको कालोपत्र नयाँ निर्माण वा स्तरोन्नति, सहायक प्रादेशिक लोकमार्ग दुई हजार ७८६ किमि मध्यम लेन कालोपत्रमा स्तरोन्नति र अन्य प्रादेशिक…

Read More

काठमाडौँ, १८ मंसिर । दिन कस्तो आयो भने, द्वन्द्वकाल्नि समयका वादी र प्रतिवादी एउटै मञ्चमा ‘प्रतिवादी’ भनिएकाले प्रमुख अतिथि बनेर ‘वादी’ पक्षका आफन्तप्रति सहानुभूति प्रकट गर्दै न्यायकका लागि लड्छु भनिदिनै पर्ने । नेकपा अध्यक्ष प्रचण्डले यस्तो अप्ठेरोमा नजाने खबर पठाए । तर, अर्को पक्षले भन्यो – उसो भए खुमलटार गएर उनकै घरमा कार्यक्रम गर्छौँ । यस्तो रोइलो खुमलटारमा चलाउनुभन्दा पार्टी अफिस जानु बेश ठानेर प्रचण्ड १५ गते विहान शहीद बुद्धिमान पाख्रिनको श्रद्धाञ्जली सभामा । पाख्रिन सशस्त्र द्वन्द्वकालमा दोलखामा विद्रोही (माओवादी) पक्षमा मारिएका थिए । उनकी पत्नी शान्ति सांसद छिन्, पहिला पनि संविधानसभा सदस्य हुन् । पाख्रिनको श्रद्धाञ्जलीका लागि आयोजिवत कार्यक्रममा…

Read More

काठमाडौँ, १८ मंसिर । नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित रहेको छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको समाचारमा उल्लेख छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहका विष्णु रिमाल टार्गेटमा परेको सूचना सरकारी संयन्त्रले पाएको हो । यस विषयमा शंकास्पद दुई व्यक्तिलाई गिरफ्तार गरिएको जानकारी मिलेको छ । हमलाका योजनाकारहरु विप्लव समूहसँग आबद्ध भएको भनिए पनि अरु नै कुनै आपराधिक गिरोहले विप्लवको नाममा आफ्ना गतिविधि सञ्चाल…

Read More