झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मुम्बई, २० जेठ । अब देखि धुम्रपान सेवनका कुनै पनि दृश्य चलचित्रमा नराख्ने बलिउडकी चर्चित कोरियाग्राफर, निर्देशक तथा निर्माता फराह खानले उद्घोष गरेकी छन् । उनले आफ्ना आगामी बन्ने चलचित्रका कुनै पनि पात्रले धुम्रपान सेवन नगर्ने बताएकी हुन् । उनले भनेकी छन्, ‘एक फिल्म निर्माताका हिसाबले म यस्तो फैसला गरिरहेकी छु कि अगामी दिनमा मेरो फिल्ममा कसैले धुम्रपान गर्नेछैन ।’ फराहले आफ्ना चलचित्रमा कलाकारले धुम्रपान गरेको बिरलै भेटिने जिकिर गर्दै ‘ओम शान्ति ओम’ मा अर्जुन रामपालको चरित्रका कारण धुम्रपान गराउन बाध्य भएको जानकारी समेत दिइन् । निर्देशक फराहका नजिकका मित्र अभिनेता साहरूख खान धुम्रपान गर्छन् । यिनीहरूले थुपै्र चलचित्रमा सँगसँगै…

Read More

तपाईंले ससारमा रहेका अनेकथरी रेष्टुरेन्टका बारेमा सुन्नुभएको होला । कहीँ जेलजस्तै गरी बनाइएका रेष्टुरेन्ट त कहीँ रुखमा बनेका रेष्टुरेन्ट । पानीमुनि पनि रेष्टुरेन्ट बनाइएका छन् । यस्तै विचित्र रेष्टुरेन्टहरु मध्ये एउटा अर्को रेष्टुरेन्ट पनि छ, जहाँ बोल्न पाइँदैन । उक्त रेष्टुरेन्टमा खानाको स्वाद लिनका लािग छिर्ने पाहुनाहरुले इशाराले नै खाना अर्डर गर्नुपर्दछ । बोल्ने छुट कसैलाई छैन । चीनको ग्वान्झाउमा यो विचित्र रेष्टुरेन्ट खुलेको छ । विश्वको तेस्रो ठूलो फूड चेन स्टारबक्सले उक्त रेष्टुरेन्ट सञ्चालन गरेको हो । उक्त रेष्टुरेन्टको नाम साइलेन्ट क्याफे राखिएको छ । यो चीनको पहिलो बोल्न नपाइने रेष्टुरेन्ट हो । यहाँ आउने ग्राहकले नबोलिकनै इशाराले वेटरहरुसँग…

Read More

‘वदनाम होस् तर गुमनाम नहोस्’ भन्ने सिद्धान्तमा आफुलाई अगाडि सार्ने केही अभिनेत्री छन् नेपाली फिल्म क्षेत्रमा । यो भीँडमा अभिनेत्री बर्षा राउत पनि थपिएकी छन् । बर्षाले हालै अष्ट्रेलियामा आयोजित फिल्म ‘जात्रै जात्रा’को विषेश शोमा लगाएको पहिरनले पनि उनी ‘बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने बाटोमा हिँडेको अनुमान लगाउन कुनै गाह्रो पर्दैन । अष्ट्रेलियाको सिड्नीमा आयोजित विषेश शोमा उनी सेतो र कालो रंग पहिरनमा सजिएकी थिइन् । घाँटीतर्फको भाग निकै खुलेको पहिरनबाट उनको वक्षस्थलको आधा बढी भाग बाहिरबाट प्रष्ट देखिएको थियो । शोमा उनले लगाएको पहिरनलाई अहिले ट्रोलर्सले मजाक बनाएर सामाजिक सञ्जालमा उडाइरहेका छन् । उनको उक्त शोको तस्बिरसहित ट्रोलर्सले…

