झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ३० कात्तिक । सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन दुई वर्षअघि भयो । मुलुक सङ्घीयतामा गएपछिको पहिलो निर्वाचनमा दलहरु निकै उत्साहका साथ सहभागी भए । विभिन्न कारणले केही निर्वाचन क्षेत्र अझै खाली छन् । ती क्षेत्रमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । बाँकेमा कोहलपुर नगरपालिका–६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । दलहरुले उपनिर्वाचनको प्रचारप्रसार तीव्र बनाएका छन् । निर्वाचन लक्षित गतिविधिसँगै दलहरुले विभिन्न तयारी गरिरहेका छन् । विसं २०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारूको निधनपछि रिक्त पदका लागि सो वडामा उपनिर्वाचन हुनेछ । उपनिर्वाचनको माहोल तीव्र रुपमा चलिरहँदा गत निर्वाचनमा भाग लिएका बाँके र बर्दियाका उम्मेदवारहरुले…

Read More

झापा, ३० कात्तिक । मोरङ र सुनसरी जिल्लामा शुक्रबार करेन्ट लाग्दा २ जना बालकको मृत्यु भएको छ । मोरङ सुन्दरहरैचा नगरपालिका-५ सुनौलीचोक बस्ने बिकास मगरको बर्ष(८ को छोरा रोहन मगरलाई सोही स्थानको खोक्सी स्थितमा रहेको बुढीखोलामा दिउँसो ३ बजेको समयमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थलमा प्रहरीको टोली खटि करेन्ट कसरी लागेको सो सम्बन्धमा थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरी सुनसरीको बर्जु गाउँपालिका–३ अमडुवा दुर्गाटोल बस्ने रंजित रायको छोरा बर्ष ९ को आचल राय राती…

Read More

ललितपुर, २९ कात्तिक । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा संघ र नेपाली काँग्रेसको विद्यार्थी संगठनका दुई नेतालाई थुनामा पठाउन ललितपुर अदालतले आदेश दिएको छ । दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर, ललितपुरले कात्तिक ३ गते नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला अदालत ललितपुरले शुक्रबार आदेश लिएलगत्तै नख्खु कारागार चलान गरिएको प्रहरीले बताएको छ। पोखरेल पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य हुन् भने गजुरेल नेविसंघको पूर्व केन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य थिए । गत…

Read More

झापा, २९ कात्तिक । सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियान शुभारम्भ कार्यक्रममा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिए। उनले भने, ‘भ्रमण वर्षको व्यापक तयारी भइरहेको छ, भ्रमण वर्ष सचिवालयले प्रदेश सरकार र विदेशस्थित सबै कूटनीतिक नियोगलाई पत्राचार गरिसकेको छ। हामीले ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा पठाएका छौँ, विदेशका चर्चित कलाकारको पनि सहभागिता रहनेछ। सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथ निजी क्षेत्रको सक्रियतामा भ्रमण वर्षलाई भव्यरूपमा शुभारम्भ गरिनुपर्छ।’ सन् २०२० को जनवरी १ तारिखका दिन नेपालमा भ्रमण वर्षको औपचारिक…

Read More

भद्रपुर‌, २९ कात्तिक । स्थानीय नगर‌को‌ वडा नं– ८ मा अवस्थित धनलक्ष्मी बचत तथा ऋण सहकार‌ी संस्थाबाट निक्षे‌पकर्ताहरू पीडित हुँदै‌ आएको‌ पाइएको‌ छ । सो‌ सहकार‌ी संस्थाका प्रार‌भ्मकालीन अध्यक्ष उमाशंकर‌लाल कर्णले‌ आफ्नो‌ कार्यकालभित्रै‌ शे‌यर‌ सदस्यहरूबाट र‌ दै‌निक बचतकर्ताहरूबाट निक्षे‌पित र‌कम आफूखुशी बिना धितो‌ ऋण लगानी गर‌े‌को‌ र‌ भाका नाघिसके‌का ऋण उठाउने‌तर्फ चर‌म बे‌वास्ता गर‌े‌का कार‌ण संस्था टाट पल्टिने‌ अवस्थामा आइपुगे‌को‌ कतिपय शे‌यर‌ सदस्यहरूले‌ बताएका छन् । गत २०६९ सालयता ३ वषेर्‌ कार्यकालमा निज कर्णले‌ पत्नीलाई प्रबन्धक र‌ सासूआमालाई को‌षाध्यक्ष बनाएर‌ कार्यसमितिका अन्य शे‌यर‌ सदस्य पदाधिकार‌ीलाई गुमर‌ाहमा र‌ाख्दै‌ त्यस्तो‌ लगानी गर‌े‌को‌ उतिबे‌लाका के‌ही शे‌यर‌ हो‌ल्डर‌ले‌ बताइर‌हे‌का छन् भने‌ अध्यक्ष भएका कर्णको‌ त्यस्तो‌ मनमौ‌जी…

