झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ मंसिर । मनमहोन कार्डियोथारासिक भास्कुर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरुले आंकलन गरेका छन् । प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि पुनः प्रत्यारोपण गर्ने योजना अहिले छलफलमै सीमित रहेको छ । मिर्गौला प्रत्यारोपणका लागि दुई जना नातेदार तयारी अवस्थामा छन् । आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेकाले प्रत्यारोपणको समय धकेलिएको हो ।

Read More

फिल्म ‘जय हो’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् सना खान । उनको जन्म २१ अगस्त १९८७मा भारतमा भएको हो । सनाले आफ्नो करियरको सुरूवात मोडेलिङबाट गरिन र पछि विज्ञापन र चलचित्रहरूमा पनि काम गर्न सुरू गरिन् । उनले दक्षिण भारतीय चलचित्रहरूमा पनि अभिनय गरेकी छिन् । हाल सम्म उनले ५ भाषाको १४ वटा चलचित्रहरूमा अभिनय गरिसकेकी छिन । समाचारअनुसार उनले कोरियॉग्रफर मेल्विन लुइस संग पनि डेट गरेकी थिइन् । त्यसो त उनि बिग बोसबाट चर्चामा आएकी हुन् । तर पछिल्लो समय उनले आफ्नो प्रेमीसंग मिलेर एक मीडिया रिपोर्टरलाई ध म्कि दिएका कारण उनी जेल गएकी छन् । उनि…

Read More

मेचीनगर, १३ मंसिर । मेची उद्योग बाणिज्य संघको आयोजना र मेचीनगर नगरपालिकाको सह आयोजनामा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव २०७६ लाई भव्यताका साथ सम्पन्न सर्वपक्षीय छलफल भएको छ । आगामी पुस ९ गतेदेखि शुरु हुने भनिएको महोत्सवका लागि बिहीबार संघले सरोकारवालासँगको छलफल गरेको हो । संघको पूर्व अध्यक्षहरु, उद्योग वाणिज्य महासंघको प्रतिनिधि, सुरक्षा निकाय, स्थानिय तह, झापा उद्योग वाणिज्य संघ, दमक उद्योग वाणिज्य संघ, महोत्सवका विभिन्न उप समितिहरु लगायत अन्य सरोकारवालाहरुसँग छलफल भएको थियो । छलफलमा विशेष गरी महोत्सवको तयारीको विषयमा साथै अन्य विषयहरुमा गर्नुपर्ने गृहकार्यको चर्चा भएको थियो । महोत्सवका स्टलहरु र हालसम्म गरीएका…

Read More

भद्रपुर, १३ मंसिर । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । भद्रपुर १० स्थित आदर्श क्रिकेट एकाडेमीले जिल्लामा छरिएर रहेका क्रिकेट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उद्देश्य राखेर यही मङ्सिर १६ गतेदेखि १४ गतेसम्म जिल्लास्तरीय टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता गर्न लागेका हुन । एकेडेमीले बिहीबार चन्द्रगढीको दैलो थकाली किचनमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । प्रतियोगितामा बोस्टन क्रिकेट एकेडेमी बिर्तामोड, युनाइटेड क्रिकेट एकेडेमी बिर्तामोड, धुलाबारी क्रिकेट एकेडेमी मेचीनगर, मिलन क्रिकेट क्लब मेचीनगर, आदर्श क्रिकेट क्लब कचनकवल, मेची बहूमुखी क्याम्पस भद्रपुर, पैट्रियटिक क्रिकेट एकेडेमी दमक र आयोजक आदर्श क्रिकेट एकेडेमीसहित आठ…

Read More

इलाम, १३ मंसिर । जिल्ला बारा बर्दिया घर भई ईलाम बस्दै आएका २८ बर्षीय बाल कुमार चौधरीको करेन्ट लागी मृत्यु भएको छ। हिजो राती ११ बजे ईलाम नगरपालिका–५ स्थितमा रहेको माईखोला हाईड्रो पावरमा काम गर्ने क्रममा तार सट भई करेन्ट लागी बेहोस भएका चौधरीको उपचारको क्रममा आज राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

