झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३ मंसिर । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित रातेखालमा जापानिज नागरिकले विद्यालय भवन बनाइदिएका छन् । जापानको आकियो स्मृति सदनको आर्थिक सहयोग तथा घनश्याम स्मृति प्रतिष्ठान चन्द्रगढीको समन्वयमा यहाँस्थित नवदुर्गा आधरभूत विद्यालयका लागि चार कोठे भवन बनाइदिएका हुन् । जापानिज नागरिक कोतारो इनोउए र योसिरो इनोउएले आफ्नो दिवंगत भाइ आकियोको सम्झनामा उक्त भवन बनाइदिएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । भवन सोमबार उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गरिएको छ । रू ४९ लाखको लागतमा निर्माण गरिएको उक्त भवन निर्माण शुरु भएको पाँच महिनाको अवधिमा सम्पन्न भएको हो । भवन हस्तान्तरण कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार राना लगायतले भवन…

Read More

भद्रपुर, ३ मंसिर । भद्रपुर जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्र्तगत गत कात्तिक २६ गतेदेखि सुरू गरेको विविध कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिकसम्मानबाट सुरू गरेको अभियान पत्रकारसित मैत्रीपूर्ण फुटबल खेलेर सम्पन्न गरिएको हो । फुटबल खेलमा आयोजक भद्रपुर जेसीजलाई चार गोल गर्दै झापाली पत्रकारले खेल जितेका छन् भने जवाफमा जेसीजले पत्रकार टिमलाई एक गोल फर्काएको थियो । भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षता तथा प्रदेश संसद बसन्तकुमार बानियाको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा विजेता टिमलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । रचनात्मक काममा युवा भन्ने मूल मान्यता राखेर अगाडि बढिरहेको भद्रपुर जेसीजले स्थानीयसित सहकार्य गरी कार्यक्रम सम्पन्न गरेको हो ।

Read More

झापा, ३ मंसिर । मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपाका शीर्ष नेता आन्तरिक गृहकार्यमा जुुटेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल गरेका छन् । नेकपाको आइतबार सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई जिम्मेवारी दिएपछि ओलीले शीर्ष नेतासँग नै छलफल गरी मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य थालेका छन् ।आजको राजधानी दैनिकमा खबर छ ।

Read More

एजेन्सी, ३ मङ्सिर । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युरोकप छनोटमा ईटालीले ऐतिहासिक जित निकालेको छ । ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले हराएपछि फुटबल ईतिहासिमै ईटालीले एउटा ठुलो अन्तरको जित प्राप्त गरेको हो । सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए । यस्तै निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आरसोलिनी र फेडरिको चियासाले एक एक गोल गरे । अर्मिनियाका ईडगर बाबायानले एक गोल फर्काए । बाबायानले ईटालीलाई ईतिहासकै सबैभन्दा ठुलो जित निकाल्नबाट भने रोकेका थिए । सन् १९४८ मा ईटालीले अमेरिकालाई ९–० गोल अन्तरले हराएको थियो । विश्वकप २०१८…

Read More

खोटाङ, ३ मंसिर । खोटाङको खोटेहाङ गाउँपालिका-७ रातामाटाका हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह साँढे ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

इलाम, २ मंसिर । नेपालमाथि छिमेकी राष्ट्र भारतको दादागिरीले नेपाली जनतालाई अझ आ क्रो शित बनाएको छ । केहि दिन अघि मात्रै नेपालको भूभाग मिचेर सार्वजनिक गरेको नक्साप्रति नेपालीको र गत उ म्लिरहे को बेला इलामको सन्दकपुर डााडामा जान समेत भारतीय एसएसबीले रोक लगाएको छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले सीमा क्षेत्रमा रहेको सन्दकपुर ३ हजार ६ सय ३६ मिटर उचाइको भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको हो । एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खिच्न निषेध गरेको सूचना बोर्ड राखेको छ । यसअघि एसएसबीले सन्दकपुर डाँडामा जान घुम्न निषेध गरेको थिएन ।…

Read More

बनियानी, २ मंसिर । झापाको भद्रपुरबाट आइतबार राति प्रहरीले नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले राति ११ बजे नगद रू दुई लाख २६ हजार ५४२ सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भद्रपुर–६ का ४१ वर्षीय सञ्जित घोष, ३४ वर्षीय विजय साह, ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, ४० वर्षीय अमरदिप घोष, २४ वर्षीय रुपेश झा, ४२ वर्षीय सञ्जित साह, ४१ वर्षीय श्रवण कामती, ४६ वर्षीय कविर क्षेत्री, भद्रपुर–२ का २७ वर्षीय…

Read More

बनियानी, २ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा एक युवाको समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् । उनको बाँया हातमा चोट लागेको छ । मेचीनगर–९ का ३६ वर्षीय दिपक तामाङ र निखिल भन्ने सुरज तामाङ लगायत ४÷५ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापालका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घाइते चौधरीलाई उपचारका…

Read More

बिर्तामोड, २ मंसिर । झापाको शिवसताक्षीबाट प्रहरीले आज बिहान अवैध काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले बिशेष सूचनाको आधारमा शिवसतासी–८ डुरामारीस्थित जुङ्गेचोकबाट मसला जातको काठको १४ वटा गोलिया बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जुङ्गेचोक नजिकै रहेको पानी जमेको खेतमा काठ लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, २ मंसिर । झापाको मेचीनगर नगरपालिका–९ की ५७ बर्षीया बुद्धीमाया तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार बेलुका साँढे ५ बजेको समयमा आफ्नै वारीमा हात्ती धपाउन लगाएको बिजुलीको तारमा गएका आफ्ना गाई वस्तु धपाउने क्रममा आफैलाई करेन्ट लागि तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More