
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ मंसिर । प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई दशमलव शून्य आठ प्रतिशत रहेको जानकारी दिइएको छ । त्यसमा महिला ४२ हजार ६८१ र पुरुष ५१ हजार ९५९ छन् । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई विश्वव्यापीरूपमा स्थापना गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र सङ्घले अन्तरराष्ट्रिय अपाङ्गता वर्षका रुपमा घोषणा गरेपछि नेपालमा पनि…
बिर्तामोड, १६ मङ्सिर । झापाको मेचीनगर नगरपालिकाबाट आज प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । नेपालबाट भारततर्फ सुपारी लैजाँदै गरेको भन्ने बिशेष सूचनाका आधारमा आज बिहान मेचीनगर–६ तुर्केनीबाट ठूलो परिमाणमा सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपालबाट भारततर्फ साइकलमा लोड गरी लैजान तयारी गरिएको अवस्थामा ४ हजार ६ सय २० केजी सुपारी बरामद गरेको हो । उक्त सुपारीको मूल्य करीब रू १३ लाख ८६ हजार रहेको प्रहरीले जनाएको छ । बरामद सुपारी आवश्यक कारबाहीका…
काठमाडौँ, १६ मंसिर । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३ स्थानमा जित हासिल गर्दा अन्य पार्टीले ९ स्थानमा विजय हासिल गरेका छन् । नतिजाअनुसार बागलुङ निर्वाचन क्षेत्र नं २ (२) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् । यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपाले जनमोर्चालाई सो वडामा समर्थन गर्ने निर्णय गरेपछि भीमेश्वर घर्ती मगरले…
धरान, १६ मंसिर । धरान उपमाहानगरपालिकाको मेयरमा नेकपाका प्रकाश राईलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलक राई बिअजयी भएका छन् । उनले तेस्रो पटकको प्रयासपछि चुनाव जितेका हुन् । भोजपुरमा विसं। २०३१ सालमा जन्मेर धरान झरेका कांग्रेस नेता तिलक राई पहिलोपटक ०५४ सालमा घरान– १८ को वडाध्यक्षमा चुनाव लडेर हारे । ०७२ को स्थानीय चुनावमा उनी मेयरमा लडे, त्यहाँ पनि हारे । तेस्रो पटकको चुनावी प्रतिस्पर्धामा उनी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भई छाडे । दौरा सुरुवालमा सजिएर हँसमुख राईले सोमबार नै मुख्य निर्वाचन अधिकृतबाट सपथ खाइसकेका छन् । नेपाली कांग्रेसले धरानमा ऐतिहासकै पहिलोचोटि विजयोत्सब मनाएको छ । धरानको मेयरमा ०४८ सालयता नेपाली…
कास्की, १६ मंसिर । कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५४६ ले मतदान गरेका थिए । जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिएको थियो । चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको सङ्ख्या छ रहेको छ । स्वतन्त्र उम्मेदवारका रुपमा रहनुभएका उहाँहरुमा दुई जनाले…
मिक्लाजुङ, १६ मङ्सिर । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गर्नुभएको हो । गए राति सम्पन्न मतपरिणामानुसार कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३२०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त०का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गर्नुभएको छ…
धरान, १६ मङ्सिर । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस लगभग जित नजिक पुगेको छ । मतगणानाको सुरुवातदेखि नै अग्रता कायम राखेको कांग्रेसले अहिले मतान्तरलाई फराकिलो बनाउँदै जित सूनिश्चित बनाएको हो । शनिबार भएको उपनिर्वाचनको पछिल्लो मत परिणामअनुसार कांग्रेसका उम्मेदवार तिलक राई २८०० मतले अघि छन् । उनलाई सत्तारुढ नेकपाका प्रकाश राईले पछ्याइ रहेका छन् । कांग्रेसको मतान्तर फराकिलो हुँदै गएपिछ नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन् । विजयको घोषणा नभएपनि कार्यकर्ता जुलुस निकाल्ने तयारीमा रहेको बताइएको छ । यो पटको चुनाव जिते धरानमा कांग्रेसको पहिलो जितको इतिहास रच्ने छ ।
काठमाडौँ, १६ मंसिर । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको भएकोे छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेखनीय सुधार भएको जनाइएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
काठमाडौं, १६ मंसिर । नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद ९साग०मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो । यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ । महिला भलिबल टोली देशको साख राख्न सफल बनेका छन् । शनिबार दशरथ रङ्गशालाको स्टेडियममा भलिबलको नेपाली महिला टोली उत्रियो । सेमिफाइनलमा प्रतिस्पर्धा गर्न श्रीलङ्काको महिला टोली पनि साथै उत्रियो । आफ्नै भूमि, आफ्नै दर्शक महिला टोलीमा ऊर्जा दोहोरो भरिएकै थियो ।…
झापा, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाब पर्दै आएको छ । प्रधानमन्त्री ओलीले पनि भारतबाट अतिक्रमण भएको नेपाली भूमि कुटनीतिक पहलमार्फत फिर्ता गरिने प्रतिबद्धता जनाउँदै कालापानीबाट भारतीइ सेना हट्नुपर्ने बताउँदै आएका छन् । नेकपा स्रोतका अनुसार पार्टी वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालको नेतृत्वमा विशेष दूत नयाँदिल्ली पठाउने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । आजको राजधानी दैनिकमा…