Read More

बिर्तामोड, १३ मङ्सिर । झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कचनकवल–७ का ५५ बर्षीय काया राय क्षेत्रीको बिहीबार राति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको थियो । मृतक क्षेत्री सोही सामुदायिक वनको भवनमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए ।

Read More

बिर्तामोड, १३ मंसिर । झापाको बिर्तामोड–भद्रपुर सडक निर्माण कार्यलाई तीव्रता दिने ठेकेदार कम्पनीले जनाएको छ । सडक निर्माणको जिम्मा पाएको आशिष प्रेरा जेभीका सञ्चालक विकास मल्लले बिर्तामोडमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सडक निमार्ण तोकिएको समयमै सम्पन्न गर्ने बताए । ‘आगामी जेठ भित्रमा सडक निर्माण सक्छौँ’, उनले भने, ‘अब काम तीव्र गतिमा हुन्छ ।’ यसअघि राजकिशोर गुप्तालाई पेटी कन्ट्रयाक्टमा काम दिएका मल्लले गुप्ताले काम गर्न नसकेपछि आफ्नो प्रत्यक्ष निगरानीमा सडक निर्माणको काम सक्ने दाबी गरे । सडक निर्माण अवधि सकिन ४६ दिन मात्र बाँकी छ भने हालसम्म ३० प्रतिशत मात्र काम पूरा भएको छ । आशिष प्रेराले २७ करोड ९…

Read More

धे‌र‌ै‌ दिनपछि माइलाबाका घर‌मा जानै‌ पनेर्‌ जरुर‌ी काम पर‌े‌को‌ले‌ भार‌ी पा्इला चाल्दै‌ अलिक डर‌, धक, संको‌च मान्दै‌ म पुगे‌ँ । ठूलो‌ घर‌, फर‌ाकिलो‌ आँगन, विशाल गाईगो‌ठ, घो‌डाको‌ स्तबल, आँगनका पुछार‌मा खर्लक्कै‌ निलिहाल्लान् जस्ता भो‌टे‌कुकुर‌ बाँधे‌का, घर‌भरि‌ तिघ्रे‌–पाखुर‌े‌ नो‌कर‌चाकर‌, ठूलै‌ जिमिदार‌ सामन्तीको‌ र‌वाफ, घर‌ अगाडि जातजातका फूल ढकमक्क फुले‌का, घर‌ वरि‌परि‌ खै‌ के‌–के‌ प्राविधिक उपकर‌ण जो‌डिएका, एउटा सम्भ्रान्त घर‌को‌ शानशौ‌कतयुक्त सजिसजाउ थियो‌ त्यहाँ । म पुग्दा माइलाबा नो‌कर‌चाकर‌, आशे‌ गाँसे‌हरूलाई काम अर‌ाउँदै‌ थिए । अर‌ाउनुभन्दा बढ्ता हप्काउँदै‌ थिए । उनका घर‌ वरि‌परि‌ मसिना झुप्रा छाप्रा घर‌हरू थिए, ती घर‌हरूमा सर्वत्र बुढाकै‌ हकडक र‌ र‌जाइँ चलिर‌हे‌को‌ स्पष्टै‌ अनुमान लाउन सकिन्थ्यो‌ । दिल्ली पुग्दा ने‌पाली ने‌ता र‌ तिनका…

Read More

झापा, १३ मंसिर । भारतको पन्जाबमा अध्यनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको छ । चार महिनाअघि उच्च शिक्षा हासिल गर्न भारतको पन्जाब राज्यस्थित रिम्ट युनिभर्सिटी पुगेका सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षीय हेमन्त मण्डलको युनिभर्सिटी प्रशासनको लापरबाहीले ज्यान गएको परिवारजनले बताएका छन् । उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसोमात्र खबर गरिएको हेमन्तका बुबा बलरामले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

झापा, १३ मंसिर । भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ । ठाकुरले नाथुराम गोडेसलाई देशभक्त भनेको यो दोस्रो पटक हो । पहिलो पटक गत मेमा उनले सो अभिव्यक्ति दिएकी थिइन् । संसदको तल्लो सदनको छलफलका क्रममा उनलाई बुधबार गोडसेलाई देशभक्त भनेकी थिइन् । एजेन्सी

Read More