Read More

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति सार्वजनिक भएसँगै पार्टी्भित्र महाधिवेशनको विषयले पनि चर्चा पाउन थालेको छ। पार्टी एकीकरण भएको एक वर्ष बित्दासम्म कुनै जिम्मेवारी नपाएका केन्द्रीय सदस्य केन्द्रीय समितिको दोस्रो बैठक नै नबसी ‘हाइकमान्ड’ बाटै जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनको कुरा उठाइएपछि अन्योलमा परेका छन् । पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दल दर्ताका लागि गत वर्ष जेठ १० गते प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बसेको थियो। त्यतिबेला बिनाअजेन्डा केन्द्रीय सदस्यलाई नागरिकताको फोटोकपी ल्याएर आउन सूचना गरिएको थियो। स्थायी समिति बैठक पनि पार्टी एकतापछि एकपटक मात्र बसेको छ। पुस २ गते स्थायी समितिको…

Read More

झापा, २० जेठ । बस्तीको बीचमा फराकिलो बाटो । नजिकै नेपाल–भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर । बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती। नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिर फुसले बारेका झुप्रा । दुई बस्तीका मानिसको भौगोलिक सिमाना र नागरिकता फरक। तर, दुई क्षेत्रका बासिन्दाबीच मनपेट एउटै । झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी वारि र पारिका बासिन्दाको आत्मीयलाई भौगोलिक सिमानाले छेकेको छैन । साह्रोगाह्रो र मर्दापर्दा एकअर्कालाई साथ दिन उनीहरू अघि सर्छन् । पारिपट्टिकी एक महिलाले मुठीभरि जिरा पैंचो लिएर गइन् । ‘मेरो भारतीय छिमेकी दिदी हो,’ स्थानीय साबिरा आलमले भनिन्, ‘यहाँ यस्तै सरसापटी र ऐंचोपैंचो…

Read More

काठमाडौँ, २० जेठ । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च चालु आवका सुरु दुई महिनामा भए बराबर हो । चालु आव सकिन अब डेढ महिना पनि बाँकी छैन । महालेखा नियन्त्रकका अनुसार चालु आवको पहिलो दुई महिना ९साउन– भदौ० मा ६ अर्ब ८५ करोड रुपैयाँ पुँजीगत खर्च भएको थियो । जेठ लागे लगत्तै १५ दिनमा ६ अर्ब १५ करोड १५ लाख रुपैयाँ पुँजीगत खर्च भएको…

Read More

काठमाडौँ, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो जानकारी गराएका हुन् । प्रधानमन्त्रीले आठदिने युरोप भ्रमणका क्रममा स्विजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस क्रममा प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सङ्गठन आईएलओको शतवार्षिकीको विशेष समारोहलाई सम्बोधन गर्नेछन् । जेनेभामा रहँदा साइडलाइनमा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २० जेठ । समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन् । छैटौँ पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था गरिएपछि यी ठेक्कामा काम अघि बढाउन समस्या परेको नेपाल निर्माण व्यवसायी नियमावली वैशाख ३० गते देखि लागू भइसकेको छ । अहिलसम्म एक हजार ठेक्का सम्झौता भंग हुने अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । बाँकी ठेक्काका विषयमा अध्ययन भइरहेको उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

दाङ, २० जेठ । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ । उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संकलगन चिकित्सक डा। घनश्याम शर्माले जानकारी दिए…

Read More

बनियानी, १९ जेठ । झापाको अर्जुनधारा–८ स्थित गोपीबहादुर कामीको घरमा आज बेलका ८ः३० बजे आगलागी भएको छ । आगलागीबाट एकतले जस्ताले छाएको घर जलेर पूर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई एक्कासी आगलागी भएको हो । आगलागीबाट नगद रू ५० हजार, २५ मन धान, लत्ताकपडा लगायत घर जलेर नष्ट भएको छ । ‘एक्कासी घटना भएपछि स्थानीयबासीले आगलागी नियन्त्रणको प्रयास गरे पनि त्यो सफल हुन सकेन’, प्रमुख थापाले भन्नुभयो, ‘बिर्तामोड नगरपालिको दमकलले आगो नियन्त्रणमा लिए पनि घर पूर्ण रुपमा नष्ट भएको छ ।’…

Read More