
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, २६ कात्तिक । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित पग्ला पुल को उद्घाटन गरिएको छ । मङ्लबार एक कार्यक्रमबिच पुलको प्रदेश सांसद बृख प्रदान र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए । पग्ला पुल निर्माणका लागि प्रदेश सांसद कोष बाट रु ११ लाख, अर्जुनधारा नगरपालिकाबाट रु २१ लाख र स्थानीय जन श्रमदानबाट रु ४ लाख ६ हजार ७ सय ६६ गरि कुल रु ३६ लाख ६७ हजार ६६ कुल लागतमा पुल निर्माण गरिएको पग्ला पुल उपभोक्ता समितिका अध्यक्ष श्री जयनारायण आचार्यले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथी रहेका प्रधानले, पुल निर्माण समिति, स्थानीय उपभोक्ताहरुको उत्साहजनक सहभागिताका…
भद्रपुर, २६ कात्तिक । जिल्ला खानेपानी सरसफाइ तथा स्वचछता समन्वय समिति झापाले जिल्लाका स्थानीय तहहरुलाई पूर्ण सरसफाइ योजना बनाएर सरसफाइका क्रियाकलापलाई तीव्रताका साथ अघि बढाउन आग्रह गरेको छ । खुला दिसामुक्त जिल्ला घोषणापछिको निकै लामो समयपछि जिल्ला समन्वय समितिको सभाहलमा सोमबार बसेको समितिको बैठकले त्यस्तो आग्रह गरेको हो । राष्ट्रिय सरसफाइ गुरुयोजना अनुसार खुला दिसामुक्त घोषणापछि सबै स्थानीय तहले पूर्ण सरसफाइ अभियान अघि बढाउनुपर्ने सन्दर्भमा समितिको बैठक बसेको बताइएको छ । झापालाई खुला दिसामुक्त घोषणा गर्ने सन्दर्भमा निकै जिल्लाभन्दा पछि परे पनि पहिलो पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने गरी सरसफाइका क्रियाकलापलाई अघि बढाउन समितिका अध्यक्ष जिसस प्रमुख सोमनाथ पोर्तेलले स्थानीय तहहरुलाई…
झापा, २६ कात्तिक । सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ । भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता कार्यकर्तासमेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका सो समूहका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउसमेत गर्न थालेको छ । आजको राजधानी दैनिकमा खबर छ ।
बिर्तामोड, २६ कात्तिक । आर्थिक अवस्था अत्यन्तै कमजोर भई उपचारमा समस्या झेल्दै आएका झापा अर्जुनधारा नगरपालिका–११ सालवारीका दिलबहादुर राईको आर्थिक सहयोगका लागि बचाउ अभियान सञ्चालन गरिने भएको छ । दिलबहादुर राई बचाउ अभियान समिति निर्माण गरी उनको उपचारमा आर्थिक सहयोग पुर्याउने समितिको लक्ष्य रहेको छ । अभियान लागि कम्पस राईको संयोजकत्वमा सोम राई, आशिष राई, हिमत राई र सागर राई सदस्य रहेको समिति निर्माण गरेको दिलबहादुरकी श्रीमती शोभा राईले जानकारी दिइन् । २०७२ जेठमा नोवेल हस्पिटल विराटनगरमा परिक्षण गर्दा दुवै मृगौला खराव भएपछि चिकित्सकको सल्लाह अनुसार ‘डाइलोसिस्’ गराउँदै आएका छन् । एक पटक डाइलोसिस् गराउँदा एकहजार ५ सय रुपैयाँ लाग्ने…
फिल्म उद्योगसँग नजिक रहेकी आमिर खानकी छोरी इरा खान चर्चाभन्दा बाहिर छिन् । किनकी उनि मिडियामा आउन चाहादिनन् । यद्यपी सामाजिक सञ्जालमा भने उनले निरन्तर तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनको व्यक्तिगत जीवनको झलक सामाजिक सञ्जालमा हेर्ने मौका फ्यानले पाएका हुन्छन् । उनी कैयन् पटक आफ्ना ब्यायफ्रेण्ड मिशाल कृपलानीसँग पनि देखिन्छन् । उनले आफ्नो सम्बन्धलाई लुकाउन चाहँदैनिन् । तर, हालै उनले सार्वजनिक गरेको एक तस्वीरलाई लिएर फ्यानले चिन्ता व्यक्त गरेका छन् । खासमा इराले आफ्नो र मिशालको तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । जसमा दुवै प्रेम व्यक्त गरिरहेका देखिन्छन् । तस्वीरमा प्रेम झल्किए पनि तस्वीरमा लेखिएको क्याप्सनले भने फरक सन्देश…
