झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुनधारा, ३ मंसिर । अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठको १६ औं बार्षिक अनुष्ठानको अवसर पारेर आगामी मंसिर २२ गतेदेखि सप्ताहब्यापी श्रीमद् ब्रम्हाण्ड महापुराणको आयोजना गरिने भएको छ । पुराणमा कालिका संस्कृत विद्यापीठका प्राचार्य आ.पं. रघुनाथ रिजालको प्रमुख वाचकत्व रहनेछ । पीठका आजीवन अध्यक्ष ज्यो. पं. लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । अनुष्ठान सभ्य र भब्य रुपमा सफल पार्न पीठका उपाध्यक्ष डिल्लीराम दाहालको संयोजकत्वमा १६ औं बार्षिक अनुष्ठान आयोजक समिति गठन गरिएको छ । यसैगरी दाहालकै संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, कोषाध्यक्ष खडानन्द खतिवडाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, उपाध्यक्ष लक्ष्मी मिश्रको संयोजकत्वमा साजसज्जा ब्यवस्थापन उपसमिति गठन गरिएको छ । वार्षिक…

Read More

काठमाडौँ, ३ मङ्सिर । नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । निगमको इन्धन डिपो अमलेखगञ्जबाट यही मङ्सिर १ गते अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना४ख ४१६३ नम्बरको ट्याङ्कर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो । सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा…

Read More

ललितपुर, ३ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले नेपालमा अझै बालबालिका बेचबिखनमा परेको बताउनुभएको छ । आयोगले आज यहाँ आयोजना गरेको ‘नेपालमा बाल अधिकारको वर्तमान अवस्था’ विषयक छलफल कार्यक्रममा आयोगका सदस्य अन्सारीले देशमा बालबालिकाको क्षेत्रमा काम गर्ने २५ संस्था सक्रिय भएपनि यी बेचबिखनमा परेका बालबालिकाका अवस्था अझै पत्ता नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज राजनीतिक दलका नेताले केही बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अब यी बालबालिकाको भविष्य कस्तो रहन्छ भन्ने जिज्ञासा सबैमा परेको छ ।” आयोगका उपनिर्देशक मञ्जु खतिवडाले समाजमा हाल पनि बालविवाह, बालश्रम र बालदुराचारको अवस्था उस्तै रहेकामा त्यसप्रति विचार गर्न आग्रह गर्नुभयो । उहाँले…

Read More

मोरङ, ३ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई रु २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै निजले रु २१ हजार घुस मागेको अभियोग छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नं १ को बुधनगरस्थित कार्यालयबाट उनलाई आज पक्राउ गरिएको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

Read More

बनियानी, ३ मङ्सिर । झापाको क्षेत्र नं १ मा जनता आवास कार्यक्रम शुरु भएको छ । प्रदेश नं १ सरकारको जनता आवास कार्यक्रमअन्तर्गत यहाँ कार्यक्रम शुरु भएको भएको हो । झापा क्षेत्र नं १ का सांसद राम कार्कीका अनुसार रु एक करोड ८२ लाख ६० हजारको लागतमा ५५ घर निर्माण गरिनेछ । प्रतिघरको लागत रु तीन लाख रहेको छ । सरकारले सूचीकृत गरेका जातजाति दलित, अल्पसङ्ख्यक, लोपोन्मुखमध्ये बाट पनि अतिविपन्न परिवार छनोट गरी घर निर्माण गरिने प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले जानकारी दिनुभयो । झापा क्षेत्र नंं १ अन्तर्गत बुद्धशान्ति गाउँपालिका–४, ६ र ७ मा १६ परिवार, मेचीनगर नगरपालिका–३, ७, ९,…

Read More

काठमाडौँ, ३ मंसिर । रोजगारीको सिलसिलामा मलेसिया गएकी एक महिलाले आ त्मह त्या गरेकी छन् । उनले आफु बस्दै आएको होस्टलमा सोमबार राति आ त्मह त्या गरेकी हुन् । चितवन घर भएकी २६ वर्षीया कल्पना मोक्तानले होटलको भर्याङमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ । उनी रोजगारीका लागि ३ वर्षअघि मलेसिया गएकी थिइन । उनी जोहरबारु सेनाईस्थित प्रिन्डुको याफसिआई कम्पनीमा काम गर्थिन् । तर उनले आ त्मह त्या के कारणले गरिन भन्ने बारे अझै जानकारि भएको छैन् । अहिले मोक्तानको श व परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । उनी र श्रीमान अलग अलग बस्दै आएा थिए । र सम्बन्धविच्छेद पनि…

Read More

मेचीनगर, ३ मंसीर । मेचिनगरको आम्दा स्थित मलाहा टोलमा कुपोषण सम्बन्धि कार्यक्रम मंगलबार सम्पन्न भएको छ । ईष्ट होराइजन मा. वि. कक्षा ९ का विद्यार्थीहरुले विट्रिस काउन्सीलद्वारा संञ्चालित इन्टरनेशनल स्कुल अवार्ड कार्यक्रम अन्तर्गत १ दिने कुपोषण सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो । आम्दाको मलाहा बस्तीमा स्थानिय बासिन्दाहरुलाई कुपोषण कसरी हुन्छ यसबाट बच्नका लागी अपनाउनु पर्ने खानपान शैलीबारे विद्यार्थीहरुले जानकारी दिएका थिए । विद्यार्थीहरुले कुपोषण शीर्षकमा आफुहरुले परियोजना चलाइरहदा पिछडिएको मलाहा समुदाय माझ उक्त कार्यक्रम गरेको हुन । आइ.एस.ए. समन्वय शिक्षक नविन दाहाल, प्लस टु कोअडिनेटर रेखा क्षेत्री र शिक्षक विकास ग्वालको र शिक्षक महेस खडकाको सहयोगमा विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका…

Read More

झापा, ३ मंसिर । राजस्व अुनसन्धान विभागले अवैध रुपमा गुटखाजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण गरेको भन्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले झापा मेचीनगरमा सञ्चालित साकम्बरी प्रोडक्टका सञ्चालक मुकेश शर्मा र मुख्य कारोबारी रामकृष्ण शर्मासमेत गरी ६ जनालाई राजस्व चुहावटको अभियोगमा मुद्दा दायर गरेको हो । विभागले ३६ करोड ५५ लाख रुपैयाँ बिगो कायम गरी झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । साकम्बरीका सञ्चालक मुकेश शर्मासहित ६ जनाबाटै बिगो बराबरको रकम असुली गर्दै ३ वर्षको कैदसजायको माग गर्दै विभागले मुद्दा दायर गरेको हो । अन्तःशुल्कबापत ३१ करोड ५ लाख ३९ हजार ९ सय ५९ रुपैयाँ, मूल्य…

Read More

अर्जुनधारा, ३ मंसिर । पूर्वको पशुपतिनाथका रुपमा प्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ धार्मिक अनुष्ठान सुरु भएको छ । अनुष्ठानको प्रसिद्ध किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले उद्घाटन गर्नुभयो । विश्व शान्ति र मानव जाति बीचको एकताका लागि अर्जुनधारा जलेश्वरधामले बर्सेनि आयोजना गर्दै आएको धार्मिक अनुष्ठानमा पहिलोपटक किराँत धर्मगुरु लिङ्देनको आगमन भएको हो । किराँत धर्मगुरु लिङदेनलाई प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र जलेश्वरधामका अध्यक्ष नवीन गट्टानी लगायतले स्वागत गर्नु भएको थियो । जगद्गुरु शङ्कराचार्य हेमानन्द गिरी समेतको उपस्थितिमा धर्मगुरु लिङदेनले अर्जुनधारा जलेश्वर धामका तर्फबाट किँरात समुदायप्रति गरिएको सम्मान प्रशंसनीय रहेको बताउनु भयो । बालाचतुदर्शीका…

Read More

झापा, ३ मंसिर । सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्षको जेल सजायँ सुनाएको छ । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको यस अघि उनीहरूलाई सफाइ दिने फैसलालाई उल्टाउँदै न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासलले पीडकलाई साढे ११ वर्षको जेल सजायँ तथा पीडितलाई दश लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश गरेको हो । सर्वोच्च अदालतका सहायक प्रवत्ता देवेन्द्र ढकालका अनुसार बलात्कार कसुरमा साढे छ वर्ष र सामुहिक बलात्कारको कसुरमा पाँच वर्ष गरी कुल साढे ११ वर्ष कैद सजाय सुनाएको हो । साथै अदालतले पीडक दुबै जनाबाट जनही साढे दुई लाख…

Read More