Read More

द्रोण अधिकारीझापा, २९ कात्तिक । पूर्व–पश्चिम तर‌ाई लो‌कमार्ग अन्तर‌गत हुलाकी सडकको‌ निर्माणधीन कामको‌ गुणस्तर‌माथि प्रश्न उब्जिएको‌ छ । भद्रपुर‌को‌ झापा चो‌कबाट निर्माण सुरू भएको‌ पूर्वी खण्डको‌ झापा चो‌क—र‌ाजगढ सडकमा कमसल निर्माण सामग्री प्रयो‌ग गर‌े‌कै‌ कार‌ण कालो‌पत्रे‌ भत्कन थाले‌पछि गुणस्तर‌माथि प्रश्न उठे‌को‌ हो‌ । यस खण्डको‌ २० किलो‌ मिटर‌ सडक कालो‌पत्रे‌ सम्पन्न गरि‌एको‌ भनिए पनि दर्जनौ‌ँ ठाउँमा खाल्डा परि‌सके‌को‌ छ । यसै‌गर‌ी, सो‌ही सडक अन्र्तगत लिङ्क र‌ो‌डका रूपमा र‌हे‌को‌ चार‌आली—के‌चना सडक खण्डको‌ निर्माण कार्यको‌ गुणस्तर‌माथि पनि प्रश्न उठे‌ पनि नियामक मौ‌न छ । सडक निर्माणको‌ जिम्मा लिएको‌ निर्माण कम्पनीले‌ गर‌े‌को‌ कामको‌ गुणस्तर‌ अनुगमन गनेर्‌ जिम्मे‌वार‌ी पाएको‌ हुलाकी सडक परि‌यो‌जनाका प्राविधिक निर्माणस्थलमा नबस्दा गुणस्तर‌माथि प्रश्न उठे‌को‌…

Read More

उदयपुर, २९ कात्तिक । उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबार पक्राउ गरी म्याद थप गरेर बालविवाहसम्बन्धी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए । जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा बालविवाह बढ्दै गएको बेला कटारीमा भने बालविवाह गर्नेलाई पक्राउ गरी कारवाही शुरु गरिएको पनि…

Read More

राजु पाठकझापा, २९ कात्तिक । भार‌तवे‌ष्ठित ने‌पालका सीमावर्ती क्षे‌त्रका आमनागरि‌कले‌ दशकौ‌ंदे‌खि सीमा अतिक्रमणको‌ पीडा खे‌प्दै‌ आएका छन् । सीमा अतिक्रमणको‌ पीडाले‌ यतिबे‌ला पश्चिम ने‌पाल आहात भइर‌हँदा पूर्वी सिमान्त जिल्लाका नागरि‌क पनि भार‌तीय हे‌पाहा प्रवित्ति र‌ दादागिर‌ीबाट पीडित बने‌का छन् । भार‌तसँग सीमा जो‌डिएका प्रदे‌श १ का ६ जिल्लामा भार‌तले‌ ने‌पाली भू–भाग मिच्ने‌, ने‌पालका गतिविधिमा हस्तक्षे‌प गनेर्‌ क्रम बसेर्‌नि बढ्दो‌ छ । सीमा जो‌डिएका तर‌ाईका जिल्लामा ने‌पाल तर्फकै‌ भू–भागमा सडक बनाउने‌, भार‌तीय प्रहर‌ीको‌ चे‌कपो‌ष्ट र‌ टहर‌ा निर्माण गनेर्‌ दे‌खि सीमा नजिकै‌ ने‌पालका विकास निर्माणमा अवर‌ो‌ध गनेर्‌ क्रियाकलाप उच्च छ । भद्रपुर‌स्थित मे‌ची नदीमा हर‌ाएको‌ र‌ खो‌लाले‌ बगाएको‌ भन्दै‌ भार‌तले‌ एकतर्फी रुपमा नयाँ सीमा स्तम्भ गाड्ने‌…

Read More

झापा, २९ कात्तिक । नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’को स्थापना गरेको हो । नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सीमाको अनुगमन, निरीक्षण तथा सर्भे गर्ने र सोबाट प्राप्त अवस्थाको सुझाव सरकारलाई दिनेगरी सेनाले ‘सर्भे तथा सीमा अनुगमन निर्देशनालय’को स्थापना गरेको जनाए । ‘सीमा क्षेत्रको अनुगमन तथा सर्भेसमेत गर्ने गरी सर्भे तथा सीमा अनुगमन निर्देशनालयको स्थापना भएको हो,’ सैनिक प्रवक्ता…

Read More

काठमाडौं, २९ कात्तिक । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि रुबिना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ । नेपालका लागि तीन वैकल्पिक खेलाडी समेत छनोट गरिएको टिममा रुबिना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुँवर रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा ज्योति पाण्डे, संगीता राई, अस्मिना कर्माचार्य रहेका छन् । १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ । साग अन्तर्गत क्रिकेटमा भारत र…

Read More