झापा, २६ कात्तिक । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण विश्वमा ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालमा पनि नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु हुने गरेको निर्देशनालयका निर्देशक बद्रीबहादुर खड्काले बताउनुभयो । उहाँले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका जानकारी दिनुभयो । मुटुरोग, रक्तचाप, मधुमेह, दम, अर्बुद आदि नसर्ने…
झापा, २६ कात्तिक । झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिनुभयो । गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १०…
भद्रपुर, २६ कात्तिक । भद्रपुर जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्र्तगत मंसिर २६ गतेदेखि पौष २ गतेसम्म विविध सामाजिक कार्य गर्ने तयारी पूरा गरेको छ । भद्रपुर जेसीजले दिएको जानकारी अनुसार जेष्ठ नागरिक सम्मान, ट्राफिक सचेतना, मधुमेह दिवस, आखाँ शिविर, अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, रक्तदान र मैत्रीपूर्ण फुटवल प्रतियोगिता गर्ने तयारी पूरा गरेको हो । रचनात्मक काममा युवा भन्ने मूल मान्यता राखेर अगाडि बढीरहेको भद्रपुर जेसीजले स्थानीयसित सहकार्य गरी १ लाख ८० हजार खर्च अनुमान सहित कार्यक्रम तया गरेको जनाइएको छ ।
भद्रपुर, २६ कात्तिक । भद्रपुर–१० चन्द्रगढी स्थित काली मन्दिर व्यवस्थापन समितिले नेपालको राष्ट्रिय जनवार गाईको संरक्षणका लागि सवै पक्षसित आव्हान गरेको छ । समितिले हिन्दू धर्मको आरध्य गोवंश तथा नेपालको राष्ट्रिय जनवार गाईको चोरी तस्करी अन्त्य गरेर संरक्षणको वातावरण निर्माण गर्न सवैसित अनुरोध गरेको हो । पछिल्लो पटक झापा प्रहरीले राष्ट्रिय जनवार गाईको तस्करी रोक्न चालेको कदम स्वागत योग्य भन्दै यो अभियान निरन्तर चलाएर गाईको सुरक्षा गर्न समितिले प्रहरी प्रशासनसित अनुरोध समेत गरेको छ । मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष शुशीला बस्नेत, मन्दिर निर्माण संयोजक भीम पौडेल र सहसंयोजक मोहन कुमाईले सम्युक्त हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा आमाको मानमा रहने हिन्दूधर्मावलीको…
काठमाडौँ, २६ कात्तिक । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै छन् । चार दिवसीय भ्रमणका लागि उनी आज मध्याह्न बङ्गलादेश एयरलाइन्सबाट नेपाल ओर्लने कार्यक्रम छ । लामो समयपछि बङ्गलादेशबाट यस स्तरको भ्रमण भएको हो । आजै उनले भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नेछन् । त्यसपछि नेपालमा रहँदा राष्ट्रपति हमिद बस्ने होटल मेरियटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजैसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । राष्ट्रपति हमिद आज साँझ नेपालस्थित बङ्गलादेश राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ । त्यसैगरी भ्रमणको दोस्रो दिन राष्ट्रपति हमिद औपचारिक कार्यक्रममा व्यस्त रहने र यसै दिन दुई देशबीच हुने मुख्य कार्यक्रम सकिने…