
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ मंसिर । झापामा यो वर्ष धान उत्पादनमा कमी आउने भएको छ । गत वर्षभन्दा कम क्षेत्रफलमा धान लगाइएको र धानमा फड्के कीरा तथा फौजी कीराको संक्रमण भएसँगै जिल्लामा धान उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । फड्के कीराको संक्रमणका कारण जिल्लाका विभिन्न स्थानमा लगाइएको २२५ बिघा धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत शेषराज पौडेलले जानकारी दिए । उनका अनुसार फड्के कीराले क्षति पु¥याएको क्षेत्रमा ९० प्रतिशतसम्म धान उत्पानमा कमी आएको छ । ‘सुरुमै थाहा पाएको भए फड्के कीराको संक्रमण विषादीको प्रयोग गरेर नियन्त्रण गर्न सकिन्थ्यो’, उनले भने, ‘पछि थाहा भएकाले केही गर्न सकिएन ।’ कार्यालयका…
मेचीनगर, १२ मंसिर । खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित भएको फेला पारेपछि अस्मिता पाउरोटी उद्योगलाई शिलबन्दी गरेको हो । टोलीले मेचीनगरमा रहेका आधा दर्जन बेकरी उद्योगमा अनुगमन गरेको थियो । मेचीनगर–१० मा रहेको अस्मिता पाउरोटी उद्योगले नेपाल सरकारले तोकेको खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्डलाई चरम बेवास्ता गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेका…
भद्रपुर, ११ मंसिर । नेपाल सामुदायिक विकास केन्द्र ९एनसिडिसी० भद्रपुरका संस्थापक अध्यक्ष रामप्रसाद ढुंगानाको ८४ वर्षको उमेरमा आज निधन भएको छ । झापाको भद्रपुर नगरपालिका वडा नं ८ निवासी ढुंगाना एक कुशल सामाजिक अभियन्ता एवम् अभिभावक, निष्ठावान व्यक्तित्वका रुपमा परिचित थिए । उनी भद्रपुरको मात्र नभई मेची अञ्चलमा नै सामाजिक क्रियाकलापमा अग्रसर भएर काम गर्ने तथा सबैका प्रेरणाका स्रोत रहेका जनाइएको छ ।
काठमाडौँ, ११ मङ्सिर। विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि रु १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न रु १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि रु दुई अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको हो अर्थमन्त्रायलमा आज आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र यहाँस्थित बैँकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ । उक्त परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा…
अर्जुनधारा, ११ मंसिर । झापाको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार राना मगरलाई पितृ शोक परेको छ । उहाँका बुवा ८३ वर्षीय रामबहादुर राना मगरको आज साँझ ५ बजे अर्जुनधारा–११ स्थित निजी निवासमा निधन भएको हो । उहाँ कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको स्व. पञ्चमाया, श्रीमती पवित्रा, छोराहरु जेठा हरिकुमार राना, माइला पुष्प र स्व. तारा राना, छोरीहरु मीना, स्व. मैया, १३ जना नातिनातिनी र ८ जना पनाति(पनातिनी रहेका छन् । उहाँको भोलि बिहीबार कनकाई नदीमा दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । झापा अनलाइन परिवार दिवंगत स्व. रानाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।
काठमाडौँ, ११ मङ्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि शुरु भएको भलिबल खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ । सागको औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुने भए पनि महिला र पुरुष भलिबल खेल भने आजदेखि नै शुरु भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिष्द (राखेप) को कभर्डहलमा आज भएको उद्घाटन खेलमा राष्ट्रिय महिला भलिबल टोलीले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको नेपाली महिला भलिबल टोलीले पहिलो सेट २५–९ ले जित्यो भने दोस्रो सेट पनि समान २५–९ ले आफ्नो पक्षमा पा¥यो । त्यसैगरी तेस्रो…
अर्घाखाँची, ११ मंसिर । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दु र्घट नामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिनुभयो । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताउनुभयो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई…
काठमाडौं, ११ मंसिर । चुनावी सभालाई सम्बोधन गर्न पोखरा पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषण टिठलाग्दो भएको बताएका छन् । चुनावी सभालाई सम्बोधन गरेका प्रचण्डले सोही ठाउँमा चार दिन अघि मात्र देउवाले ‘प्रधानमन्त्री केपी ओलीसँग मिलेर भारतले नयाँ नक्सा जारी गरेको’ भनेकोप्रति कडा जवाफ दिँदै भने,‘यस्ता उटपट्याङ कुरा गर्न सुहाउँछ ? यो तालले कांग्रेस एकादेशको पार्टी हुनसक्छ ।’ हत्केलाले सूर्य छेक्ने कोशीश गरी देउवाले बयानबाजी गरेको बताएका प्रचण्डले भने,‘शेरबहादुरजीले झुठ बोल्नु भएको छ । यस्तो बेइमानी कुरा गर्न मिल्छ ?’ शान्ति सम्झौताका बेला गिरीजाप्रसाद कोइरालासँग हस्ताक्षर गरेको, कोइरालाले नेपाल तपाईको…
धरान, ११ मङ्सिर । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि धरानको प्रमुख पदमा उम्मेदवारी दिएका दलहरु आ–आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा व्यस्त छन् । प्रतिस्पर्र्धी दलका प्रत्यासीले धरानको विकास निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । धरानमा १२ राजनीतिक दल र ११ स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी दिएका छन् । नेकपा र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने छ भने सङ्घीय समाजवादी र सङ्घीय लिम्बूवान मञ्चलगायतले उम्मेदवारी दिएका छन् । धरानमा प्रमुख र वडा नं–७ को अध्यक्षका लागि निर्वाचन हुँदैछ । यसअघि धरानको प्रमुखमा तारा सुब्बा तत्कालीन एमालेबाट विजयी हुनुभएको थियो । एकवर्ष अघि मिर्गौला रोगका कारण उहाँको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो…
काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी गरेको विज्ञप्तिमा उहाँको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा हुनुहुन्छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान सो सेन्टरमा जानुभएकोे र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ ।