
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ८ मङ्सिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै देउवाको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली माथि देउवाले निराधार आ रोप लगाएको बताएका छन् । देउवाले शनिबार पोखरामा सम्बोधन गर्दा भारतले नेपालको सीमा मिचेर बनाएको नक्सामा प्रधानमन्त्री ओलीकै संलग्नता रहेको अभिव्यक्ति दिएका थिए । श्रेष्ठले भनेका छन्, ‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओलीमाथि आ रोपित गर्दै पूर्व प्रम देउवाले आज पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरे पनि कम हुन्छ ।’…
झापा, ८ मंसिर । अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज–१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर १४ र १८ को भूमिकर उनले चालू आर्थिक वर्षको पनि असारसम्मको नै तिरेका हुन् । मुलुकको पछिल्लो संरचनाअनुसार स्थानीय पालिकामा नै भूमिकर तिर्ने नीतिअनुसार आफूले वीरगन्ज महानगरपालिकामा पुगी भूमिकर तिरेको कोइरीले बताए । भूमिकरबापत मैले विवादित जग्गासहितको आफ्नो लालपुर्जा भएको जग्गाको १२ हजार ३३५ रुपैयाँ राज्यलाई भूमिकर बुझाए उनले भने । आजको राजधानी दैनिकमा खबर छ ।
झापा, ८ मंसिर । उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ। विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका १६ देखि ४० वर्ष उमेर समूहका युवालाई पहिलो चरणामा ५ अर्ब रुपियाँ बराबरको ऋण दिन लागेको हो। यसका लागि राष्ट्रिय युवा परिषद्ले सरकारी र निजी गरी चारवटा बैंकसँग सम्झौता गर्ने भएको छ। परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले पहिलो चरणमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र एनएमबी बैंकबीच सम्झौता हुने तयारीमा रहेको जानकारी गराए । आजको नेपाल समाचारपत्रमा खबर…
झापा, ८ मंसिर । भारतीय कम्पनी जीएमआरले अघि बढाएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेवा)को विद्युत् तेस्रो मुलुक बंगलादेशले किन्न निश्चित भएपछि क्षेत्रीय विद्युत व्यापारको ढोका खुलेको छ । आयोजनाको ९०० मेगावाटमध्ये ५०० मेगावाट विद्युत किन्न विद्युत् खरिद÷विक्री सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको हो । ‘माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने स्वीकृतिका लागि फाइल सरकार (बंगलादेश)को मन्त्रिपरिषद्मा पुगेको छ,’ ऊर्जा सम्मेलनका क्रममा बिहीबार काठमाडौँमा बंगलादेश सरकारका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भने, ‘केही महिनाभित्रै स्वीकृति प्राप्त हुनेछ ।’ आजको आर्थिक अभियानमा खबर छ ।
उदयपुर, ८ मंसिर । उदयपुरको कटारी नगरपालिका-८ स्थित सिद्दीचरण राजमार्गको घुम्ती भन्ने स्थानमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । शनिबार बेलुका पौने ८ बजेको समयमा बेतीनीबाट कटारी तर्फ आउँदै गरेको स ११ प ३२२८ नंबरको मोटरसाईकल र कटारीबाट लेखानी तर्फ गईरहेको ना ७ ख ४६१५ नंबरको ट्रक एक आपसमा क्रस हुने क्रममा सडकको साईडको नालिमा मोटरसाईकल पल्टिएर दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार उदयपुरको कटारी नगरपालिका(३ बस्ने बर्ष ३७ को सन्तोष कार्की घाईते भई उपचारको लागी कटारी अस्पताल ल्याईएकोमा उपचारको क्रममा बेलुका सवा ९ बजेको समयमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट…
झापा, ८ मंसिर । झापाको दमक नगरपालिका–१ रतुवा खोलामा बनाउदै गरेको नँया पुलको छेउमा पुलको लागि खनेको खाल्डेको जमेको पानीमा पौडी खेल्ने क्रममा २ जना बालकको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेको समयमा झापाको दमक नगरपालिका–१ बस्ने टेकबहादुर उपरकोटीको छोरा वर्ष ९ को आयुष उपरकोटी र पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घर भई हाल दमक नगपालिका–१ मा डेरा गरी बस्ने वीरबहादुर चेम्जुङको छोरा वर्ष १२ को मिषन चेम्जुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटि घटनास्थल मुचूल्का तथा कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।
मोरङ, ८ मंसिर । मोरङ बिराटनगर महानगरपालिका १७ भन्सार कार्यलयभित्र रहेको ट्रान्स नेपालको पार्कीङ स्थलमा रोकी राखेको भारतिय नम्बर प्लेटको ट्रक भित्र १ भारतिय नागरिकको मृत्यु भएको छ । भारतबाट नेपाल आएको UP78FT 3516 नम्बरको ट्रक भित्र सोहि ट्रकका सह चालक भारत कलोनि कानपुर नगर पन्चायत ४ उतर प्रदेश बस्ने बर्ष ५६ को ईतबार अलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ। मिसिनेरी सामान लोट गरी गत विहिबार नेपाल आई पार्कीङ गरी राखेको ट्रकमा ट्रकका चालक र मृतक अलि हिजो शुक्रबार रातको खाना र ज्वरोको औषधी खाई सोहि ट्रकको क्याबिनमा सुतेकोमा आज विहान ११ बजे ट्रकका चालक भारत तिपुगंन्ज…
एजेन्सी, ७ मङ्सिर । भनिन्छ – ‘मायाँ अन्धो हुन्छ’ त्यसैले त मायाँमा न जात हेरिन्छ, न धर्म, न सीमा न त उमेर नै । यहिँ भनाइलाई चरितार्थ गर्ने एक जोडी अहिले इन्टरनेटमा भाइरल भएका छन् । इण्डोनेसियाको गोवामा बस्ने ६२ वर्षका वृद्ध र १८ वर्षकी युवतीबीच प्रेम बसेपछि विवाह गरेका छन् । त्यहाँको एक वेबसाइटले जनाएअनुसार ६२ वर्षीया सुलेमान डाएंग नगम्पा स्थानीय लोहारको पसलमा चक्कु किन्न जाँदा पसलेकी १८ बर्षिया छोरी डायनासँग प्रेम सुरु भएको थियो । एक वर्षको प्रेमपछि उनीहरुले बिहे गरेका हुन् । सुलेमान ५ छोराछोरी र ९ नाति नातिनीका अभिभावक हुन् । केही समयअघि उनकी पत्नीको निधन…
गण्डकी, ७ मङ्सिर । नेपालको आँखामा छारो हाल्ने किसिमले भारतले नयाँ नक्सा जारी गरेकोप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा नै भारतले नयाँ राजनीतिक नक्सा तयार पारेर सार्वजनिक गरेको आ रोप समेत लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले पोखरा आएर यस्तो आ रोप लगाएका हुन् । आगामी मंसिर १४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई मध्यनजर गर्दै पोखरामा शनिबार आयोजित नेपाली कांग्रेसको आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीकै सहमतिमा नेपाली भू(भाग भारतको नयाँ नक्सामा समेटिएर मात्र सार्वजानिक भएको बताए । उनले भारतसँग ओलीको सम्झौता भएको हुन…
झापा, ७ मंसिर । झापा दमक नगरपालिका–६ बस्ने १ जनाले आफ्नै घाँटीमा चक्कुले काट्दा उनको मृत्यु भएको छ । हिजो दिउसो सवा २ बजे आफ्नै घरमा ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए । लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा निरौलाको राती सवा ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।