
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २९ कात्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतसँगको सीमा विवाद समाधान गर्न कांग्रेसले सहयोग गर्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा हिजो प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले सीमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्री स्तरबाट भारतसँग वार्ता गर्नसुझाव दिनुभयो । ‘सीमा विवाद टुंग्याउन सरकार अघि बढे सहयोग गर्न प्रतिपक्षी दल कांग्रेस तयार छ’, उहाँले भन्नुभयो, ‘सचिवस्तरको बैठकबाट सीमा विवाद टुंगिँदैन, सरकारले प्रधानमन्त्री स्तरबाट भारतसँग वार्ता गर्नुपर्छ ।’ नेता पौडेलले वार्ताबाट समाधान नभए मात्रै सीमा विवादको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सुझाव दिनुभयो । नेता पौडेलले राष्ट्रवादको नारा लगाएर सत्तामा पुगेकाहरुलाई राष्ट्रिय…
पोखरा, २८ कात्तिक । बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आउँदै हुनुहुन्छ । राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । पोखराको दृश्यावलोकन गर्न आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रजिअ केसीले बताउनुभयो । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नुहुनेछ । राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाउने तयारी गरिएको छ । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् । राष्ट्रपति…
झापा, २८ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिनुभएको छ । अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम०को एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक डा मारिया नेनेट्टे मोटसले बुधबार आफूसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले श्रमिक पठाउने अस्वस्थ प्रतिस्पर्धाले कामदार पीडित भएको भन्दै सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने विषयमा दृढतापूर्वक लाग्न आग्रह गर्नुभयो । कामदारको नैतिक भर्ना प्रक्रियालाई व्यवस्थित गर्न न्यूनतम मापदण्डको आवश्यकता रहेको भन्दै मन्त्री विष्टले यस्ता मापदण्ड बनाउन पनि आइओएमले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले श्रम आप्रवासनको दीर्घकालीन रणनीति बनाएर…
झापा, २८ कात्तिक । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने बङ्गलादेशी पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार १० वर्षअघि काँकडभिट्टा नाकाबाट वर्षेनी एघार हजारभन्दा बढी बङ्गलादेशी पर्यटक नेपाल आएको देखिन्छ भने अहिले त्यो सङ्ख्या ह्वात्तै घटेर दुई हजारभन्दा कम भएको छ । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१९ को चालू नौ महिनामा यो नाका भएर एक हजार ७२७ जना बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०१८ मा एक हजार ९५०, सन् २०१७ मा एक हजार ९६४ र सन् २०१६ मा दुई हजार थियो । तर, एक दशक अघिसम्म बङ्गलादेशी पर्यटकको आगमन दर…
बिर्तामोड, २७ कात्तिक । इलाका प्रहरी कार्यालय अनारमनीले हराएको रकम फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । माई नगरपालिका–५ का ५० वर्षीय अनुप बहादुर वस्नेतको नगद रु १ लाख र महत्वपूर्ण कागजपत्र प्रहरीले फेला पारी सम्बन्धीत धनीलाई बुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । मंगलबार विर्तामोड नगरपालिका–५ सुगम पेट्रोलपम्प देखि पश्चिम बस स्टेसनबाट नम्वर नखुलेको सिटी सफारीमा चढेका बस्नेतको झोला छुटेको थियो । व्याग छुटेको जानकारी आएसंगै प्रहरीले खोजी कार्य तिब्र बनाएको थियो । प्रहरीले सिसि क्यामरा फुटेजको मध्यमबाट मे १ह ६४७७ नम्बरको सिटी सफारीमा बस्नेतले झोला छाडेको देखिएको थियो । उक्त टेम्पोलाई प्रहरीले निगरानी गरी…
सर्लाही, २७ कात्तिक । नेत्रविक्रम चन्द समूहका एक विद्यार्थी नेताले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । पार्टीको नीति राम्रो नभएको भन्दै ईश्वरपुर नगरपालिका–५ नरेशखोरका २२ वर्षीय राजीव महतोले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । आत्मसमर्पण गर्न जिल्ला प्रशासन कार्यालय पुगेका महतोले पार्टीको क्रियाकलाप चित्तबुझ्दो नभएपछि समूह परित्याग गरेको बताउनुभयो । एक वर्षदेखि चन्द समूहको विद्यार्थी सङ्गठनको जिल्ला सदस्य भएर काम गरेको महतोले बताउनुभयो । “पार्टीको क्रियाकलापप्रति चित्त नबुझेकाले आत्मसमर्पण गरेका छौँ, चन्द समूह परित्याग गरे पनि तत्कालै कुनै पार्टीमा प्रवेश गर्दैनौँ”, महतोले भन्नुभयो । आत्मसर्पण गरेका महतोसँग आवश्यक कानूनी प्रक्रिया पु¥याई छोडिएको प्रहरी…
काठमाडौँ, २७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच आज अपराह्न भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उहाँहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । विगतदेखि नै नेपाल र बङ्गलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गर्नुभएकामा उहाँलाई धन्यवाद दिनुभयो । दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताउनुभयो । बङ्गलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न…
झापा, २७ कात्तिक । सीमा व्यापार प्रबद्र्धन र पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले झापाको मेचीनगरमा ‘तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०७६’ हुने भएको छ । मेची उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुस ९ गतेदेखि १४ गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सवमा नेपाल, भारत, बंगलादेश, भूटान र पाकिस्तानका उत्पादन राखिने आज पत्रकार सम्मेलनको आयोजना गरी संघका अध्यक्ष ऋषिराम तिम्सिनाले जानकारी दिनुभयो । ‘नेपालको सीमा व्यापार प्रवद्र्धन र सरकारले आयोजना गर्न लागेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन महोत्सव आयोजना गर्न लागिएको हो’, अध्यक्ष तिम्सिनाले भन्नुभयो, ‘महोत्सवबाट नेपाली कृषि क्षेत्रको प्रबद्र्धन हुने अपेक्षा छ ।’ महोत्सवमा…
बिर्तामो, २७ कात्तिक । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा मंगलबार राति स्कुटरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४ प २१३० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–१ का १९ वर्षीय पवन मण्डल र पछाडि सवार सोही स्थानका २५ वर्षीय निरज शर्मा घाइते भएका थिए । घाइते दुवैलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि पठाइएकोमा निरज शर्माको बाटोमै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । घाइते मण्डलको सोही…
भद्रपुर, २७ कात्तिक । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अ भि योग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । कारागार चलान भएका अभियुक्तमा झापा जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने, विर्तामोड नगरपालिका–८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालय झापाको मूलढोका अगाडि नेसनल फोटो स्टुडियो चलाउने भद्रपुर–१० का भीमबहादुर लिम्बू, लेखापढी सम्बन्धी काम गर्ने भद्रपुर–१० का प्रेमराज तिम्सिना, विर्तामोड–५ बस्ने टेकबहादुर गुरुङ…