
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ६ मंसिर । भद्रपुरको वडा नं–८ स्थित पृथ्वी आधारभूत विद्यालयलाई अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीले १ लाख रुपैयाँ बढीको सहयोग उपलब्ध गराएको छ । रोटरी क्लब अफ् भद्रपुरले रोक्ट्रयाक्ट क्लब अफ् भद्रपुरको संयोजनमा मंसिर ४ गते अध्यापन–प्रोजेक्टर सो विद्यालयलाई हस्तान्तरण गरेको हो । रोटरीका भद्रपुर अध्यक्ष टीकाराज ढकालको सभापतित्वमा भएको सोही कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले शैक्षिक प्रोजेक्टर र रोटरीले नै व्यवस्थित बनाइदिएको कक्षाकोठाको पनि उद्घाटन गरेका थिए भने रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर कुमार गिरीले बालबालिकाको क्षेत्रमा अन्तर्राष्ट्रिय रोटरीले उल्लेखनीय सहयोग पु¥याउँदै आएको जनाउँदै सहयोगको सदुपयोग गर्न विद्यालयलाई आग्रह गरेका थिए । रोटरी क्लब अफ् भद्रपुरले अभिभावकत्व…
भद्रपुर, ६ मंसिर । यहाँको मेची नदीमा रिभरसाइड बीच भलिबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ गते अन्तर्राष्ट्रिय मानव एकता दिवसको अवसर पारेर ७ गतेसम्म भद्रपुरमा वडास्तरीय ‘बीच’ भलिबल प्रतियोगिता हुन लागेको हो । यही मंसिर ४ गते पत्रकार सम्मेलन मार्फत आयोजक भद्रपुर नगरपालिकाको ५ नम्बर वडाका तर्फबाट वडाध्यक्ष बन्धु कार्कीले जानकारी गराएअनुसार, गत वर्षको सफलतापछि यस वर्ष दोस्रो संस्करणको प्रतियोगिताका लागि कूल ३ लाख रुपैयाँ लागत अनुमान रहेको र वडाको सिलिङबाट विनियोजित १ लाख ७० हजारमा नपुग रकमका लागि भने प्रायोजकको खोजी भइरहेको छ । मेची पुलको प्रवेशविन्दुमा आयोजना हुने सो प्रतियोगितामा नगरका १० वटै वडाका खेलाडीले…
मोरङ, ६ मंसिर । मोरङको सुन्दर-हरैचा नगरपालिका(९ बुधबारे स्थित राजकुमार बोहोराको घरमा चोरी गरेर भाग्दै गरेको अवस्थामा १ जना पक्राउ परेका छन । बिहिबार साँझ ६ बजेको समयमा काठमाण्डौ नैकाप घर भएका २६ बर्षिय आशीष मगरलाई उक्त घरमा कोही नभएको अवस्थामा चोरी गरी भाग्दै गर्दा स्थानीय मानिसले पक्राउ गरी प्रहरी चौकी बिराटचोकमा जानकारी गराएका थिए । घटनाबारे जानकारी पाउनासाथ उक्त स्थान तर्फ खटिएको प्रहरीको टोलीले निजको साथबाट ल्यापटप थान–१,पेन ड्राईभ थान–१ लगायत अन्य किराना सामान सहित नगद रु ४,५०० बरामद गरेको थियो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान कार्य सुरु गरीएको उक्त कार्यालयले जनाएको छ…
रक्सी पिउनु स्वास्थ्यका लागि हानिकार मानिन्छ । यसका बाबजुद विश्वका प्रशस्त मानिस रक्सी पिउने गर्छन् प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउँछन् । रक्सीको मूल्य पिउने मानिसको हैसियतअनुसार पनि निर्धारण हुन्छ । ठूला–ठूला दिग्गज आफ्नो पाहुनालाई महँगो रक्सीले स्वागत गर्छन् ताकि उनीहरुको रवाफ बढोस् । विश्वमा धेरै महँगा रक्सी पनि हुन्छन् । १. टकिला ले ९२५ः जुन बोतलमा यसलाई राखिन्छ, त्यसमा ६४०० हिरा जडित हुन्छ । यसको लन्च सबैभन्दा पहिले मेक्सिकोले गरेको थियो । तर, यो रक्सी हालसम्म कसैले पनि किनेका छैनन् । त्यसैले यसको खास मूल्य निर्धारण गर्न नै कठिनाइ परेको छ ।…
काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने तय भएको जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नयाँ मन्त्रीमण्डलमा सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ । त्यस्तै नेकपाका प्रभावशाली र बौद्धिक नेता मानिने घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । लेखराज भट्टलाई उद्योग,…
काठमाडौं, ५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ नै मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले बुधबार साँझै केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्रिपरिषद् पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नु भएको हो । नयाँ मन्त्रीमण्डलमा सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ । त्यस्तै नेकपाका प्रभावशाली र बौद्धिक नेता मानिने घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । लेखराज…
भोजपुर, ५ मङ्सिर । जिल्लाको षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन का टिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन का टरे भागेको हो । कपडा धोइरहेकी महिलालाई ज बर्ज स्ती नियन्त्रणमा लिएर स्तन का टी ग म्भीर घा इते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।
उदयपुर, ५ मंसिर । उदयपुरको वेलका नगरपालिका–०५ कुम्बे डाँडा बस्ने नयन्द्रबहादुर श्रेष्ठको घरमा आगलागी हुदा १५ लाख मुल्य बराबरको क्षति भएको छ । बुधबार दिउँसो साढे १२ बजेको समयमा सोलार प्यानलबाट लाईन सर्ट भई उक्त आगलागी भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ प्रहरी चौकी लालबजारबाट प्रहरीको टोली खटि स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मोरङ, ५ मंसिर । मोरङ कानेपोखरी गाउँपालिका–५ जदाहा बस्ने बर्ष ६५ को राजकुमार राईको ज्यामिर सर्किएर मृत्यु भएको छ । बुधबार दिउँसो साढे २ बजेको समयमा सोही स्थान बस्ने रत्नबहादुर लिम्बुको घरमा ज्यामिर खाने क्रममा अचानक सर्किएर उनको तत्कालै मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीको टोली खटि कानुनि प्रकृया तथा थप अनुशन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, ३ मंसिर । सत्य साइबाबाको ९४ औं जन्मजयन्तीको अवसर पारेर सत्य साई केन्द्र अनारमनीले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साईबाबाको जन्मजयन्तीको अवसरमा आयोजित ५ दिने कार्यक्रम अन्तरगत पहिलो दिन मंगलबार रक्तदान सम्पन्न भएको कार्यक्रम सत्य साई केन्द्र महिला दिवसकी संयोजक तारा विमलीले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रम ४३ पिन्ट रगत संकलन भएको सत्य साई केन्द्रका पूर्व युवा संयोजक उमा शिवाकोटीले जानकारी दिनुभयो । केन्द्रले साई बाबाको जन्मजयन्तीको अवसर पारेर महिला दिवस अन्तरगत सुप्रवाचन, नगर संकिर्तन र रक्तदान सम्पन्न गरेको छ भने पाँच दिने कार्यक्रममा महिला दिवस, युवा दिवस, नारायण…